विभिन्न अन्नबाट बनेका भात खान हुन्छ

नेपालबहस संवाददाता
असार २३, २०८० शनिबार ११:४०:५६

डा. अरुणा उप्रेती
भलाकुसारी गर्दा ‘भात खानुभयो ?’ भनेर सोधिन्छ । नेपाल र भारतका कति ठाउँमा दाल–भात दैनिक रुपमै खाइन्छ । कतिले दाल–भातले स्वास्थ्य राम्रो गर्दैन भन्छन् । तर, सादा दाल–भात तरकारी वैदिक कालदेखि नै पूर्वीय खानपिन संस्कृतिको सदाबहार परिकार हो ।
सन् २०१९, सेप्टेम्बर १० मा विश्व प्रसिद्ध बेलायती ‘नेचर जर्नल’मा दाल, भात, रोटी, शब्जी र भान्सामा दैनिक रुपमा प्रयोग गरिने मसलाहरुका बारेमा महत्वपूर्ण अनुसन्धान प्रकाशित भयो । दाल भातको सट्टा छोडेर पत्रु परिकारहरू बर्गर, पिज्जा, स्यान्डविच, चाउमिन, चाउचाउ खाँदा मुटुरोग, मधुमेह रोग एवं वंशाणुगत रोग हुन्छ भन्ने बारे यस अनुसन्धानमा विशेष चर्चा गरिएको छ ।
चारजना विशेषज्ञ वैज्ञानिकहरूले २ वर्षको समय लगाएर गरेको अनुसन्धानमा परम्परागत दाल भात र पत्रु खानाहरूको तुलनात्मक अनुसन्धानले देखाएको छ, दाल भात उत्तम खाना हो ।
नेपालमा धानको भातको साथै अन्य अन्न, जस्तै– कोदो, फापर, गहुँ आदि पनि खाइन्छ । पहिले यस्तो अन्नको वास्ता गरिन्थ्यो । बालबालिकाहरूलाई पनि जाउलो र खिचडी (अर्थात दाल र भात मिसाएर पकाएको) खुवाउने चलन समाजमा छ, जसको विषयमा पनि एकमुस्ट रुपमा यस अनुसन्धानले विश्लेषण गरेको छ ।
दालमा (प्रोटिनयुक्त) र सब्जी (भिटामिन र मिनिरल्सयुक्त) सबै सँगै खाँदा सेवनले शरीरलाई सञ्चो गर्छ । अतः ‘भात खानु भयो ?’ भनेर सोध्नुको अर्थ ‘सन्चो हुनुहुन्छ’ नि, भन्नु हो । भात खाएको छैन भन्नुको अर्थ ‘सञ्चो छैन’ भन्ने पनि बुझिन्छ । किनकि, भातजस्तो सादा वा सस्तो चिज पनि खान नसकेको वा खान नपाउनु भनेको उसको शरीरमा वा जीवनमा समस्या छ भन्ने संकेत हो ।
चामल सहजरुपमा उपलब्ध नहुने ठाउँहरुमा पनि त्यसको विकल्पमा अन्य अनाजहरु धन बाहेक अन्य अन्न र स्थानीयरुपमा फल्ने गेडागुडीलाई दालको परिकार बनाएर खाने गरिन्छ । जर्मनीको ल्युबेक युनिभर्सीटिका प्राध्यापक राँल्फ लुडविजको नेतृत्वमा भारती डा. यास्क गुप्ता र उनका २ जना वैज्ञानिक साथीहरूको समूहले मिलेर गरेको उक्त अनुसन्धानबाट नेपाल र भारतको भान्सामा पाक्ने दाल भात र तरकारीको परिकारलाई स्वस्थकर रहेको पुष्टि गरेको थियो ।
