एमाले बलियो राजनीतिक शक्ति निर्माण गर्ने पक्षमा छः महासचिव पोखरेल
नेपालबहस संवाददाता
असार २३, २०८० शनिबार १४:४७:४९
२३ असार, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले बलियो राष्ट्रिय शक्ति निर्माण अभियानमा लागेको बताएका छन् । उनले पार्टीको प्राथमिकतामा सत्ता सत्ता नरहेको बताएका छन् । बलियो राजनीतिक शक्ति निर्माण गरेर मात्रै मुलुक निर्माण गर्न सकिने निष्कर्षका साथ एमाले अघि बढिरहेको महासचिव पोखरेलको भनाइ छ ।
काठमाडौंमा शनिबार आयोजित पार्टीको कार्यक्रममा महासचिव पोखरेलले कमजोरहरूको सहकार्यबाट राष्ट्र निर्माण हुन नसक्ने निष्कर्षसहित बलियो शक्ति निर्माणमा लागेको बताए । एमालेले सत्ता प्राप्तिलाई प्राथमिकतामा नराखी शक्ति निर्माणमा जुटेको उनको भनाइ छ ।
उनले भने, अहिले हाम्रा लागि सत्ता प्रधान होइन, हाम्रा लागि राष्ट्रको भविष्य प्रदान हो । अब यो राष्ट्र निर्माण गर्नका लागि कमजोरहरूको सहकार्यबाट राष्ट्रको निर्माण हुन सक्दैन । बलियो राष्ट्रिय शक्तिको रूपमा एमालेको विकास अबको हाम्रो संकल्प हो भन्ने मान्यताका आधारमा हामीले मिसन ग्रासरुट अभियान थालेका थियौ । त्यही मिसन ग्रासरुट अभियानको जगमा यतिबेला एमाले बलियो राष्ट्रिय शक्ति निर्माणको संकल्पका साथ नयाँ योजना, नयाँ संकल्पका साथ अगाडि बढन खोजिरहेको छ ।’
धेरै राजनीतिक दल हुँदा मुलुकमा राजनीतिक अस्थिरता उत्पन्न भएको पनि पोखरेलको भनाइ थियो । यस्तो अवस्थामा वैदेशिक हस्तक्षेप पनि बढेको उनले बताए । ’जति धेरै राजनीतिक दल, त्यति धेरै नीतिगत विचलन । जति धेरै राजनीतिक दल, त्यतिधेरै राजनीतिक अस्थिरता । जति धेरै राजनीतिक दल, त्यतिधेरै वैदेशिक चलखेल । जतिधेरै राजनीतिक दल, राष्ट्रको भविष्य अँध्यारो हुन्छ,’ उनले भने, ’धेरै राजनीतिक दल होइन्, बलिया राजनीतिक दलतर्फ अब समाजलाई डोहो¥याउन जरुरी छ ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
राष्ट्रपति पौडेलसमक्ष तीन देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
मंसिर ७, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीसँग भारतीय सेनाध्यक्ष द्विवेदीको भेट
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
पत्नी बानोसँग रहमानको सम्बन्धविच्छेदमा जोडियो मोहिनीको नाम
मंसिर ७, २०८१ शुक्रबार
खुमलटारमा प्रचण्ड निवास नजिकै शंकास्पद् बस्तु भेटियो
मंसिर ७, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीको एलन मस्कसँग भर्चुअल वार्ता, के भयो कुराकानी ?
मंसिर ७, २०८१ शुक्रबार
दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
लेबनानमा सन् २०२३ अक्टोबर ७ पछि २२६ स्वास्थ्यकर्मीको मृत्यु
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार