१०५ किलो लागुऔषध गाँजा बरामद
नेपालबहस संवाददाता
असार २६, २०८० मंगलबार १५:२४:३२
२६ असार, बारा । जिल्ला प्रहरी कार्यालय बाराले ठूलो परिमाणमा ट्रकबाट अवैध लागुऔषध गाजा बरामद गरेको छ । बरामद गरिएको गाँजासहितको ट्रक प्रहरीले नियन्त्रणमा लिएको हो ।
मंगलबार बिहान करिब ७ बजे प्रहरीलाई सो ट्रकमा लागुऔषध गाँजा लुकाई ओसारपसार भइरहेको जानकारी प्रहरीलाई आएको थियो र प्रहरी सो ट्रकको खोजतलास गर्ने क्रममा चालक तथा सहचालक फरार रहेको एक ट्रक पल्टिएको खबर प्राप्त भए पश्चात प्रहरी घटनास्थलमा पुगेको थियो ।
एक सय पाँच किलो अवैध लागु औषध गाँजासहित जीतपुरसिमरा उपमहानगरपालिका २२ पुर्ब पश्चिम लोक राजमार्ग सडक खण्डको चुरिया माई मन्दिर नजिक सडकको पूर्व साईडको नालामा ना १ क ३२०५ न.को पल्टिएको ट्रक चोक जाँच गर्दा सामान लोड गर्ने पछाडिको भागमा फल्स डब्बाभित्र प्लास्टिकको ५ वटा बोरामा लुकाई छिपाई राखेको अवस्थामा लागुऔषध गाँजा बरामद गरिएको हो ।
ट्रकलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय सिमरामा ल्याई राखिएको र ट्रक चालक लगायत उक्त घटनामा संलग्न रहेका व्यक्तिहरुको खोत तलास लगायतको अनुसन्धान कार्य भई रहेको प्रहरीले जानकारी दिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाइबर अपराधको आरोपमा एक महिला पक्राउ
कात्तिक २९, २०८१ बिहिबार
गरगहना चोरीमा संलग्न रहेको अभियोगमा भक्तपुरबाट एक जना पक्राउ
कात्तिक २९, २०८१ बिहिबार
करिब २२ किलो अवैध लागूऔषध चरेशसहित तीन जना पक्राउ
कात्तिक २९, २०८१ बिहिबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
कात्तिक २९, २०८१ बिहिबार
मिस फायरिङ भएको ‘केटु सिरिज’ का हतियार पुनः किन्ने तयारीमा सेना, अरबौंको खरिदमा करोडौं कमिशनको डिल !
कात्तिक २९, २०८१ बिहिबार
सर्वोच्चमा रास्वपाका २० सांसदसहित केही नेताविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता, मंसिर ३ मा पेसी
कात्तिक २९, २०८१ बिहिबार
दार्चुलामा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु, अन्य ६ घाइतेको अवस्था गम्भीर
कात्तिक ३०, २०८१ शुक्रबार
पहाडी भागमा मौसम सफा रहने, तराईमा बाक्लो हुस्सु
कात्तिक ३०, २०८१ शुक्रबार
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
कात्तिक ३०, २०८१ शुक्रबार
साइबर अपराधको आरोपमा एक महिला पक्राउ
कात्तिक २९, २०८१ बिहिबार
कोप–२९ मा कसलाई के तिर्न भनिएको छ ?
कात्तिक २९, २०८१ बिहिबार
कोप–२९ मा सहभागी भएर फर्किएका राष्ट्रपति पौडेल दोहामा
कात्तिक २९, २०८१ बिहिबार