बैतडीमा बस दुर्घटना हुँदा एकको मृत्यु, ३८ जना घाइते : अवस्था गम्भीर
नेपालबहस संवाददाता
असार २५, २०८० सोमबार १५:२८:५४
२५ असार, बैतडी । बैतडीबाट बस दुर्घटनामा घाइते भएका एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा पञ्चेश्वर गाउँपालिका-६ का २८ वर्षीय उमेश भण्डारी रहेको प्रहरीले जनाएको छ ।
सोमबार दिउँसो पञ्चेश्वर गाउँपालिका तिलाचौरबाट महेन्द्रनगर जाँदै गरेको पवनदुत यतायातको लु २ ख २०११ नम्बरको बस बैतडीको मेलौली नगरपालिका(७ को स्वाखानी भन्ने स्थानमा दुर्घटना भएको थियो। दुर्घटनामा ३८ जना घाइते भएका छन्। घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेको बताइएको छ।
घाइतेहरूको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ। गम्भीर घाइतेहरूलाई डडेलधुरा अस्पताल लैजाने तयारी भइरहेको छ। बस अन्दाजी चार सय मिटर तल खसेर रुखमा अड्किएको थियो। बस दुर्घटनाको हुनुकाे कारण भने खुल्न सकेकाे छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरोशीका वडाध्यक्ष लामाको निधन
पुष ८, २०८१ सोमबार
रुखको हाँगा भाँचिएर लाग्दा एक जनाको मृत्यु
पुष ७, २०८१ आइतबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
बाबुछोराको हत्या आशंकामा अनुसन्धान तीव्र
पुष ८, २०८१ सोमबार
सीपमूलक तालिममा सहभागी राउटे युवती
पुष ८, २०८१ सोमबार
परराष्ट्रमन्त्री डा राणा स्वदेश फिर्ता
पुष ८, २०८१ सोमबार
बंगलादेशमा हसिनाको परिवारमाथि ५ अर्ब डलरको भ्रष्टाचार अनुसन्धान सुरु
पुष ८, २०८१ सोमबार