आइएमई लाइफ इन्सुरेन्सको आईपीओमा आवेदन दिने अन्तिम दिन कहिले ?
नेपालबहस संवाददाता
असार २५, २०८० सोमबार ११:२०:५८
२५ असार, काठमाडौं । आइएमई लाइफ इन्सुरेन्सको आईपीओमा आवेदन दिने आज सोमबार असार २५ गते अन्तिम दिन हो । लगानीकर्ताले आज कार्यालय समयभित्र यसमा आवेदन दिन सक्नेछन् ।
इन्सुरेन्सले असार २१ गतेदेखि सर्वसाधारणलाई प्रिमियम भाउमा आईपीओ खुला गरेको हो । सीडीएसका अनुसार आईपीओमा असार २४ गते साँझ ५ः०५ बजेसम्ममा ९ लाख ४० हजार ८१२ जनाले १ करोड १७ लाख ६९ हजार ५० कित्ताका लागि आवेदन दिइसकेका छन् । यो मागभन्दा १.२२ गुणा बढी आवेदन हो ।
यस कम्पनीले आफ्नो जारी पुँजी ४ अर्ब रूपैयाँको ३०५ ले हुन आउने कुल १ अर्ब २० करोड रूपैयाँ बराबरको आईपीओ बिक्रीमा ल्याएको हो । यसले प्रतिकित्ता १३६ रूपैयाँ ९१ पैसा प्रिमियम थप गरेर २३६ रूपैयाँ ९१ पैसाका दरमा १ करोड २० लाख कित्ता आईपीओ बिक्रीमा ल्याएको छ । यसमध्य १२ लाख कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्काशन भइसकेको छ ।
त्यस्तै, ६ लाख कित्ता शेयर कर्मचारी र ६ लाख कित्ता शेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । सर्वसाधारणले बाँकी रहेको ९६ लाख कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम् १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ ।
लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो शेयरमार्फत सेयर भर्न सक्नेछन् । यो आईपीओमा सिभिल क्यापिटल बिक्री प्रबन्धक रहेको छ । केयर नेपालले आइएमई लाइफ इन्सुरेन्सको आईपीओलाई ‘केयरएनपी त्रिपल बी प्लस इस्यूअर रेटिङ’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको जनाउँछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप२०७१ देखि लेखापरीक्षण गर्न नसकेको राष्ट्रिय जीवन बीमा कम्पनीमाथि अर्थले उठायो प्रश्न
मंसिर १९, २०८१ बुधबार
सूर्यज्योति लाइफले २७ हजार कित्ता संस्थापक शेयर बिक्री गर्दै
मंसिर ५, २०८१ बुधबार
मकवानपुरका ४५ हजार जना स्वास्थ्य बिमामा आबद्ध
मंसिर १, २०८१ शनिबार
रविकी श्रीमती निकिताको सम्पत्ति जफत गर्न माग, अनुसन्धानमा तानिन सक्ने
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
पुष २, २०८१ मंगलबार
चितवन निकुञ्जद्वारा नियमविपरीत काम गर्ने ६५ जनालाई कारबाही
पुष ३, २०८१ बुधबार
सिस्नेरी–दक्षिणकाली सडक आजदेखि ११ गतेसम्म बन्द
पुष ३, २०८१ बुधबार
सिरहामा सडक दुर्घटनामा घट्यो, मृत्यु हुनेको सङ्ख्या बढ्दो
पुष ३, २०८१ बुधबार
भक्तपुरमा घरायसी विवादमा चक्कु प्रहार गरेर बुवाले गरे छोराको हत्या
पुष ३, २०८१ बुधबार