कोशीका मुख्यमन्त्री थापाकाे नियुक्तिविरुद्ध परेको रिटको सुनुवाइ भएन
नेपालबहस संवाददाता
असार २४, २०८० आइतबार १५:३०:२५
२४ असार, काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति खारेजीको मागसहित एमालेका निवर्तमान मुख्यमन्त्री एमालेका हिक्मतकुमार कार्कीले शुक्रबार सर्वोच्च अदालतमा दायर गराएका रिट निवेदनमाथि आज सुनुवाइ हुन सकेन ।
रिट निवेदन सुनुवाइका लागि न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासमा पेसी तोकिएको थियो । तर सर्वोच्च प्रशासनले उक्त रिट निवेदन ‘हेर्न नभ्याइने’ सूचीमा राखेको छ ।
थापा मुख्यमन्त्रीमा नियुक्ति हुँदा अपनाइएका प्रक्रिया असंवैधानिक रहेको दाबी गर्दै नियुक्ति खारेजीका लागि अन्तरिम आदेशको माग कार्कीले रिटमा गरेका छन् । उनले नवनियुक्त मुख्यमन्त्री थापा, प्रदेश प्रमुख पर्शुराम खापुङ र सभामुख बाबुराम गौतमलाई विपक्षी बनाएका छन् । उनले सभामुख बाबुराम गौतमले सरकार गठनका दाबी पेस निवेदनमा हस्ताक्षर गरेर संविधान मिचेको दाबी समेत गरेका छन् ।
उनले धारा १६८ को उपधारा ३ बमोजिम प्रदेशसभामा सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा आफूलाई मुख्यमन्त्री नियुक्तिको लागि उनले रिटमा परमादेश माग गरेका छन् ।
खापुङले थापालाई ९३ जना सदस्य रहेका प्रदेसभाको बहुमत ४७ संख्याको दाबीका आधारमा संविधानको धारा १६८ (२) बमोजिम थापालाई यही असार २१ गते मुख्यमन्त्री नियुक्त गरेका थिए । थापाले पद गोपनियताको शपथ समेत लिएर ६ सदस्यीय मन्त्रिमण्डल गठन गरिसकेका छन् । आजैमात्र माओवादी केन्द्र २ र कांग्रेसका एक प्रदेशसभा सदस्यलाई मन्त्रीमा नियुक्त गरेका छन् । माओवादी केन्द्रबाट प्रधानमन्त्री प्रचण्डका छोरी ज्वँई जीवन आचार्य आर्थिक मामिला तथा योजना मन्त्री बनेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
घरेलु हिंसासम्बन्धी अधिकांश उजुरी अदातलसम्म नपुगी समाधान
मंसिर १२, २०८१ बुधबार
‘विपद् पूर्व तयारीले क्षति न्यूनीकरण गर्न सकिन्छ’
मंसिर १२, २०८१ बुधबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
एसिया कपमा बंगलादेशसँग नेपाल ५ विकेटले पराजित
मंसिर १६, २०८१ आइतबार
कविता : मनको बाघ
मंसिर १६, २०८१ आइतबार
वेडिङ फोटो अवार्डको लागि आवेदन खुल्ला, कसरी हुने सहभागी ?
मंसिर १६, २०८१ आइतबार
निर्वाचन आयोग भन्छ, उपनिर्वाचनमा ६२ प्रतिशतमाथि मत खस्यो, आजबाटै गणना सुरु हुन्छ
मंसिर १६, २०८१ आइतबार
प्रयाग अहमदको अध्यक्षतामा मदर्सा बरकतुल उलुमको नयाँ कार्यसमिति चयन
मंसिर १६, २०८१ आइतबार
सरेको सरै भयो भाटभटेनीका सञ्चालक गुरुङले एमालेलाई दान दिएको जग्गा विवादविरुद्धको रिट
मंसिर १६, २०८१ आइतबार