न्यायाधीश बन्ने प्रक्रियामा विचौलिया तन्त्र हावी : घनश्याम भुसाल
नेपालबहस संवाददाता
असार २३, २०८० शनिबार १६:१९:२३
२३ असार, काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले न्यायाधीश बन्ने प्रक्रियामा विचौलिया तन्त्र हावी भएको भन्दै यसलाई अन्त्य गर्नुपर्ने बताएका छन्।
समाजवादी पेशागत कानुन व्यवसायी संगठनले शनिबार काठमाडौंमा आयोजना गरेको बागमती प्रदेशस्तरीय कानुन व्यवसायीहरूको भेलामा बोल्दै भुसालले न्यायालय स्वयं न्यायालय किन्ने र न्यायाधीश बन्ने प्रक्रियामा विचौलिया तन्त्रले राष्ट्रको नयाँ जिन्दगीका सपनाहरु खाइदिने भएकाले यस्ता प्रवृतिलाई अन्त्य गर्नुपर्ने बताएका हुन् ।
भुसालले न्यायाधीश बन्ने प्रक्रियामा हावी भएको विचौलिया तन्त्र दलाल पूँजीवादको एउटा स्वरूप भएको तर्क गरे । उनले देश अहिले जस्तै राजनीतिक अस्थिरतातर्फ ढल्किँदै जाने हो भने सुशासन र स्वतन्त्र न्यायालयको कुरा असम्भव हुने बताए ।
उनले संसद विघटन गर्ने यसअघिको केपी ओलीको निर्णयले लोकतान्त्रिक स्थिरताका साथ विकास गर्ने जनताको आशामा तुषारापात हुन जाने भएकाले नै तत्कालीन नेकपामा विवाद भएको बताए । त्यस क्रममा नेपालको भविष्यमाथिको गम्भीर विषयलाई रक्षा गर्नका लागि आफुहरुले आवश्यक भूमिका खेलेको उनको भनाइ छ ।
भुसालले दलाल पूँजीवादका कारण मुलुकमा विभिन्न समस्या देखिरहेको र यसप्रति नयाँ भन्ने दलहरूले पनि कुनै चासो नदेखाएकाले उनीहरूको हविगत पनि पुरानैको जस्तो हुने अवस्था आउने जिकिर गरे । कस्तो कानुनी व्यवस्थाले मुलुकमा सुशासन कायम गर्न सकिन्छ भन्नेमा कानुन व्यवसायीहरूले सोच्ने बेला आएको उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमन्त्री प्रदीप पौडेलको काभ्रेका विपद प्रभावित स्वास्थ्यकर्मी र विरामीसँग अन्तरक्रिया
असोज १९, २०८१ शनिबार
अखिल क्रान्तिकारीको स्थगित राष्ट्रिय सम्मेलन मङ्सिरमा हुने
असोज १९, २०८१ शनिबार
प्रहरीमा चार हजार दरबन्दी रिक्त, कासमु देखाएर वृत्ति विकासमा बन्ध्याकरण !
नेपालबहस संवाददाता
असोज १८, २०८१ शुक्रबार
टि–ट्वान्टी सिरिजमा नेपालले ओमानलाई हरायो
नेपालबहस संवाददाता
असोज १७, २०८१ बिहिबार
कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि
असोज १९, २०८१ शनिबार
दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक
असोज १९, २०८१ शनिबार
‘फूड सिस्टम इनोभेसन च्यालेन्ज २०२४’ प्रतियोगितामा नेपाललाई सफलता
असोज १९, २०८१ शनिबार
माल्दिभ्सका राष्ट्रपति मुइज्जु आइतबारदेखि भारत भ्रमण गर्दै
असोज १९, २०८१ शनिबार
दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक
असोज १९, २०८१ शनिबार
मन्त्री प्रदीप पौडेलको काभ्रेका विपद प्रभावित स्वास्थ्यकर्मी र विरामीसँग अन्तरक्रिया
असोज १९, २०८१ शनिबार
कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि
असोज १९, २०८१ शनिबार