वित्तीय क्षेत्रको अधिक तरलता व्यस्थापन गर्ने गरी नेपाल राष्ट्र बैंकले मौद्रिक नीति ल्याउनुपर्छः अर्थमन्त्री
नेपालबहस संवाददाता
असार २६, २०८० मंगलबार १७:४२:१२
२६ असार, काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले बैंक जम्मा भएको अधिक तरलता मौद्रिक नीतिले व्यवस्थापन गर्नुपर्ने बताएका छन् । उनले बैंकसँग तरलता भए पनि पूँजी प्रवाह नभएको अवस्थालाई यसले सम्बोधन मौद्रिक नीतिले गर्नु पर्ने बताएका छन् । उनले बैंकिङ क्षेत्रले उत्पादनशील क्षेत्रमा लगानी गरेन, अनुत्पादक क्षेत्रमा धेरै लगानी भयो भन्ने परिपेक्ष्यमा वित्तीय क्षेत्र र राष्ट्र बैंकले त्यसतर्फ पनि ध्यान दिनेछ भन्ने विश्वास लिएको बताए ।
वित्तीय क्षेत्रमा स्वस्थ प्रतिस्पर्धा आवश्यक रहेको बताएका छन् । वित्तीय संस्थाले सुविधा मात्र नखोजी जिम्मेवारीप्रति कर्तव्यनिष्ठ र स्वनियमनमा बस्न सके अर्थतन्त्र समेत स्वस्थ प्रतिस्पर्धाको बाटोमा जाने उनको भनाइ छ ।
मंगलबार नेपाल वित्तीय संस्था कर्मचारी संघ राष्ट्रिय समितिले आयोजना गरेको नेपालको वित्तीय क्षेत्रका चुनौती, समाधानका उपाय तथा भावी कार्यदिशा विषयक सामाजिक सम्वाद कार्यक्रममा बोल्दै अर्थमन्त्री महतले वित्तीय संघसंस्थाले सुविधा मात्र गुनासो नगरी जिम्मेवारीप्रति कर्तव्यनिष्ठ र आफूलाई नियमन गर्न सक्यो भने देशको अर्थतन्त्र स्वस्थ प्रतिस्पर्धाको बाटोमा अघि बढ्ने बताए ।
अर्थमन्त्रीले आफ्नो हितका लागि मात्र संघसंस्था बनेका नभइ जिम्मेवार र कर्तव्यनिष्ठ बने यसले सकरात्मक नतिजा दिने बताए । उनले बैंकर्स संघलगायतका संगठनले मासिक रुपमा निक्षेपको ब्याज दर मिलेमतोमा निर्धारण गरेको प्रति विरोध जनाए । वित्तीय संस्थालाई प्रतिस्पर्धी बनाउनै पर्नेमा मन्त्री डा. महतको जोड थियो ।
उनले ब्याजदर लगायत अन्य विषयमा मिलोमतोमा निर्धारण हुन थाल्यो भने ढिलोचाँडो त्यसले समस्या सिर्जना गर्छ भन्दै वित्तीय क्षेत्रमा स्वस्थ्य प्रतिस्पर्धा एकदमै जरुरी रहेको बताए । २०४६ सालपछि वित्तीय क्षेत्र व्यापक रुपमा विस्तार भएको भन्दै उनले भने ‘बैंकिङ क्षेत्रमा अहिले निजी क्षेत्रको ठूलो उपस्थिति छ। यसबाहेक विभिन्न वित्तीय संस्थाहरु आएको बताए ।
निजी क्षेत्रको बैंकहरु पनि निक्षेपकर्ताको सुरक्षा के हुने हो भन्ने हाहाकारको अवस्था आउँदा पनि त्यसलाई तुरुन्तै पुनर्स्थापना गर्न आत्मविश्वास भएको अवस्था भएकाले नेपालको वित्तीय क्षेत्रलाई नमूनाको रुपमा अगाडि बढाउन जरुरी रहेको मन्त्री डा. महतको भनाइ थियो । भने, ‘आफ्नो हितका लागि मात्र संघसंस्था बनेका होइनन्, हाम्रा सदस्यलाई जिम्मेवार र कर्तव्यनिष्ठ बनाउन हो भनेर संघसंस्था लाग्यो भने यसले सकारात्मक नतिजा दिन्छ ।’
वित्तीय संस्थालाई प्रतिस्पर्धी बनाउनु पर्नेमा मन्त्री डा. महतको जोड थियो । उनले भने, ‘ब्याजदर लगायत अन्य विषयमा मिलोमतोमा निर्धारण हुन थाल्यो भने ढिलो चाँडो त्यसले समस्या सिर्जना गर्छ । वित्तीय क्षेत्रमा स्वस्थ्य प्रतिस्पर्धा जरुरी छ ।’
मौद्रिक नीति खुकुलो गर्दा मूल्यवृद्धिमा समस्या हुन्छ कि भन्ने राष्ट्र बैंकको चिन्ता रहेको भन्दै उनले पछिल्लो सूचकांकले मौद्रिक नीति खुकुलो बनाउन सहयोग गर्ने समेत बताए । मूल्यवृद्धि नियन्त्रण गर्ने मात्र मौद्रिक नीतिको लक्ष्य होइन, समग्र अर्थतन्त्रको स्थायित्व र वृद्धि गराउने पनि लक्ष्य भएको बताए । अहिले नेपालमा बैंकर्स र उद्योगी एउटै व्यक्ति हुने प्रवृत्ति तर्फ बोल्दै उनले संसारमा यस्तो नहुने बताए ।
