घोराही सिमेन्टको आईपीओमा आजसम्म आवेदन दिन सकिने
नेपालबहस संवाददाता
असार २५, २०८० सोमबार ११:२४:३१
२५ असार, काठमाडौं । घोराही सिमेन्टको आईपीओमा आवेदन दिने सोमबारअन्तिम दिन हो । लगानीकर्ताले सोमबार कार्यालय समयभित्र यस आईपीओमा आवेदन दिन सक्नेछन् । कम्पनीले २२ असारदेखि स्थगित आईपीओ पुनः बिक्रीमा ल्याएको हो ।
यस कम्पनीले १ सयअंकित मूल्यमा ३३५ रूपैयाँ प्रिमियम थप गरेर आईपीओ निष्काशन गरेको हो । जसअनुसार प्रति कित्ता ४३५ रूपैयाँ दरको कुल ६९ लाख ११ हजार ६७० कित्ता आईपीओ सर्वासाधारणका लागि बिक्रीमा ल्याएको छ । यसअघि कम्पनीले जेठ ३२ गतेदेखि सर्वसाधारणको लागि आईपीओ जारी गरेको थियो ।
कम्पनीले आईपीओ जारी गरेको ५औं दिनमा धितोपत्र बोर्डले असार ४ गते आईपीओ निष्काशन प्रक्रिया स्थगित गरेको थियो । कम्पनीको रेटिङ्स र सार्वजनिक निष्काशन सम्बन्धी कैफियतको जाँचबुझका लागि घोराही सिमेन्टको आईपीओ निष्काशनको सम्पूर्ण प्रक्रिया स्थगन गरिएको बोर्डले जानकारी गराएको थियो ।
तथापि, धितोपत्र बोर्डले अध्ययन गरेर घोराही सिमेन्टको आईपीओमा फर्जी आवेदन दिने आवेदनकर्तासँग आईपीओ जारी गर्ने कम्पनी, निष्काशनकर्ता तथा बिक्री प्रबन्धकको सञ्चालक र कर्मचारीसँग कुनै सम्बन्ध नरहेको निष्कर्ष निकालेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएलआइसी नेपालले ८८ प्रतिशत हकप्रद शेयर जारी गर्दै
मंसिर ७, २०८१ शुक्रबार
अपि पावरको साधारण सभाले पारित गर्यो ४९ मेगावाटमा लगानी गर्ने प्रस्ताव
कात्तिक १२, २०८१ सोमबार
विश्व लगानीकर्ता सप्ताह–२०२४ को अवसरमा प्रभु क्यापिटलद्वारा प्रशिक्षण कार्यक्रम सञ्चालन
कात्तिक ११, २०८१ आइतबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
आजको लागि विदेशी मुद्राको विनिमय दर
मंसिर ९, २०८१ आइतबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार