कर्मचारीमाथि दुर्व्यवहार गर्नेलाई कारबाही गर्न प्रहरीले चासो नदेखाउँदा नपामा स्वास्थ्यसहित अत्यावश्यक सेवा ठप्प
नेपालबहस संवाददाता
असार २६, २०८० मंगलबार १२:९:५६
•इन्दीप कोइराला
२६ असार, बारा । पचरौता नगरपालिकामा मंगलबार देखि स्वास्थ्यसहितको अत्यावश्यक सेवा ठप्प हुने भएको छ । असार १० गते नगरपालिकाको कार्यालयमा भएको तोडफोड र कर्मचारीमाथि दुर्व्यवहार गर्ने व्यक्तिलाई कारबाही गर्न प्रहरीले चासो नदेखाएको भन्दै नगरपालिकाले सेवा बन्द गर्न लागेको हो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेशकुमार मिश्रले सोमबार विज्ञप्ति जारी गर्दै कार्यालयमा काम गर्ने वातावरण नभएका कारण सेवा बन्द गर्न लागिएको जनाएका छन् । मिश्रले नगरपालिकाको कार्यालयमा भएको घटनामा संलग्न व्यक्तिलाई कारबाही गर्न समेत माग गरेका छन् ।
नगरपालिकाको कार्यालयमा गत असार १० गते केही व्यक्तिहरूले कर्मचारी माथी दुर्व्यवहार गरेको र कम्प्युटर तथा प्रिन्टर तोडफोड गरेको मिश्रद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । उक्त घटनामा संलग्न व्यक्तिलाई कारबाही गर्न माग गर्दै प्रहरीमा उजुरी दिएपनि सुनुवाइ नभएको आरोप मिश्रको छ ।
कर्मचारीको मनोबल खस्किएको र आत्मसम्मानमा ठेस पुगेका कारण सेवा बन्द गरिन लागिएको मिश्रले जनाएका छन् । पचरौता नगरपालिकाका वडाअध्यक्ष लक्ष्मी यादवले घटनामा संलग्न व्यक्तिलाई कारबाही गर्नुपर्ने प्रहरी सोमबार दिउँसो उल्टै नगरपालिकाको कार्यालयमा पुगेर कर्मचारीलाई अनावश्यक सोधपुछ र धम्क्याउने काम गरेपछि दैनिक प्रवाह हुने सेवा रोक्न बाध्य भएको बताएका छन् ।
‘कार्यालयमा प्रवेश गरेर केही व्यक्तिले कम्प्युटर, प्रिन्टर तोडफोड गर्दा समेत प्रहरीले कारबाही गर्न चासो देखाउँदैन’ वडाध्यक्ष यादवले भने ‘उल्टै प्रहरी पठाएर कर्मचारीलाई तर्साउने काम गरेको छ । यस्तो अवस्थामा काम गर्न नसक्ने निष्कर्षमा कर्मचारी पुगेपछि सेवा बन्द गरिएको हो । ’
यता बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले नगरपालिकाको कार्यालयमा कर्मचारीमाथि दुर्व्यवहार र तोडफोड भएको घटनाको विषयमा आफूलाई कुनै जानकारी नआएको बताएका छन् । सरकारी सम्पति तोडफोड गर्न कसैलाई छुट नभएको भन्दै प्रहरी उपरीक्षक बोगटीले त्यस्ता घटनामा संलग्न व्यक्तिलाई कारबाही गर्न प्रहरी पछि नहट्ने बताए ।
प्रहरी उपरीक्षक बोगटीले एक कार्यक्रममा सहभागी हुने क्रममा प्रहरी नगरपालिकाको कार्यालय पुगेको तर विज्ञप्तिमा उल्लेख भएजस्तो कर्मचारीमाथि धाक धम्की नदिएको बताए ।
‘कुनै कार्यक्रममा सहभागी हुने क्रममा नगरपालिकाको कार्यालयमा प्रहरी पुगेको भन्ने जानकारी मैले पाए’ बोगटीले भने ‘तर त्यहाँ कर्मचारीलाई धम्क्याउने काम प्रहरीले गरेको छैन ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदशैं, तिहार र छठमा ५ करोडको फूल किनबेच
कात्तिक २६, २०८१ सोमबार
छठ पर्वको मुख्य दिन आज, अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ दिइँदै
कात्तिक २२, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
आजबाट खुलेको धरहरा चढ्न सर्वसाधारणको भीड
मंसिर ९, २०८१ आइतबार
काठमाडौंको ‘शान्तिधाम’मा आन्तरिक र बाह्य पर्यटक बढ्दै
मंसिर ९, २०८१ आइतबार
चित्रलेखा यादव अस्ट्रेलियाको राजदूतमा नियुक्त
मंसिर ९, २०८१ आइतबार
पाकिस्तानमा तीन दिनमा ८२ जनाको मृत्यु
मंसिर ९, २०८१ आइतबार
चितवन राष्ट्रिय निकुञ्जमा आउने पर्यटक घटे
मंसिर ९, २०८१ आइतबार