विवादास्पद अभिव्यक्तिबारे प्रधानमन्त्रीले संसदमा जवाफ दिने, अवरोध खुलाउन सभामुखको परामर्श जारी
नेपालबहस संवाददाता
असार २२, २०८० शुक्रबार ११:३३:१२
२२ असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले दिएको विवादास्पद अभिव्यक्तिबारे प्रतिनिधिसभाको बैठकमा स्पष्टीकरण दिने भएका छन् । सरकारमा सहभागी राजनीतिक दलहरूको प्रधानमन्त्रीले राजीनामा दिनु नपर्ने र संसदमा आफ्ना कुरा राख्नुपर्ने भनेपछि प्रधानमन्त्रीले यसबारे स्पष्ट पार्न लागेका हुन् ।
नेपालमा पहिलो पल्ट ट्रक भित्र्याउने व्यवसायी प्रितम सिंहबारे किरणदीप सन्धुले लेखेको पुस्तक विमोचनका क्रममा दिएको अभिव्यक्तिलाई लिएर प्रधानमन्त्री प्रचण्डको आलोचना भइरहेको छ । प्रमुख प्रतिपक्षी एमालेले राजीनामा मागेको छ भने रास्वपालगायतका दलहरूले जवाफमा मागेका छन् ।
प्रधानमन्त्री प्रचण्डले सत्तारुढ गठबन्धनको बैठकमा उक्त प्रसंग आफूले नभई सिंहलाई उल्लेख गरेको र अहिलेको प्रसंग नभएको प्रष्टीकरण दिएका छन् । बिहीबारको प्रतिनिधिसभा बैठक एमाले, रास्वपा र राप्रपाको अवरोधका कारण स्थगित भएको थियो । प्रतिनिधिसभाको अर्को बैठक आज बोलाइएको छ ।
यसैबीच संसद सभामुख देवराज घिमिरेले अवरुद्ध संसद खुलाउन दलका प्रमुख सचेतक र सचेतकहरुसँको छलफल राखेका छन् । सभामुख घिमिरेले ११ बजे प्रमुख सचेतकहरुसँग छलफल सुरु गरेका छन् । सहमति नभए आज पनि बैठक चल्न नदिने एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले बताएका छन् । प्रधानमन्त्री प्रचण्डले आजै आफ्नो अभिव्यक्तिबारे विवाद भएपछि संसदमा जवाफ दिने तयारी गरेकाले सभामुखले सहमति खोजिरहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएकीकृत समाजवादीले महाधिवेशनको दस्तावेज मातहतका कमिटीलाई पठाउने
जेठ १४, २०८१ सोमबार
मङ्गलबार गणतन्त्र दिवस मनाइँदै
जेठ १४, २०८१ सोमबार
ढल्यो गण्डकी सरकार, पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गर्न सर्वाेच्चको परमादेश
जेठ १४, २०८१ सोमबार
के तपाईको हातमा पैसा जोगिदैन ? यी तरिकाहरु अपनाउनुस् !
नेपालबहस संवाददाता
जेठ १२, २०८१ शनिबार
सीमा सुरक्षा प्रहरी चौकी
नेपालबहस संवाददाता
जेठ १४, २०८१ सोमबार
सिरोहिया पक्राउ बारे बोलेका महजोडीले चौतर्फी आलोचना भएपछि मागे माफी
जेठ १४, २०८१ सोमबार
सीमा सुरक्षा प्रहरी चौकी
जेठ १४, २०८१ सोमबार
एकीकृत समाजवादीले महाधिवेशनको दस्तावेज मातहतका कमिटीलाई पठाउने
जेठ १४, २०८१ सोमबार
मङ्गलबार गणतन्त्र दिवस मनाइँदै
जेठ १४, २०८१ सोमबार
‘योजना कार्यान्वयन नहुँदा विकासमा पछि पर्यो कर्णाली’
जेठ १४, २०८१ सोमबार
भारतको सहयोगमा पद्मकन्या विद्यालयमा बनेको छात्रावासको उद्घाटन
जेठ १४, २०८१ सोमबार
वनको घनत्वसम्बन्धी ११ सूचकमध्ये ६ को प्रगति न्यून, ४ को शून्य
जेठ १४, २०८१ सोमबार
विकल पौडेल अर्को भ्रष्टाचार मुद्दामा पनि दोषी ठहर
जेठ १४, २०८१ सोमबार