एमालेका कारण राष्ट्रियसभाको बैठक आज पनि स्थगित
नेपालबहस संवाददाता
असार २४, २०८० आइतबार १२:९:०
१४ असार, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को विरोधका कारण संघीय संसदकाे मािथल्लाे सदन राष्ट्रिसभाको आजको बैठक पनि स्थगित भएको छ । अर्को बैठक असार २५ गते सोमबार बिहान ११ बजेर १ मिनेट जाँदा बस्ने गरी सभाका अध्यक्ष गणेशप्रसाद चिमिल्सिनाले बैठक स्थगित भएको घोषणा गरेका छन् ।
प्रधानमन्त्री प्रचण्डले असार १८ गते काठमाडौंमा भारतीय मूलका नागरिक प्रितम सिंहको जीवनीमा आधारित प्रकाशित पुस्तकको विमोचन कार्यक्रममा दिएको ‘भारत परस्त’ अभिव्यक्तिलाई लिएर एमालेले लगातार चौथो पटक बैठक स्थगित गरेको हो । बैठक सुरु हुनेवित्तिकै एमालेकी सांसद ले प्रधानमन्त्रीले राष्ट्रियताविरोध अभिव्यक्ति दिएको भन्दै पदबाट राजीनामा नदिएसम्म बैठक चल्न नदिने सभामुख तिमिल्सिनाको ध्यानाकर्षण गराएकी थिइन् ।
जानकारीलगत्तै एमालेका सांसदहरु उठेर विरोध बैठक अवरुद्ध पारेका थिए । अध्यक्ष तिमिल्सिनाले मन्त्रालयगत बजेट विनियोजन शीर्षकमाथि छलफल सक्नुपर्ने समयको चाप रहेकाले वार्ता संवादबाट प्रधानमन्त्रीको अभिव्यक्तिबारे निकास निकाल्दै जाने र बैठक चल्न दिन पटकपटक आग्रह गरेपनि अवरोध नहटेपछि अर्को बैठक भोलि सोमबारसम्मका लागि बैठक स्थगित गरिएको जानकारी सदनमा अध्यक्ष तिमिल्सिनाले दिए ।
एमालेले बैठक अवरुद्ध गरेको यो लगातार चौथो पटक हो । एमालेले सोही विषयलाई लिए प्रतिनिधिसभाको बैठक लगातार तेस्रो दिनसम्म अवरुद्ध पारेको थियो । आजको बैठक पनि चल्न नदिने उसले तयारी गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार