रकस्टार रविन तामाङको अन्तिम संस्कार स्वयम्भूमा
नेपालबहस संवाददाता
असार २४, २०८० आइतबार १२:३६:१०
२४ असार, काठमाडौं । दिवंगत रकस्टार र अभिनेता रविन तामाङको अन्तिम बिदाई गरिएको छ । नेपाल संगीत तथा नाट्य एकेडेमीमा तामाङको पार्थीव शरीरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्री सुदन किरातीले राष्ट्रिय झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिएर बिदाई गरेका हुन् । अन्तिम श्रद्धाञ्जली दिन मन्त्री, नेता, शुभेच्छुक र कलाकर्मी सहभागी भएका थिए ।
उपस्थित कलाकर्मीहरुले फूलमाया चढाएर तामाङप्रति श्रद्धासुमन व्यक्त गरे । अन्तिम श्रद्धाञ्जलीका लागि बिहानभर पार्थीव शरीरलाई एकेडेमीमा राखिएको थियो । मन्त्री किरातीले श्रष्टाहरुको निधनले माैलिक कलाको विकास र संस्कृतिको संरक्षण ठूलो क्षति पुगेको बताए । उनले राष्ट्रिय व्यक्तित्वको निधनपनि श्रद्धाञ्जलीका पार्थीव शरीर राख्नका लागि व्यवस्थित ठाउँ पनि नभएको भन्दै आफ्नै कार्यकालमा व्यवस्थित भवन बनाउने बताए ।
कार्यक्रममा सरकारको प्रवक्ता समेत रहेकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले कलाक्षेत्रले उज्ज्वल नक्षत्र गुमाएको बताउँदै कला र संस्कृतिको संरक्षणका लागि सरकार कलाकर्मीसँग हातेमालो गरेर अगाडि बढ्न तयार रहेको बताइन् । दिवंगत तामाङप्रति उनलले श्रद्धाञ्जली व्यक्त गरिन् ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले तामाङकाे निधनले नेपाली कला र माैलिकता संरक्षणमा ठूलाे क्षति प्रतिक्रिया दिए । तामाङप्रति श्रद्धाञ्जली व्यक्त गरे ।
रविन तामाङको पार्थिव शरीरलाई बौद्ध धर्म परम्पराअनुसार स्वयम्भूमा दहासंस्कार गरिनेछ । तामाङ गत मंगलबार तामाङ बुढानिलकण्ठस्थित निवासमा मृत भेटिएका थिए । नेपाली रक जनराको संगीतमा उनको योगदान उल्लेखनीय मानिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनवरात्रीको तेस्रो दिन, काठमाडौंको मैतीदेवी मन्दिरमा विहानैदेखि दर्शनार्थीको घुइचो
असोज १९, २०८१ शनिबार
दशैंको दोस्रो दिन ब्रह्मचारिणी देवीको पूजा आराधना, शक्तिपीठमा बिहानैदेखि घुइँचो
असोज १८, २०८१ शुक्रबार
डहरे देउराली मन्दिरमा ५० केजीको घण्टी
असोज १८, २०८१ शुक्रबार
प्रहरीमा चार हजार दरबन्दी रिक्त, कासमु देखाएर वृत्ति विकासमा बन्ध्याकरण !
नेपालबहस संवाददाता
असोज १८, २०८१ शुक्रबार
टि–ट्वान्टी सिरिजमा नेपालले ओमानलाई हरायो
नेपालबहस संवाददाता
असोज १७, २०८१ बिहिबार
कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि
असोज १९, २०८१ शनिबार
दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक
असोज १९, २०८१ शनिबार
रोनाल्डो र मानेको गोलमा अल नासर विजयी
असोज २०, २०८१ आइतबार
आज पनि हुनेछ यी प्रदेशमा वर्षा, सतर्कता अपनाउन आग्रह
असोज २०, २०८१ आइतबार
कस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर ?
असोज २०, २०८१ आइतबार
दुर्गापक्षको चौथो दिनः कुष्माण्डाको पूजाआराधना गरिँदै
असोज २०, २०८१ आइतबार
कस्तो छ तपाईको आजको राशीफल ?
असोज २०, २०८१ आइतबार