ललितानिवास प्रकरणमा समरजङ्ग कम्पनीका प्रमुख र नापी सर्वेक्षक पनि पक्राउ
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
असार २४, २०८० आइतबार १५:४८:३४
![](https://nepalbahas.prixacdn.net/media/albums/lalitaniwas_eu7xHbkgDz_W1cdBcKmue.png)
२४ असार, काठमाडाैं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारको सरकारी स्वामित्वको ललितानिवास क्यम्पको जग्गा हिनामिनामा थप दुई जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जग्गा प्राप्तिका लागि खडा गरिएका कम्पनीका तत्कालीन प्रमुख र कम्पनीलाई जग्गा दिन नापी गर्ने तत्कालीन नापी सर्वेक्षक रहेका छन् ।
सीआईबीका अनुसार काठमाडौंबाट आइतबार नापी सर्वेक्षक लोकहरि घिमिरे र समरजंग कम्पनीका प्रमुख ध्रुवप्रसाद अर्याललाइ पक्राउ गरिएकाे हाे । अर्याल तत्कालीन नापी कार्यालय काठमाडौँबाट ललिता निवासको जग्गा नाप जाँचमा खटिएका सर्वेक्षक थिए ।
यसअघि सोही प्रकरणमा भाटभटेनी सुपरमार्केटका संचालक मिनबहादुर गुरुङ, डिल्लीबजार मालपोतका तत्कालीन प्रमुखलगायत ९ जनालाई सीआईबीले पक्राउ गरी हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।
सरकार स्वामित्वको १४३ रोपनी जग्गा विभिन्न समयमा विभिन्न व्यक्तिले नक्कली कागजात बनाएर कम्पनी र गुठी खडा गराई पास गरेर हिनामिन गरेको पाइएको घटनामा सीआईबीले अनुसन्धान सुरु गरेको हो । जग्गा पास गर्दा मालपोत र नापीका कर्मचारीले जग्गा नै घुस लिएको समेत प्रमाण फेला परेको प्रहरीको दाबी छ । \
प्रकरणमा ५ मन्त्री, ६ सचिव, १८ सहसचिवसमेत गरी ४०६ जनाको संलग्नता रहेको दाबी गरिँदै आएको छ । पक्राउ परेका ३ जना भने ‘पक्राउ नगर्नू’ भन्ने यसअघि सर्वोच्च अदालतले दिएको अन्तरिम आदेश देखाएर छुटेका छन् । तर प्रहरीले उनीहरुलाई बोलाएका बखत हाजिर हुन आउने गरी कागज गराई छोडेको हो ।
यो पनि पढ्नुहोस
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपक्षेत्रपाटीबाट चोरिएको मोटरसाइकल नयाँ बजारमा फेला
फागुन ५, २०८१ सोमबार
ट्राफिक प्रहरीले गर्यो सवारी जाँचमा कडाइ
फागुन ५, २०८१ सोमबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
नेपाली विद्यार्थी मृत्यु प्रकरणमा कूटनीतिक पहल भइरहेको छः परराष्ट्रमन्त्री डा. देउवा
फागुन ५, २०८१ सोमबार
नेपाल सुरुङमार्ग र पानी जहाजको युगमा प्रवेश गरिसक्यो : प्रधानमन्त्री ओली
फागुन ५, २०८१ सोमबार
धरानमा कालोमोसो दल्ने ‘नो केबुलकार’ समुहका ८ जना विरुद्ध पक्राउ पुर्जी जारी
फागुन ५, २०८१ सोमबार
रुख कटान गरेको आरोपमा २ जना पक्राउ
फागुन ५, २०८१ सोमबार
रूसले गुगललाई गरायो ठुलो परिणामको जरिवाना
फागुन ५, २०८१ सोमबार