बैंकिङ प्रणालीमा ४ खर्बभन्दा बढी लगानीयोग्य रकम जम्मा, रिपोमार्फत २० अर्ब खिच्दै राष्ट्र बैंक
नेपालबहस संवाददाता
असार २६, २०८० मंगलबार १२:१६:४६
२६ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकले अधिक तरलता जम्मा भएको भन्दै २० अर्ब रूपैयाँ खिच्ने भएको छ । बैंकिङ प्रणालीमा लगानी योग्य रकम बढी भएकाले राष्ट्र बैंकले बजारबाट २० अर्ब रूपैयाँ खिच्ने भएको हो । राष्ट्र बैंकले रिभर्स रिपोमार्फत २० अर्ब रूपैयाँ बैंकिङ प्रणालीबाट खिच्न लागेको जनाएको छ ।
एक सूचना जारी गर्दै राष्ट्र बैंकले साउन ९ गतेसम्मका लागि १४ दिने अवधिको बोलकबोलमार्फत २० अर्ब खिच्न लागेको जनाएको छ । आर्थिक वर्षको अन्त्यमा सरकारी खर्च धेरै भएको र त्यो रकम बैंकमा आएपछि वित्तीय प्रणालीमा धेरै पैसा थुप्रिएको राष्ट्र बैंकको भनाइ छ ।
यही असारमा राष्ट्र बैंकले तीन पटक रिभर्स रिपोमार्फत बजारबाट रूपैयाँ बजारबाट झिकिसकेको छ । २०७९ माघ १२ गते ५ अर्ब रूपैयाँ तानेपछि असारमा मात्रै बैंकिङ प्रणालीबाट पैसा खिच्न थालेको हो । बैंकिङ प्रणालीमा हाल करिब ४ खर्बभन्दा बढी लगानीयोग्य रकम थुप्रिएको छ ।
बैंकिङ प्रणालीमा पैसा थुप्रिएपछि अन्तर बैंक दर, ट्रेजरी बिलको दर पनि घट्दै गएको छ । खासगरी अन्तर बैंक ब्याजदर साढे ५ प्रतिशतभन्दा तल झरेपछि राष्ट्र बैंकले रिभर्स रिपो जारी गर्न लागेको हो । सोमबारसम्म अन्तर बैंक ब्याजदर १.०९ प्रतिशत छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
पुष ४, २०८१ बिहिबार
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता, के–के विषयमा भयो छलफल ?
पुष ४, २०८१ बिहिबार
जुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
पुष ४, २०८१ बिहिबार
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
पुष ४, २०८१ बिहिबार
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौं : सञ्चारमन्त्री गुरुङ
पुष ४, २०८१ बिहिबार
धापासीस्थित एक घरमा भीषण आगलागी
पुष ४, २०८१ बिहिबार