सञ्चार सचिव राउतको पक्राउपछि काम ठप्प पार्ने कर्मचारीहरूको चेतावनी
नेपालबहस संवाददाता
असार २५, २०८० सोमबार २१:५०:५७
२५ असार, काठमाडौं । सूचना तथा सञ्चार सचिव कृष्णबहादुर राउतको प्रकरणलाई लिएर निजामति कर्मचारी विभाजित भएको छ । एउटा पक्षले प्रहरीले पक्राउ गर्नु बेठीक रहेको भन्दै त्यसको बचाउमा उभिएको छ भने अर्को पक्ष ठीक बेठीक केही नभनी मौन बसेको छ ।
सोमबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा भेला भएका सचिवहरूबीच यसको विषयमा गम्भीर छलफल भएको थियो । त्यस सन्दर्भमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव डा. गणेशप्रसाद पाण्डे, सामान्य प्रशासन सचिव कृष्णहरि पुष्करले सञ्चार सचिव राउतलाई पक्राउ गर्नु बेठीक रहेको तर्क राखेका थिए ।
अन्य सहभागी सचिवहरूले भने कुनै प्रतिक्रिया दिएका थिएनन् । उनीहरूले कर्तव्य पालनाको सिलसिलामा जिम्मेवारी निर्वाह गरेवापत सजाय भोग्न र मुद्दा खेप्न नहुने भन्दै राउतको रिहाइको पहल गर्न मुख्यसचिवलाई आग्रह गरेका थिए । तर उनले त्यसलाई कुनै प्रतिक्रिया नदिई बसेपछि सचिवहरूले काम गर्न नै असजिलो हुने भन्दै काम रोक्न सकिने चेतावनी समेत दिएका थिए ।
उनीहरूले सोमबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पुगेर मुख्यसचिवलाई भेटेर सो धारणा राखेका थिए । उनीहरूले निजामती सेवा ऐनको दफा ५७ लाई टेकेर सचिव र कर्मचारीलाई समाप्त पार्न हतोत्साही गर्न नमिल्ने भनेर अदालतमा लेखि पठाउनु पर्ने तर्क राखेका थिए । सोमबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा भएको बैठकमा मुख्यसचिव बैकुण्ठ अर्याल, अर्थसचिव अर्जुनप्रसाद पोखरेल राजस्व सचिव डा. राम घिमिरे, कानुन सचिवसहित दर्जन बढी सचिव रहेका थिए । टेकनारायण पाण्डे पक्राउ पर्दा चुप लागेर बसेका सचिवहरू सञ्चार सचिव कृष्णबहादुर राउत पक्राउ परेपछि एकाएक उनको पक्षमा उभिएका थिए ।
निजामति कर्मचारी एनको दफा ५७ मा निजामति कर्मचारीले आफ्नो ओहदाको कर्तव्य पालना सम्झी कुनै पनि सरकारी कामको सम्बन्धमा निज उपर उपदफा '२' बमोजिमको रीत नपुर्याइ मुद्दा चल्न सक्ने छैन भन्ने उल्लेख छ । त्यसको दफा २ मा भनिएको छ– ‘उपदफा '१' बमोजिम कुनै पनि निजामति कर्मचारी उपर मुद्दा चलाउनका लागि फौजदारी मुद्दाको हकमा अख्तियारवालाको अनुमति प्राप्त भएको हुनुपर्नेछ र देवानी मुद्दाको हकमा देहाय बमोजिम हुनेछ, 'क' मुद्दा चलाउने कारण तथा वादीको र निजको वारेस भएमा त्यस्तो वारेसको नाम र ठेगाना खोली लिखित सूचना अख्तियारवालालाई वा सम्बन्धित निजामति कर्मचारीलाई बुझाएको वा हुलाकद्वारा रजिष्ट्ररी गरी पठाएको र त्यसको एकप्रति नक्कल नेपाल सरकारमा पेश भएको दुई महिना नाघेको 'ख' मुद्दा चलाउने कारण भएको आठ महिनाभित्र मुद्दा दायर गरिसकेको हुनुपर्ने’, उल्लेख छ ।
सो ऐनको दफालाई टेकेर उनीहरूले सचिव राउतको पक्षमा वकालत गर्न खोजेका हुन् । तर राउतलाई प्रहरीले अनुसन्धानका लागि अदालतबाट दुई दिनको अनुमति लिइसकेको छ । प्रहरीले उनीमाथि पनि संगठित अपराध ऐन अन्तर्गत नै अनुसन्धान गर्ने जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘समृद्धिको अनुभूति दिलाउने गरी सरकार क्रियाशील हुनुपर्छ’
पुष २६, २०८१ शुक्रबार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, यस्ता छन् ६ निर्णय
पुष २६, २०८१ शुक्रबार
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
पुष २६, २०८१ शुक्रबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
आँखा उपचार सेवामा योगदान पुर्याउने विभिन्न व्यक्ति सम्मनित
पुष २६, २०८१ शुक्रबार
चितवन महोत्सवमा काँचो केराका परिकार
पुष २६, २०८१ शुक्रबार
तिब्बतका भूकम्पपीडितलाई ३७ लाख सहयोग
पुष २६, २०८१ शुक्रबार
आगामी माघ २२ देखि कञ्चनपुरका २६ हजार किशोरीलाई ‘एचपीभी’ खोप लगाइने
पुष २६, २०८१ शुक्रबार
‘समृद्धिको अनुभूति दिलाउने गरी सरकार क्रियाशील हुनुपर्छ’
पुष २६, २०८१ शुक्रबार
कहिले सम्पन्न होला भक्तपुर–नगरकोट सडक ?
पुष २६, २०८१ शुक्रबार