मौलिक पकाउने शैली, तरकारीहरूको विविधता, मसलाहरुको औषधी य गुण, ताजा अचार आदिले खाना सन्तुलित एवं दाल– भातलाई रुचीकर बनाउँछ । यसरी पाकेको खानाले शरीरलाई स्वस्थ बनाउँछ । स्वस्थ भोजनले मानव शरीरका खरबौं खरब कोषहरूलाई लगातार उर्जा सञ्चार गर्छ । कोष थाक्न दिँदैन फलतः शरीर थाक्न पाउँदैन । यस्तो खान छाडेर मानिसहरु प्रोटिन, क्याल्सीयमको चक्की खान्छन् । हिजोआज पोषणको कुरा गर्दा ‘प्रोटिन’ ‘क्याल्सीयम’ ‘आइरन’
‘जिंक’, आदि क्याप्सुलका रुपमा दिए मात्र स्वास्थ्य राम्रो हुन्छ भन्ने भ्रम पूर्ण धारणा छ । अहिले चाहिँ थालमा भात खाने परम्परागत चलनलाई व्यापारीहरूले थाली भनेर पस्कन्छन् । महँगो पैसा लिन्छन् । अहिले नेपाली खानाको रुपमा सबै भात, दाल, तरकारी, अचार, दही, कढी, पापड हुन्छ । गुन्द्रुक, गोलभेडा र टिमुरको अचार पनि हुन्छ । अर्थात वैज्ञानिक रुपमा हेर्दा त्यस व्यञ्जनमा शरीरलाई आवश्यक ‘सूक्ष्म पोषक’ तत्वहरु भरिपूर्ण हुन्छन् । दाल भात मिलाएर खाए पेटमा शोषण पनि राम्रो सँग हुन्छ । सदाबहार स्वास्थ्यको रहस्य सादा दाल, भात र तरकारीमा छ । विभिन्न अन्नबाट बनेका भात, रोटी र दाल गेडागुडीसँगै खाँदा रोगसँग लड्ने शक्ति बढ्छ भन्ने बुझ्नुपर्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआरन पेसाबाट मनग्य आम्दानी
भदौ २७, २०८० बुधबार
जीवन्त खाना क्वाटी पचाउन पनि निकै सजिलो
भदौ १४, २०८० बिहिबार
बिहान सबेरै उठेर हिँडडुल गर्नाले तपाईंको फोक्सो स्वस्थ हुन्छ
साउन ७, २०८० आइतबार
श्रीमानको फैसलाले गीतकार र संगीतकार नै रनभुल्लमा
नेपालबहस संवाददाता
असोज ६, २०८० शनिबार
मुख्यमन्त्री चौधरीसँग राउटेले मागे ८६ घर परिवारका लागि दशै खर्च
नेपालबहस संवाददाता
असोज ४, २०८० बिहिबार
बीपीको पथ पछ्याउन नसकेको कोइराला परिवार
केदार भट्टराई (काका)
असोज ४, २०८० बिहिबार
श्रीमानको फैसलाले गीतकार र संगीतकार नै रनभुल्लमा
असोज ६, २०८० शनिबार
सुन तस्करीको छानविन गर्न बन्ने आयोग प्रति गृहमन्त्री नारायणकाजी नै बाधक
असोज ६, २०८० शनिबार
भारतमा बेचिएका दुई किशोरीको उद्धार
असोज ६, २०८० शनिबार
नेपालको आर्थिक, सामाजिक विकासमा सहकार्य र सहयोग गर्न चीन तयार
असोज ६, २०८० शनिबार
असोज ८ गतेदेखि तीस देशका सेनाप्रमुख दिल्लीमा भेला हुँदै
असोज ६, २०८० शनिबार
दाङमा खुकुरी प्रहारबाट एक महिलाको मृत्यु, दुई जना गम्भीर घाइते
असोज ६, २०८० शनिबार
चप्पल कारखानामा आगलागी हुँदा करोडको क्षति
असोज ६, २०८० शनिबार
मुलुकको विकासका लागि म जहाँ पनि बोल्छु, सबैलाई सचेत गराउँछु : राष्ट्रपति पौडेल
असोज ६, २०८० शनिबार