विभिन्न स्थानबाट लागुऔषधसहित सात जना पक्राउ
नेपालबहस संवाददाता
असार २७, २०८० बुधबार १५:४१:५
२७ असार, काठमाडौं । देशका विभिन्न स्थानबाट लागूऔषधसहित सात जना पक्राउ परेका छन् । सुर्खेतको वीन्द्रनगर नगरपालिका-१२ हरियाली टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय ८० मिलिग्रामसहित सोही टोल बस्ने जुम्ला चन्दननाथ नगरपालिका-६ घर भएकी २२ वर्षीया राधिका बुढालाई प्रहरीले पक्राउ गरेको छ । हरियाली टोलमा लागूऔषध कारोबार भइरहेको भन्ने खबर प्राप्त हुनासाथ कर्णाली प्रदेश प्रहरी कार्यालय लागुऔषध नियन्त्रण ब्युरो सुर्खेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
धनकुटाको धनकुटा नगरपालिका-१ हिले बजारबाट अवैध लागूऔषध खैरो हिरोइन जस्तो देखिने पदार्थ करिब ६ सय ४० मिलिग्रामसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा छथरजोरपाटी गाउँपालिका-२ गुराशे बस्ने २० वर्षीय मिङमा शेर्पा र धनकुटा नगरपालिका-१ बस्ने २८ वर्षीय रुबिन राई रहेका छन् । प्रहरी चौकी हिलेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
मोरङको पथरीशनिश्चरे नगरपालिका-१० पशुपतीनगर डेरा गरी बस्ने मिग्लाजुङ गाउँपालिका-३ घर भएका २५ वर्षीय दिलीप थापालाई नियन्त्रित लागूऔषध स्पास्पेन ३ सय १० चक्की, ट्रामाडोल २ सय चक्कीसहित इलाका प्रहरी कार्यालय पथरीमाबाट खटिएको प्रहरीले उनकै कोठाबाट पक्राउ गरेको छ ।
झापाको दमक नगरपालिका-४ चियादोकानस्थित डम्बर ग्यारेजबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय मिलिग्रामसहित सोही नगरपालिका(७ बस्ने २९ वर्षीय कुशल राईलाई प्रहरीले पक्राउ गरेको छ । ग्यारेजमा मर्मतको लागि राखिएको को.१ ख ७८१६ नम्बरको गाडीमा लागुऔषध बेचविखन गरिरहेको भन्ने खबर प्राप्त हुनसाथ इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले गाडीमा सवार उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो । साथै बेचविखनमा संलग्न हाल फरार अन्य १ जनाको प्रहरीले खोजी गरिरहेको छ ।
झापाकै दमक नगरपालिका-२ घर भई सोही नगरपालिका-८ डेरा गरी बस्ने २७ वर्षीय तिलकराम खवासको कोठाबाट ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम, डिजिटल तौल मेसिन १ थान र ९ हजार रूपैयाँसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने १९ वर्षीय दिपक साह र सोही नगरपालिका-२ बस्ने २२ वर्षीय रेशम गौतम रहेका छन् । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले खवासको कोठा तलासी गर्ने क्रममा बच्चालाई प्रयोग गरिने डाईफरभित्र लुकाई राखेको अवस्थामा उक्त पदार्थ समेतका सामानसहित उनीहरूलाई पक्राउ गरेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाबुछोराको हत्या आशंकामा अनुसन्धान तीव्र
पुष ८, २०८१ सोमबार
एनपिएल फाइनलमा अभद्र व्यवहार गर्ने डोटीका दुई युवक पक्राउ
पुष ८, २०८१ सोमबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
भारतीय कारको ठक्करबाट स्कुटर चालकको मृत्यु
पुष ८, २०८१ सोमबार
बाबुछोराको हत्या आशंकामा अनुसन्धान तीव्र
पुष ८, २०८१ सोमबार
सीपमूलक तालिममा सहभागी राउटे युवती
पुष ८, २०८१ सोमबार
परराष्ट्रमन्त्री डा राणा स्वदेश फिर्ता
पुष ८, २०८१ सोमबार
बंगलादेशमा हसिनाको परिवारमाथि ५ अर्ब डलरको भ्रष्टाचार अनुसन्धान सुरु
पुष ८, २०८१ सोमबार