शेयरबजार २५.३१ अंकले बढ्यो, ८ कम्पनी सकारात्मक सर्किट
नेपालबहस संवाददाता
असार २७, २०८० बुधबार १५:४९:७
२७ असार, काठमाडौं । केही दिनको साइडवेज प्रवृत्तिपछि नेप्सेले बुधबार फेरि गति लिएको छ । यस दिन नेप्से सूचक २५.३१ विन्दुले बढेर २०९७.५५ अंकमा आएको छ । ३ अर्ब १८ करोड रूपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ । ८ कम्पनी सकारात्मक सर्किट लेवलमा कारोबार भएका छन् । बुधबार हाइड्रोपावर समूहमा सबैभन्दा धेरै वृद्धि भएको छ ।
असार मसान्तको प्रभावका कारण बजार यसअघि केही दिन सुस्त र सामान्य रहेको थियो । तर, बुधबारबाट फेरि गति लिने संकेत देखिएको छ । असार मसान्त नजिकिंदै गर्दा बैंकिङ प्रणालीमा अधिक तरलताको अवस्था छ । अधिक तरलताकै कारण अन्तर बैंक ब्याजदर एक प्रतिशतकै लाइनमा आइसकेको छ ।
यस्तै, सीडी रेसियो पनि ८२ प्रतिशत हाराहारीमा झरिसकेको छ । यसको अर्थ वित्तीय प्रणालीमा तरलता निकै सहज भएको छ । यस दिन २८९ कम्पनीको ८५ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । झन्डै ३४ करोड रुपैयाँसहित कारोबारको शीर्ष स्थानमा शिवम् सिमेन्ट्स रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः हिमालयन लाइफ इन्स्योरेन्स र सोल्टी होटल परेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप४ अंकले बढेको बजारमा ५ अर्ब ३३ करोडका शेयर किनबेच भए, अधिकांश कम्पनीको मूल्य घट्यो
पुष ११, २०८१ बिहिबार
धितोपत्रको नयाँ लाइसेन्स वितरणमा प्रधानमन्त्रीको रुची, सेटिङमा विचौलिया !
पुष ९, २०८१ मंगलबार
१४ अंकले बढेर २६२६ विन्दुमा रोकियो नेप्से, सोमबार भन्दा ७७ करोड बढी भयो कारोबार
पुष ९, २०८१ मंगलबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
आबिद हुसेन
पुष ११, २०८१ बिहिबार
आइतबारदेखि मौसम सुधार हुने
पुष १३, २०८१ शनिबार
अबको लडाइँ भ्रष्टाचार र वैज्ञानिक शिक्षाका लागि गरिनुपर्छः नेता डा कोइराला
पुष १३, २०८१ शनिबार
सुशासनका लागि भ्रष्ट्राचारविरुद्ध निरन्तर आन्दोलन: अध्यक्ष प्रचण्ड
पुष १३, २०८१ शनिबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
पुष १३, २०८१ शनिबार
क्यानाडामा लहरे खोकीका बिरामीको सङ्ख्या निरन्तर वृद्धि
पुष १३, २०८१ शनिबार