ईबिकलाई वालिङ नगरपालिकाले स्वामित्व ग्रहण गर्ने
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
असार २४, २०८० आइतबार १४:५९:३९
![](https://nepalbahas.prixacdn.net/media/albums/waling_cjPp8AwvU5_OgsuNXL0z8.jpeg)
ईबिकलाई वालिङ नगरपालिकाले स्वामित्व ग्रहण गर्ने ।
खगीन्द्र पौडेल
२३ असार, वालिङ । वालिङ नगरपालिकामा सञ्चालनमा रहेको ‘उद्यमशीलता व्यवसाय प्रवर्द्धन तथा नव प्रवर्तन केन्द्र–ईबिक’लाई पालिकाले स्वामित्व ग्रहण गरी प्रभावकारी रुपमा सञ्चालन गर्ने भएको छ । शनिवार नगरपालिकामा भएको छलफलमा ईबिकको प्रभावकारीता र भूमिकाको बारेमा छलफल गरी यसलाई नगरपालिकाले स्वामित्व ग्रहण गर्ने तय भएको नगर उपप्रमुख कविता तिवारीले जानकारी दिइन् ।
उनले भनिन,“पालिकाले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडिपिसँग मिलेर सञ्चालनमा ल्याएको ईबिक प्रभावकारी रहेको छ त्यसैले यसलाई पालिकाले स्वामित्व ग्रहण गर्नेछ र पालिकाको अंगको रुपमा सञ्चालन गर्नेछ ।”
कार्यक्रममा बोल्दै वालिङ नगरपालिकाका निवर्तमान प्रमुख दिलिपप्रताप खाँणले उद्यमशीलनको प्रवर्द्धन अहिले आवश्यकता भएको बताए । विदेशबाट फर्किएका र स्वदेशमा नै उद्यम गर्न चाहानेहरुको एक सारथी भएको खाँणको भनाई छ । आफूले ईबिकको मर्म र काम बुझेर नै पालिकामा शुभारम्भ गरेको स्पष्ट पारे । यसको दिगोपनाको लागि सबैले ध्यान दिनुपर्ने खाँणले बताए ।
यस्तै कामको शिलशिलामा जिल्ला बाहिर रहेका नगरप्रमुख कृष्ण खाँणले ईबिकलाई प्रभावकारी रुपमा सञ्चालनका लागि आफू प्रतिबद्ध रहेको जानकारी दिए । प्रविधि मार्फत छलफलमा सहभागी हुनु भएका नगरप्रमुख खाँणले योजना बनाएर पालिकाले काम गर्ने स्पष्ट पारे ।
छलफलमा ईबिकको महत्व र आवश्यक्ता माथि जानकारी गराउनु हुँदै युएनडिपी नेपालका गण्डकी तथा लुम्बिनी प्रदेश प्रमुख सुदिप अर्यालले भने, “विदेशबाट फर्किएका, स्वदेशमा नै केही गर्न चाहाने तथा उनीहरूमा भएको सीपको व्यावहारिक प्रयोगका लागि यो अति आवश्यक छ ।”
दिगो विकासको लक्ष्य प्राप्तीका लागि आर्थिक संमृद्धि अनिवार्य रहेको भन्दै ईबिकले ‘बाली देखि थाली सम्म’ को भनाईलाई सार्थक पार्ने काम गर्ने अर्यालको भनाई छ । ईबिकले उद्यमशीलता,व्यवसाय प्रवर्द्धन तथा नवप्रवर्तनका कार्य प्रभावकारी रुपमा गर्ने भन्दै प्रमुख अर्यालले वालिङ नगरपालिकामा सञ्चालनमा रहेको ईबिक मार्फत पाँच हजार बढीले प्रत्यक्ष फाईदा लिनु सकारात्मक भएको बताए ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत तेजराज शर्माले पालिकाले यस अघि नै ईबिक सञ्चालनका लागि विभिन्न नीति नियम बनाएको जानकारी गराउनु हुँदै यसको कार्यान्वयनले ईबिक दिगो रहने बताए । कार्यक्रममा वडा अध्यक्षहरु,कार्यपालिका सदस्यहरु, वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी सस्थाका प्रतिनिधि तथा दियालो संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
युएनडिपि नेपालको सहयोग तथा दियालो संस्थाको व्यवस्थापनमा सञ्चालित ईबिकलाई नगरपालिकाले नीतिगत निर्णय मार्फत दिगो रुपमा सञ्चालन गर्ने छलफलले निष्कर्ष निकालेको पालिकाले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशुक्लागण्डकीमा पाँच हजार कफीका बिरुवा वितरण
असार ३, २०८१ सोमबार
जंगली च्याउ खाँदा तनहुँमा पाँच जना बिरामी
असार ३, २०८१ सोमबार
पुल बनाउन खनेको खाल्टोमा डुवेका बालकको शव फेला
असार २, २०८१ आइतबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालको हारले फ्यानका आँखामा आँसु, टुट्यो सुपर–८ को सपना !
नेपालबहस संवाददाता
असार १, २०८१ शनिबार
सन्दीपको सय विकेट, शतक पूरा गर्ने दोस्रो बलरको कीर्तिमान
असार ३, २०८१ सोमबार
दार्जिलिङ रेल दुर्घटना : मृत्यु हुनेको संख्या १५ पुग्यो
असार ३, २०८१ सोमबार
टीम इन्डियाले सुपर-८ खेलमा कुन कुन टिमसँग भिड्दैछ ?
असार ३, २०८१ सोमबार
मनसुन देशभर फैलन अझै साता दिन लाग्ने !
असार ३, २०८१ सोमबार
सशस्त्र प्रहरीमा दुई डीआईजीलाई स्पष्टीकरण !
असार ३, २०८१ सोमबार
यसवर्षको मनसुनबाट कोशीमा एक लाखभन्दा बढी घरधुरी प्रभावित हुने आकलन
असार ३, २०८१ सोमबार
काठमाडौंमा ‘कनेक्टिङ कर्णाली’ सम्पन्न
असार ३, २०८१ सोमबार
लहानका बस्तीमा डकैतीको अफवाह नफैलाउन र भ्रममा नपर्न प्रहरीको आग्रह
असार ३, २०८१ सोमबार
राष्ट्रपति पौडेल र जर्मनीका समकक्षी स्टाइनमायरबीच भेटवार्ता
असार ३, २०८१ सोमबार