देशका विभिन्न ठाउँबाट लागुऔषधसहित १९ जना पक्राउ
नेपालबहस संवाददाता
असार २६, २०८० मंगलबार १४:५८:२१
२६ असार, काठमाडौं । देशका विभिन्न स्थानबाट १९ जना लागुऔषधसहित पक्राउ परेका छन् । काठमाडौंको चन्द्रागिरी नगरपालिका–१४ नैकापबाट नियन्त्रित लागूऔषध नाईट्राभेट २ सय ६८ ट्याब्लेटसहित रामेछाप दोरम्बा गाउँपालिका–७ घर भई हाल काठमाडौं न्यूरोड बस्ने २१ वर्षीय सुनिल तामाङ समेत चारजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागुऔषधसहित पक्राउ गरेको हो ।
सिन्धुलीको कमलामाई नगरपालिका–९ भिमानबाट अवैध लागुऔषध गाँजा करिब १ सय ५५ केजी र नगद २ लाख रूपैयाँसहित मकवानपुर कैलाश गाउँपालिका–१० बस्ने ३२ वर्षीय रामसिंह मोक्तानलाई प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय भिमानबाट खटिएको प्रहरीले काठमाडौंबाट महोत्तरीतर्फ जाँदै गरेको बा.२० च ९८३ नम्बरको गाडीलाई जाँच गर्ने क्रममा गाडीको पछाडी ढालाको तल सेफ बनाई लुकाई छिपाई ल्याएको उक्त परिमाणको गाँजा फेला पारी गाडीका चालक मोक्तानलाई पक्राउ गरेको हो ।
सुनसरीको धरान उपमहानगरपालिका–३ कैलाशपथबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १४ ग्राम र नगद १ लाख ९६ हजार ५ सय रूपैयाँसहित सोही ठाउँ बस्ने भारत सुपौल घर भएका २७ वर्षीय हिमाल चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध र नगदसहित पक्राउ गरेको हो ।
कैलालीको टिकापुर नगरपालिका–१ ब्लक नम्बर ६ स्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ४ सय मिलिग्रामसहित टीकापुर नगरपालिका–१ ब्लक नम्बर ७ बस्ने २६ वर्षीय शंकर खत्रीलाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
झापाको मेचिनगर नगरपालिका–१३ चारआली चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ ग्राम ५ सय मिलिग्रामसहित पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बिर्तामोड नगरपालिका–१ बस्ने २० वर्षीय बिशाल दमाई, २१ वर्षीय गणेश राजवंशी, अर्जुनधारा नगरपालिका बस्ने २७ वर्षीय निकाश अधिकारी, मेचिनगर नगरपालिका–७ बस्ने १७ वर्षीय किशोर र सोही नगरपालिका–६ बस्ने ५५ वर्षीय डम्बर बहादुर तामाङ रहेका छन् । प्रहरी चौकी चारआलिबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
झापाकै मेचिनगर नगरपालिका–१३ फुलबारी टोल बस्ने २५ वर्षीय तुलसी राजवंशीलाई अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय ५० मिलिग्रामसहित प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण व्यूरो काकडभिट्टा र प्रहरी चौकी चारआलिबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
बाँकेको नेपालगंज उपमहानगरपालिका–११ बिपिचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ५ ग्राम ५ सय मिलिग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका–१६ जयसपुर बस्ने २० वर्षीय शाहिल आलम जसगढ र सोही ठाउँ बस्ने १८ वर्षीय किशोर रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंजबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
बाँकेकै नेपालगंज उपमहानगरपालिका–१५ जमुनाहबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम ५ सय मिलिग्रामसहित कोहलपुर नगरपालिका–४ बस्ने १९ वर्षीय प्रकाश परियारलाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
रौतहटको गौर नगरपालिका–२ महादेवपट्टीबाट नियन्त्रित लागूऔषध डाईजेपाम ३ सय एम्पुल, फेनारगन ३ सय एम्पुल र नोर्फिन ३ सय एम्पुलसहित गौर नगरपालिका–१ बस्ने १२ वर्षीय बालकलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरी भन्सार सुरक्षा गार्ड र सशस्त्र प्रहरी बलबाट खटिएको संयुक्त टोलीले भारतबाट साईकलमा आउँदै गरेका उनलाई उक्त लागुऔषधसहित पक्राउ गरेको हो ।
कञ्चनपुरको पुनर्वास नगरपालिका–११ डोकेबजारबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ३ सय ९० मिलिग्रामसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत लखिमपुर खिरी थाना गौरीफन्टा ग्राम वनगाँउ बस्ने २० वर्षीय राज राना र २१ वर्षीय आकाश राना रहेका छन् । ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरीले राज रानालाई २ सय १० मिलिग्राम र आकाश रानालाई १ सय ८० मिलिग्रामसहित पक्राउ गरेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतमा बंगलादेश सांसदको हत्याका आरोपी काठमाडौंमा पक्राउ
जेठ २०, २०८१ आइतबार
बर्दियामा जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ
जेठ १८, २०८१ शुक्रबार
अनलाईन मार्फत ठगी गरेको अभियोगमा एक जना पक्राउ
जेठ १८, २०८१ शुक्रबार
दरबार हत्याकाण्ड: जमिम शाहले भने, ‘आज ठूलै घटना भएको छ, पत्रिका प्रेसमा नपठाउनु’
जेठ १९, २०८१ शनिबार
किसानलाई आत्मनिरर्भर बनाउन निःशुल्क धानको बीउ वितरण
जेठ १९, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ २०, २०८१ आइतबार
अमेरिकामा राष्ट्रपतिको चुनाव जेलबाट लड्न मिल्छ ?
जेठ २०, २०८१ आइतबार
पुतलीबजारलाई सबैभन्दा धेरै बजेट, भीरकोटलाई सबैभन्दा कम विनियोजन
जेठ २०, २०८१ आइतबार
भारतमा बंगलादेश सांसदको हत्याका आरोपी काठमाडौंमा पक्राउ
जेठ २०, २०८१ आइतबार
मानवरहित चिनियाँ अन्तरिक्ष यान चन्द्रमामा अवतरण
जेठ २०, २०८१ आइतबार
बलिउड फिल्म बोर्डरको सिक्वेल बन्दै, सनी देओलसँगै आयुष्मान पनि मुख्य भूमिकामा
जेठ २०, २०८१ आइतबार
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?
जेठ २०, २०८१ आइतबार