मिटरब्याजीविरूद्धको विधेयक पारित गर्न माग गर्दै पीडितहरूले गरे संसद भवन घेराउ
नेपालबहस संवाददाता
असार २४, २०८० आइतबार १४:६:४६
२४ असार, काठमाडौं । मिटर ब्याजी अर्थात अनुचित लेनदेनविरूद्धको विधेयक तुरुन्त पारित गर्न माग गर्दै मिटर ब्याजी पीडितहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् ।
विराेध प्रदर्शनसँगै उनीहरूले नयाँबानेश्वरस्थित संसद भवन समेत घेराउ गरेका छन् । संसदमा पेस भएर छलफलमा रहेको विधेयक तत्काल पारितको माग गर्दै आइतबार बिहान माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म प्रदर्शनपछि घेराेउ गरे ।
चर्को ब्याज र नक्कली तमसुकका कारण आत्मदाह र आत्महत्याको तहसम्म पुग्दै गरेका मिटरब्याजी पीडितहरुको न्यायका लागि भन्दै सरकारले २० वैशाखमा ल्याएको मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८० को प्रतिस्थापन विधेयक प्रतिनिधिसभामा छलफलका क्रममा रहेको छ ।
अध्यादेशको प्रतिस्थापन विधेयक राष्ट्रियसभाले १५ असारमा पारित गरेर प्रतिनिधिसभामा पठाएको थियो । प्रतिनिधिसभाले गत बुधबारसम्म पारित गरेर राष्ट्रियसभामा दफावार छलफलका लागि पठाउनुपर्ने थियो । तर एमालेले बैठक चल्न नदिँदा विधेयक निष्क्रिय अवस्थामा पुगेको छ ।
संविधान अनुसार ६० दिनभित्र संसदबाट पारित हुनुपर्ने भएपनि एमालेको विरोधका कारण संसद अवरुद्ध रहेकाले विधेयक निष्क्रिय हुन पुगेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई प्रधानमन्त्री बनाउन भारतीय नागरिक प्रितम सिंह पटक पटक दिल्ली गएको भनी केही दिनअघि दिएको अभिव्यक्तिको विषयलाई लिएर संसदका प्रमुख प्रतिपक्षी एमालेले प्रतिनिधिसभा र राष्ट्रियसभा अवरुद्ध गर्दै आइरहेको छ ।
तथापि आज बिहान बसेको प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भएको वार्ताबाट प्रधानमन्त्रीले प्रतिनिधिसभा बैठकमा आजै सम्बोधन गरेर बैठक सुचारु गर्ने सहमति बनेको समाचार सार्वजनिक भएको छ ।
यसअघि मिटरब्याजीहरुले पनि आफूहरुले ऋणीलाई प्रचलित कानूनबमोजिम ऋण दिएको र तमसुक भर्पाइ गराएको भन्दै ऋणको सावाँब्याज फिर्ता पाउनुपर्ने माग गर्दै माइतीघर मण्डलामै प्रदर्शन गरेका थिए । विधेयक निष्क्रिय हुँदा उनीहरुले खुशीयाली समेत मनाएका छन् । मिटरब्याजी घटना तराईका जिल्लामा व्याप्त रहेको छ । हालसम्म सरकारले अध्यादेशमार्फत ल्याएको ‘अनुचित लेनदेन (मिटरब्याज) जाँचबुझ आयोग २०८०’ गठन गरेर एघार सयभन्दा बढी पीडित र पीडकबीच मेलमिलाप गराइसकेको छ ।
यसअघि उनीहरुले पीडकमाथि कानूनी कारवाहीका लागि माइतीघर मण्डलामा महिनौंसम्म धर्ना र विरोध कार्यक्रम गरे । त्यसपछि सरकारले अध्यादेशमार्फत विधेयक ल्याएर आयोगमार्फत पीडितको उजुरी संकलन तथा जाँचबुझ गर्दै आइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमिथुन राशी भएकाहरुको लागि आज राम्रो समय छ
मंसिर ७, २०८१ शुक्रबार
राष्ट्रपतिद्वारा ढुङ्गानाका परिवारप्रति समवेदना
मंसिर ६, २०८१ बिहिबार
राशिफलः आज जन्म लिने बच्चा कर्कट राशीको हुनेछ
मंसिर ६, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
खुमलटारमा प्रचण्ड निवास नजिकै शंकास्पद् बस्तु भेटियो
मंसिर ७, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीको एलन मस्कसँग भर्चुअल वार्ता, के भयो कुराकानी ?
मंसिर ७, २०८१ शुक्रबार
दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
लेबनानमा सन् २०२३ अक्टोबर ७ पछि २२६ स्वास्थ्यकर्मीको मृत्यु
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार