सरकारी जग्गामा भ्रष्टाचारसँग जोडिएका कसैलाई पनि उन्मुक्ति दिनु हुँदैन : नेपाल
नेपालबहस संवाददाता
असार २६, २०८० मंगलबार १८:४:९
२६ असार, रामपुर 'पाल्पा' । पूर्वप्रधानमन्त्री तथा नेकपा 'एकीकृत समाजवादी' पार्टीका अध्यक्ष माधवकुमार नेपालले सरकारी जग्गामा अनियमितता गर्ने छानबिन गरिनुपर्ने बताएका छन् ।
नेपाल पत्रकार महासङ्घ पाल्पा शाखाले यहाँ आयोजना गरेको पत्रकार भेटघाटमा पूर्वप्रधानमन्त्री नेपालले ललिता निवास जग्गा प्रकरणलगायत सरकारी जग्गामा भ्रष्टाचारसँग जोडिएका कसैलाई पनि उन्मुक्ति दिन नहुने स्पष्ट पारे ।
ललिता निवास जग्गा प्रकरणमा जोसुकै दोषी देखिए पनि कारबाही हुनुपर्ने बताउदै उनले आफूलगायत पूर्वप्रधानमन्त्री धेरैको नाम जोडिएकाले सत्य तथ्य छानबिन गरी बाहिर ल्याउनुपर्ने बताए।
आफू प्रधानमन्त्री हुँदा सरकारी तथा अन्य जग्गा कानुनसम्मत छुट्याएर अगाडि बढाउनु भन्ने निर्णय भएको उनको भनाइ थियो । सरकारी जग्गा हिनामिना प्रकरणमा जसले कसुर गरेको छ, उसले दण्ड पाउनुपर्ने उनको भनाइ छ ।
भ्रष्टाचारमा जोडिएका दोषी कोही पनि उम्कनु नहुने भन्दै उनले जग्गा अनियमितता र भ्रष्टाचारका विषयमा आफ्नो पार्टीले सरकारलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
पूर्वप्रधानमन्त्री नेपालले वर्तमान सरकार पाँच वर्षसम्म बलियो भएर अघि बढ्ने समेत दाबी गरे । उनले वर्तमान सरकारलाई टिकाइ राख्नका लागि गठबन्धन दलभित्र छलफल चलिरहेको समेत बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
महन्थ ठाकुरले ८ जनालाई लोसपाको केन्द्रीय सदस्य बनाए
पुष ३, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति
पुष २, २०८१ मंगलबार
३ करोड २१ लाख अवैध सम्पत्ति आर्जनको अभियोग लागेका कार्कीलाई विशेषले दियो सफाइ
पुष २, २०८१ मंगलबार
जनकपुरलाई ८ विकेटले पराजित गर्दै एनपीएलको फाइनलमा पुग्यो सुदूरपश्चिम रोयल्स
पुष ३, २०८१ बुधबार
चन्द्रनिगाहपुर अस्पताललाई विभिन्न उपकरण हस्तान्तरण
पुष ३, २०८१ बुधबार
शर्मा भारत र तिम्सिना मलेसियाको राजदूतमा नियुक्त
पुष ३, २०८१ बुधबार
५ अंकले घटेर २६२८ मा बन्द भयो नेप्से, ४ अर्ब २७ करोडका शेयर किनबेच भए
पुष ३, २०८१ बुधबार
स्वास्थ्य विज्ञान प्रतिष्ठान मधेसमा एमबीबीएस अध्यापन सुरु
पुष ३, २०८१ बुधबार