ललिता निवासमा जग्गा हिनामिना प्रकरणमा औद्योगिक घराना शंकर समूह पनि संलग्न !
नेपालबहस संवाददाता
असार २५, २०८० सोमबार १७:४३:२४
२५ असार, विराटनगर । राजश्व छलि लगायतका विभिन्न गैरकानुनी कार्यमा संलग्न भएको आरोपमा पटक पटक कारबाहीमा पर्दै आएको औद्योगिक घराना शंकर समूहको पनि ललिता निवास जग्गा हिनामिना प्रकरणमा संलग्नता रहेको बताइएकाे छ । सीआईबी स्राेतका अनुसार शंकर समूहले पनि ललिता निवासको जग्गा खरिद गरेको खुलेको छ । यसअघि सारडा समूहको पनि ललिता निवास प्रकरणमा संलग्नता पाइएको थियो ।
ललिता निवास प्रकरणमा संलग्न रहेको पाइएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले सो समूहका अध्यक्ष शंकरलाल अग्रवाल,साहिल अग्रवाल र सुलभ अग्रवालसँग सोधपुछ गर्ने तयारी गरिरहेकाे बताइएकाे छ । प्रहरी स्रोतका अनुसार शंकर समूहका अध्यक्ष शंकरलाल अग्रवालसहितलाई संगठित अपराध अन्तर्गत कारबाही अगाडि बढाइने छ । प्रहरी स्रोतका अनुसार सारडा र शंकर समूहबाहेक पनि केही औद्योगिक घरानाको पनि यस प्रकरणमा संलग्नता रहेका आशंका गरिएको छ ।
सीआईबीले ललिता निवास जग्गा हिनामिना प्रकरणको फाइल खोलेर अनुसन्धान अगाडि बढाएपछि यति बेला उद्योगी व्यवसायीमा तरंग पनि फैलिएको छ । यस प्रकरणमा संलग्न व्यवसायीहरू पक्राउ पर्ने डरले धमाधम फरार पनि हुन थालेका छन् । उनीहरूले सस्तो मूल्यमा ललिता निवासले चर्चेको जग्गा खरिद गरी अन्यलाई बिक्री समेत गरेको खुलेको छ । प्रहरीले अनुसन्धान गर्ने भनेपछि सारडा समूहका अध्यक्ष शिवरतन सारडासहित पाँच जना यति बेला फरार नै भएका छन् ।
शंकर समूह त्यही समूह हो जसले राज्य संकटमा परेका बेलासमेत विभिन्न जालसाझी र राजश्व ठग्ने अपराध गरेको थियो । कोरोना संक्रमणबाट बच्न सरकारले चार्टर गरेर चीनबाट पठाएको विमानमा सेटिङ मिलाएर आफ्नो व्यक्तिगत सामान ल्याउन सफल भएका शंकर समूहका उपाध्यक्ष साहिल अग्रवालले ५ करोड लगानी गरेर २० हजार थान थर्मल गन नेपाल भित्र्याएका थिए । उनले सो समय भन्सारमा जम्मा १ हजार २ सय थानको मात्रै भन्सार बुझाएका थिए । अग्रवालको साथबाट प्रहरीले ६७ थान थर्मल गन पनि नियन्त्रणमा लिइएको थियो ।
यस्तै रमेश हमाललाई बोर्डको अध्यक्षमा नियुक्त गरेको एक महिनामै हमालसँग मिलेर बोर्ड सञ्चालक समितिबाट निर्णय गराएर इन्फोमेरिक्स क्रेडिट नेपाल लिमिटेडलाई ’क्रेडिट रेटिङ’ सेवा प्रदान गराउन सफल भएको आरोप लागेकाे थियाे । इन्फोमेरिक्स क्रेडिट नेपाल लिमिटेडमा व्यावसायिक घराना शंकर समूह अन्तर्गतका लगानीकर्ताको गैरकानुनी लगानी भएको दावी समाचार स्राेतकाे छ । हमालको नियुक्तिमा शंकर समूहका निर्देशक द्वय साहिल अग्रवाल र सुलभ अग्रवालको सहयोग रहेको आरोप लाग्दै आएकाे छ ।
यो समूह पटक पटक भन्सार प्रशासनलाई नै झुक्याएर कारोबार गरेको आरोपमा पटक पटक कारबाहीमा पनि पर्दै आएको छ । अहिले ललिता निवास जग्गा प्रकरणको अनुसन्धानमा पनि शंकर समूहका सदस्यहरू तानिने भएपछि निकै खैलाबैला मच्चिएको छ । सीआईबीको कारबाही रोक्न शंकर अग्रवाल यति बेला राजनीतिक दलको शरणमा पुगेको बताइएको छ । गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रलोभनमा पारेर कारवाहीबाट उम्कने प्रयास गरिरहेको बुझिएको छ।
शंकर समूका व्यक्तिको नाममा ललिता निवासमा कति जग्गा छ भन्ने प्रहरीले अनुसन्धान गरिरहेको बताएकाे छ । प्रहरी स्राेतका अनुसार ३९७ जनाको लिष्टमा उनीहरूको पनि नाम समावेश छ । उनीहरूले कतिमा कति जग्गा किनेका थिए भन्ने कुरा जान्नका लागि पनि सीआइबीले सोधपुछ गर्ने तयारी गरेको हो । ललिता निवासको चार नम्बरपछिको जग्गा उनीहरूले किनेको बुझिएको छ । पक्राउ पर्ने डरले शंकर समूहले उद्योग व्यवसायीका छाता संगठनहरुसँग पनि हारगुहार मागिरहेको दावी स्राेतकाे छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
कात्तिक २९, २०८१ बिहिबार
मिस फायरिङ भएको ‘केटु सिरिज’ का हतियार पुनः किन्ने तयारीमा सेना, अरबौंको खरिदमा करोडौं कमिशनको डिल !
कात्तिक २९, २०८१ बिहिबार
सर्वोच्चमा रास्वपाका २० सांसदसहित केही नेताविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता, मंसिर ३ मा पेसी
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
कात्तिक ३०, २०८१ शुक्रबार
मंसिरका लागि वाणिज्य बैंकहरुको निक्षेप र व्यक्तिगत मुद्दतीमा दिने अधिकतम औसत ब्याजदर घट्यो
कात्तिक ३०, २०८१ शुक्रबार
संघीय सरकारलाई महानगरको फोहोरमाथि राजनीति नगर्न मेयर बालेनको चेतावनी
कात्तिक ३०, २०८१ शुक्रबार
कास्कीबाट रुपन्देही लगिएका रवि लामिछानेसँग २३ घण्टा बयान लिइयो, ७४ प्रश्न सोधिए
कात्तिक ३०, २०८१ शुक्रबार
बाकुमा आयोजित जलवायुसम्बन्धी सम्मेलनमा सहभागी भएर नेपाल फर्किए राष्ट्रपति पौडेल
कात्तिक ३०, २०८१ शुक्रबार
दैलेखका किसानको ‘गुणे’ धानमा अधिक आकर्षण
कात्तिक ३०, २०८१ शुक्रबार