रैथाने जातका आलुका बीउको संरक्षण गर्दै जलजला
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
असार २५, २०८० सोमबार १५:५५:१
२५ असार, पर्वत । वर्षौँ पहिलेसम्म पर्वतका विभिन्न स्थानमा आलु खेतीका लागि क्याङ, लेस्पार, बनौँ, लगायतका ठाउँमामा पुगेर बीउ ल्याउने प्रचलन थियो । चिसो र लेकाली भेगमा फलेको आलुको स्वाद मिठो हुने भएकाले ती ठाउँमा पुगेर चामलसँग आलुको बीउ विनिमय गर्ने चलन पुरानो हो ।
तर आजभोलि क्याङ, लेस्पार, बनौँ, लगायतका किसानले बाहिर निर्यात गर्ने भन्दा पनि आफ्ना लागि आवश्यक बीउ मात्रै राखेको प्रायः भेटिन्छ । हाइब्रिड जातका बीउले बजारमा बर्चश्व जमाएको बेलामा ती लेकाली भेगमा समेत आयातित बीउ प्रयोग हुने क्रम बढ्दै जान थालेको छ ।
रैथाने जातका आलुको बीउमा विभिन्न समस्या देखिएपछि जलजला गाउँपालिकाले आफै पूर्व मल बीउ र उन्नत जातको बीउ उत्पादनको काम गर्दै आएकोमा बीउमा आत्मनिर्भर बनेको गाउँपालिकाको कृषि शाखाका प्रमुख राजु गौतमले बताए । गाउँपालिकाले उत्पादन गरेको आलुको पूर्व मूल बीउबाट उत्पादन भएको आलुको बीउ कोल्ड स्टोरमा राख्नको लागि पठाइसकिएको छ । त्रिपन्न हजार दुई सय दाना बीउ लगाएकोमा त्यसबाट ६ हजार पाँच सय किलो उत्पादन भएको छ ।
उनले भने, “दोस्रो पुस्ताको उन्नत बीउ १० मेट्रिक टन लगाएकामा ७५ मेट्रिक टन उत्पादन गरेर कोल्ड स्टोरमा राखिएको छ । यही वर्ष पनि हामीलाई आवश्यक बीउ पुग्छ । केही निर्यात हुनसक्ने अवस्था रहला, अर्को वर्ष त हामीलाई आवश्यक भन्दा धेरै बीउ तयार भएको हुने छ ।”
पूर्व मूल बीउबाट पहिलो चरणमा उत्पादन भएको ६।१ मेट्रिक टन बीउ कोल्ड स्टोरमा राख्नका लागि पोखरा पठाइएको छ । उन्नत जातका रूपमा लिइएको खुमल उज्ज्वलको ‘हार्भेस्टिङ’ बाँकी नै रहेको भन्दै शाखा प्रमुख गौतमले यो जातको बीउ आठ मेट्रिक टन उत्पादन हुने प्रक्षेपण गरिएको बताए।
असिनाका कारण खुमल सेतो १ मा ५० प्रतिशत उत्पादन कम हुँदा पनि करिब लक्ष्य अनुसारकै बीउ तयार हुने अवस्था रहेको छ । आगामी आर्थिक वर्ष २०८०÷८१ मा ७५।५ मेट्रिक टन दोस्रो पुस्ताबाट उत्पादित बीउ आलु र आठ मेट्रिक टन मूल बीउबाट अन्य बीउ उत्पादन सुरु गरेपछि गाउँपालिकामा खपत हुन नसकेको बीउ निर्यात गर्ने अवस्था आउने गाउँपालिकाले बताएको छ ।
करिब रु १० लाखको लगानीमा उत्पादन हुने उन्नत जातको बीउ किसानले आलु खेतीका लागि पाउने छन् । तर पूर्व मूल बीउ भने गाउँपालिकाको प्रत्यक्ष निगरानी र लगानीमा किसानले लगाउने छन् । यो बीउका लागि किसानको छनोट, आलुको प्लटिङ, लगानी, निगरानी लगायतका काम गाउँपालिकाले नै गर्ने छ ।
