चौथो दिन पनि राष्ट्रियसभाको बैठक अवरुद्ध

नेपालबहस संवाददाता
असार २४, २०८० आइतबार ११:५१:५४

२४ असार, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले राष्ट्रियसभाको आजको बैठक पनि अवरुद्ध पारेको छ । प्रधानमन्त्री प्रचण्डको विवादस्पद अभिव्यक्तिलाई लिएर चौथो पटक पनि बैठक अवरुद्ध गरेको हो ।
बैठक सुरू भएलगत्तै सांसदहरूले प्रधानमन्त्रीले दिएको आफूलाई प्रधानमन्त्री बनाउन भारतीय मूलका नागरिक प्रितम सिंह पटकपटक भारत धाएको र नेपालका नेताहरुसँग बाक्लो भेटघाट गरेको भनी दिएको अभिव्यक्ति राष्ट्रविरोधी भएको र यसमा जवाफ नभई राजीनामा दिनुपर्ने माग गरिन् । राजीनामा नआएसम्म संसद चल्न नदिने अडान दोहोर्याइन् ।
बैठकमा विभिन्न मन्त्रालय, राष्ट्रपति कार्यालय लगायतमाथि विनियोजित बजेटमाथि खर्च कटौतीसम्बन्धी पेस भएका प्रस्तावमाथि दफावार छलफल गर्ने कार्यसूची रहेको छ । सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको पटकपटक आग्रहपछि पनि बैठक चल्न सकेको छैन । यसअघि लगातार ३ पटक बैठक अवरुद्ध गरेका थिए ।
सोही विषयलाई लिएर एमालेले प्रतिनिधिसभाको बैठक ३ पटक अवरुद्ध पारेको थियो । आजको बैठक पनि चल्न नदिने उसले तयारी गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआन्दोलनको कार्ययोजना बनाउन एकीकृत समाजवादीले बनायो कार्यदल
फागुन १४, २०८१ बुधबार
एमालेको सचिवालय बैठक बोलाइयो
फागुन १४, २०८१ बुधबार
परराष्ट्रमन्त्री राणा र राष्ट्र संघीय मानवअधिकार उच्च आयुक्त भल्कर टकबीच भेटवार्ता
फागुन १४, २०८१ बुधबार
अमेरिकामा ५० लाख डलर तिरेर नागरिकता पाउने अफर : यो एउटा बाटो हो, गन्तव्य होइन !
फागुन १४, २०८१ बुधबार
नेपाली अराजनीति अनि बजार हल्ला
फागुन १४, २०८१ बुधबार
ईशानेश्वरमा रातभर उभिएर ठाडो बत्ती बाल्दै सयौं दम्पत्ति
फागुन १४, २०८१ बुधबार
रेणुका नगरकोटी बनिन् उत्कृष्ट खेलाडी
फागुन १४, २०८१ बुधबार
अमेरिका–युक्रेन खनिज सम्झौतामा के-के कुरा समेटिएको छ ?
फागुन १४, २०८१ बुधबार
शुक्रबार अमेरिकामा ट्रम्पसँग भेट्दै जेलेन्स्की, भविष्यको सहयोगबारे छलफल गर्ने
फागुन १४, २०८१ बुधबार
बाटो खन्नेक्रममा ढुंगा खसेर स्काभेटर चालकको मृत्यु
फागुन १४, २०८१ बुधबार
नेपालमा बीवाईडी हाई–टेक विकको शुभारम्भ, यस्ता छन् नयाँ मोडेलका कार
फागुन १४, २०८१ बुधबार