बषौं पछि करिनासँगको अफेयरबारे शाहिदले अहिले मुख खोले
नेपालबहस संवाददाता
असार २६, २०८० मंगलबार ११:१:८
२६ असार, मुम्बइ । एक समय इन्डस्ट्रीमा शाहिद कपुर र करिना कपुरको अफेयरको चर्चा निकै हुने गर्दथ्यो । भनिन्छ, जब फिल्म ‘जब वी मेट’ आयो, तबसम्म दुबैको ब्रेकअप भइसकेको थियो । तर, आज हामी तपाईलाई शाहिद कपुर र करिनासँग जोडिएको एउटा यस्तो घटनाको बारेमा बताउन गइरहेका छौँ, जसले धेरै हेडलाइन बनाइयो । यो सम्पूर्ण मामिला सन् २००४ मा भाइरल भएको एउटा भिडियोसँग सम्बन्धित छ ।
लीक भएको यो भिडियोमा शाहिद कपुर र करिना कपुर लिप लक गरेको देखिएका छन् । भनिन्छ, सुरुमा शाहिदले आफू तस्विरमा नभएको बताएका थिए तर वर्षौंपछि दिएको एक अन्तर्वार्तामा अभिनेताले यो घटनाबारे खुलेर कुरा गरेका थिए ।
मिड डेलाई दिएको अन्तर्वार्तामा शाहिदले भनेका थिए, ‘त्यतिबेला म पूर्ण रूपमा टुटेको थिएँ, म २४ वर्षको थिएँ र मसँग गोपनीयता नभएको र त्यसलाई जोगाउन केही गर्न सकिनँ जस्तो लाग्यो । सबै धेरै अनौठो भएको थियो, मैले के सोचेको थिए, के भइदियो ।'
शाहिद थप भन्छन्, ‘त्यस उमेरमा यी सबैको सामना गर्नु निकै कष्टप्रद थियो, खासगरी जब तपाई आफैंले आफ्नो भावना बुझाउन सकस हुन्छ, त्योभन्दा माथि तपाईले सोचिरहनुभएको छ कि तपाईले डेट गरिरहनुभएको केटीसँग कसरी बस्ने ? यसले थप पिडा दिन्थ्यो किनभने पहिला म मान्छे हुँ र त्यसपछि मात्र अभिनेता हुँ ।'
मिडिया रिपोर्टका अनुसार शाहिदको एक पटक प्रियंका चोपडासँग पनि कथित अफेयर थियो। तर, शाहिदले २०१५ मा मीरा राजपूतसँग विवाह गरेका थिए । वर्कफ्रन्टको कुरा गर्दा शाहिद कपूर हालै फिल्म ‘ब्लडी डैडी’ मा देखिएका थिए । यसअघि शाहिद कपूर वेबसिरिज ‘फर्जी’ मा देखिएका थिए, जसमा अभिनेताको कामको निकै प्रशंसा भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपऐश्वर्या रायले आफ्नो नामबाट बच्चन उपनाम किन हटाइन् ?
मंसिर १४, २०८१ शुक्रबार
विवाहको ५ महिनापछि सोनाक्षी सिन्हाले खुलासा गरिन् ठूलो रहस्य
मंसिर १२, २०८१ बुधबार
'पुष्पा-२' का कलाकार माथि शारीरिक तथा आर्थिक शोषण आरोप
मंसिर १२, २०८१ बुधबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
परराष्ट्रमन्त्री राणा र चिनियाँ विदेशमन्त्री वाङ यीबीच द्विपक्षीय भेटवार्ता
मंसिर १४, २०८१ शुक्रबार
मुलुकको आर्थिक समृद्धि र राजनीतिक स्थायित्वका लागि वर्तमान सरकार : नेता डा कोइराला
मंसिर १४, २०८१ शुक्रबार
रौतहटमा खोलामा नुहाउन गएका दुई युवकको डुबेर मृत्यु
मंसिर १४, २०८१ शुक्रबार
मतगणनाको अद्यावधिक परिणाम आयोगको बेवसाइटमा हेर्न सकिने
मंसिर १४, २०८१ शुक्रबार
शुक्लाफाँटामा बाघ गणना सुरु
मंसिर १४, २०८१ शुक्रबार
‘जनकपुर बोल्ट्स’ को डेकोर पार्टनरमा नेपोभिट टायल्स
मंसिर १४, २०८१ शुक्रबार