आफ्नै बैंकमा जम्मा भएको पूँजी आफ्नै उद्योगमा लगानी गर्ने परिस्थिति नेपालमा रहेको भन्दै उनले आगामी दिनमा त्यसलाई ध्यानमा राखेर लगानीको संरचनालाई परिवर्तन गर्नुपर्ने बताए । उनले अहिले लघुवित्त र सहकारीका क्षेत्रमा केही समस्या देखिएको भन्दै अहिले प्रस्तावित बजेटमा सहकारीलाई नियमन घेराभित्र ल्याउने निकायको स्थापना गर्ने प्रस्ताव गरिएको बताए ।
उनले कतिपय वित्तीय संस्था निक्षेपकर्ताको काबु बाहिर गएको भन्दै यस बारेमा राष्ट्र बैंकले उचित निर्णय लिनेछ भन्ने लागेको बताए । मौद्रिक नीति खुकुलो गर्दा मूल्यवृद्धिमा समस्या हुन्छ कि भन्ने राष्ट्र बैंकको चिन्ता रहेको उल्लेख गर्दै उनले भने ‘तर पछिल्लो सूचांकले मौद्रिक नीति खुकुलो बनाउन सहयोग गर्छ भन्ने मलाई लागेको छ। मूल्यवृद्धि नियन्त्रण गर्ने मात्र मौद्रिक नीतिको लक्ष्य होइन, समग्र अर्थतन्त्रको स्थायित्व र वृद्धि गराउने पनि लक्ष्य हो ।’
बैंकर्स र उद्योग एउटै व्यक्ति हुने नेपालको वास्तविकता भन्दै उनले यस्तो कुरा सामान्यतः अरु देशमा नहुने बताए । ‘आफ्नै बैंकमा जम्मा भएको पूँजी आफ्नै उद्योगमा लगानी गर्ने परिस्थिति हामीकहाँ छ’ मन्त्री महतले भने, ‘आउँदा दिनमा त्यसलाई ध्यानमा राखेर लगानीको संरचनालाई परिवर्तन गरेर मध्यम र साना लगानीकर्तामा पूँजी प्रवाह गर्नेछन् भन्ने मलाई लागेको छ ।’ बैंकिङ क्षेत्रले पनि आफ्नो तहबाट त्यहाँभित्र रहेको समस्याहरू समाधानको बाटो खोज्नुपर्छ, ठूला लगानीकर्तामा मात्रै पूँजी प्रवाह गर्ने, मध्यम र साना लगानीकर्ताहरु पूँजी प्रवाह नगर्ने प्रवृत्ति अन्त्य हुनुपर्छ’ उनले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअमेरिकी डलर र युरोको भाउ बढ्यो
कात्तिक २३, २०८१ शुक्रबार
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर
कात्तिक २२, २०८१ बिहिबार
२१ दिनका लागि बजारबाट १ खर्ब झिक्दै राष्ट्र बैंक
कात्तिक २१, २०८१ बुधबार
स्याङ्जाकै उत्कृष्ट कृषि सहकारी
नेपालबहस संवाददाता
कात्तिक २१, २०८१ बुधबार
दीपक मनाङेलाई चाँडै पक्राउ गर्ने प्रहरीको तयारी
नेपालबहस संवाददाता
कात्तिक २२, २०८१ बिहिबार
दीपक मनाङेलाई चाँडै पक्राउ गर्ने प्रहरीको तयारी
कात्तिक २२, २०८१ बिहिबार
राम्रो काम नगरेपछि अढाई वर्षका लागि कालोसूचीमा पर्यो उर्जा राज्यमन्त्री कान्छारामको कन्सट्रक्सन
कात्तिक २३, २०८१ शुक्रबार
गण्डकीको फैसलालाई लिएर कांग्रेस सांसद ढुंगानाले समिति मै न्यायाधीश मल्लमाथि पोखे आक्रोश
कात्तिक २३, २०८१ शुक्रबार
क्षतिग्रस्त विपी राजमार्ग पुनःनिर्माणबारे जाइकाद्वारा निरीक्षण
कात्तिक २३, २०८१ शुक्रबार
विमानस्थल मर्मतका कारण उत्पन्न समस्याको समाधान खोज्न परराष्ट्रमन्त्रीको आग्रह
कात्तिक २३, २०८१ शुक्रबार
टिकटक, नेटफ्लिक्ससहित २० अन्तर्राष्ट्रिय कम्पनी विद्युतीय सेवा करमा दर्ता
कात्तिक २३, २०८१ शुक्रबार
झापामा जुवातास खेलिरहेका १८ जना पक्राउ
कात्तिक २३, २०८१ शुक्रबार
कैलालीबाट लागूऔषधसहित चार जना पक्राउ
कात्तिक २३, २०८१ शुक्रबार
दैलेखबाट सुर्खेत आउँदै गरेको गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु, २५ भन्दा बढी घाइते
कात्तिक २३, २०८१ शुक्रबार