गाउँपालिकाका अध्यक्ष राजु आचार्यले गाउँपालिकाले यस वर्ष रु २५ लाख लगानी गरेकोमा अर्को आर्थिक वर्षसम्ममा करिब रु डेढ करोड लगानी गर्ने बताउँछन् । यसवर्ष मूल बीउ एक हजार पाँच सय र उन्नत जातको १५ हजार बोरा बीउ उत्पादन गर्न आफूहरू सफल हुनुले बीउमा आत्मनिर्भर बन्न सकिएको उनको भनाइ छ । गाउँपालिकाले रैथाने तथा परम्परागत जातका आलुका बीउको संरक्षणको प्रयास गरेको भए पनि रैथाने जातको बीउमा विभिन्न समस्या देखिएपछि किसान उन्नत जातको बीउमा आकर्षित भएको उनले बताए ।
“यहाँका बनौँ लगायतका क्षेत्रमा फल्ने आलुको बीउ लिनका लागि कहाँ कहाँदेखि सर्वसाधारण आउँथे । तर आजभोलि ती रैथाने जातको आवश्यक परीक्षण नहुनु, एउटै जातको बीउ धेरै वर्षसम्म प्रयोग हुनु, कीरा र कमिलाको प्रकोप बढी हुने लगायतका समस्याका कारण लगानी अनुसारको उत्पादन हुन सकेको छैन’, अध्यक्ष आचार्य भन्छन्, “हामीले नै तयार पार्ने उन्नत जातको बीउ अब हामीलाई बढी हुन्छ । रैथाने जातका आलु स्वादका लागि मीठो भए पनि किसानलाई आत्मनिर्भर बनाउन नसक्दा किसानको रोजाइमा परेको छैन ।”
आलुको बीउ उत्पादनलाई गाउँपालिकाले प्राथमिकतामा राखेको अवस्थामा सङ््घीय सरकारले सहयोगको आश्वासन दिए पनि सहयोग भने नआएको गाउँपालिकाले बताएको छ । जलजला गाउँपालिकाका विभिन्न स्थानको मौसम र माटोको अवस्था अनुसार कृषि प्राविधिकले कात्तिक र मंसिरमा आलु लगाउँदा जनकदेव र खुमल उज्ज्वल जातको तथा पुस र माघमा आलु लगाउँदा जनकदेव र खुमल सेतो–१ लगाउन सुझाव दिएका छन् । जनकदेव जातको आलुलाई असिना र प्रकोपको रूपमा आउने डढुवाले पनि धेरै क्षति गर्न नसक्ने भएकाले किसानलाई फाइदा हुने प्राविधिकको सल्लाह छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचितवनको गाजर र चुकन्दर जर्मनी निर्यात
फागुन ४, २०८१ आइतबार
तोरीखेतीतर्फ आकर्षित हुँदै भद्रपुरका किसान
फागुन ३, २०८१ शनिबार
प्रणय दिवसका अवसरमा टीकापुरलाई गुलाबको सहर बनाउन अभियान सुरु
फागुन २, २०८१ शुक्रबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताः नेपाल र किर्गिस्तान खेल्दै
फागुन ५, २०८१ सोमबार
वित्तीय सुशासन जोखिम मूल्यांकन : दोधारा चाँदनी नगरपालिका नतिजाविहीन
फागुन ५, २०८१ सोमबार
आज कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा वर्षाको सम्भावना
फागुन ५, २०८१ सोमबार
खाना पकाउने ग्यासबाट सल्किएको आगोले हलेसीका तीन घरमा क्षति
फागुन ५, २०८१ सोमबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
फागुन ५, २०८१ सोमबार
इजरायली हवाई आक्रमणमा गाजामा तीन प्रहरी अधिकारीको मृत्यु
फागुन ४, २०८१ आइतबार