नगरपालिकाले पाउँदी, नाउँदी र किरेञ्जे खोलामा १८ सय माछाका भुरा छोड्याे
नेपालबहस संवाददाता
असार २३, २०८० शनिबार १५:५७:१६
लमजुङ २३ असार । लमजुङको सुन्दरबजार नगरपालिकाले पालिका अन्तर्गतका विभिन्न खोलामा माछाका भुरा छोडेको छ । नगरपालिकाले पाउँदी, नाउँदी र किरिञ्चे खोलामा विभिन्न जातका १ हजार ८ सय ४० वटा माछाका भुरा छोडेको हो ।
सुन्दरबजार नगरपालिका पशु सेवा शाखाको वार्षिक स्वीकृत कार्यक्रम अनुसार पालिका भित्रका खोलामा सुन्दरबजार नगरपालिका प्रमुख कृष्णप्रसाद कोइरालाले माछाको भुरा छाडेका हुन । अहिले खोलामा माछाका संख्या निकै कम भएको र स्थानीय माछाको संरक्षण र प्रबद्र्धनका लागि यो कार्यक्रम गरिएको नगरप्रमुख कोइरालाले वताए ।
उनले खोलाको संरक्षण गर्ने सबै नगरबासीको दायित्व भएकाले यस अभियानमा सबैको साथ रहने विश्वास व्यक्त गरेका छन् । खोलामा करेन्ट लगाएर तथा बिष हालेर माछा मार्ने क्रमलाई रोक्न सम्बन्धित वडा, स्थानीय र प्रशासनसँग परामर्श गरेर अगाडि बढ्ने उनको भनाई छ ।
चालु आर्थिक वर्ष २०७९र०८० को कार्यक्रम अन्तर्गत खोलामा स्थानीय रहु, नैनी, र चर जातका माछाका भुरा छाडिएको सुन्दरवजार नगरपालिका पशु सेवा शाखा प्रमुख लोकराज कोइरालाले वताए । स्थानीय पाउँदी खोलाको वडा नं। १० काँडेपानी, वडा नं। ३ लामिखेत, वडा नं। ४ र ५ सीमा क्षेत्रमा रहेको किरिञ्चे दोभान तथा वडा नं। ६ खत्रीठाँटी र नाउँदी खोलाको टुहुरे पसल नजिक माछाका भुरा छाडिएको हो ।
मत्स्य बिकास केन्द्र बेगनास कास्कीबाट ल्याइएका तिनै जातका माछाहरू खोलाहरूमा निकै प्रभावकारी तरिकाले उत्पादन हुने र छिटो बढ्ने पशु सेवा शाखाका प्रमुख कोइरालाको भनाई छ । खोलामा भुरा छाड्ने कार्यक्रममा सम्बन्धित वडाका वडाध्यक्ष तथा सदस्यहरू, पालिकाका कर्मचारीहरू, स्थानीयहरू लगायतको उपस्थिति थियो ।
पशु सेवा शाखाले चालु वर्ष नै मत्यविकास कार्यक्रम अन्तर्गत माछापालक किसानहरुलाई ५० हजार माछाका भूरा वितरण गरेको जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतनहुँका आठ पालिकाबाट राष्ट्रिय परिचयपत्र वितरण
पुष ५, २०८१ शुक्रबार
गण्डकी प्रदेशसभा सदस्य थापाले लिइन् शपथ
मंसिर २८, २०८१ शुक्रबार
बुढापाकालाई गाउँको अस्तित्व मेटिने डर !
मंसिर १२, २०८१ बुधबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
एनपीएल विजेतालाई एक करोड १० लाख, उपविजेतालाई ५१ लाख प्रदान
पुष ६, २०८१ शनिबार
हाईफाई र छटपटेभन्दा मौलिक कथामार्फत चलचित्रमा देखिँदै आएका दयाहाङ !
पुष ७, २०८१ आइतबार
रुखको हाँगा भाँचिएर लाग्दा एक जनाको मृत्यु
पुष ७, २०८१ आइतबार
इरानी प्राविधिकको समर्थनमा तेहरानद्वारा अमेरिकाको विरोध
पुष ७, २०८१ आइतबार
पाथीभरालाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल गर्ने समितिको निर्णय
पुष ७, २०८१ आइतबार