हुण्डी कारोबार गरि ठगी गर्ने सात जना पक्राउ
नेपालबहस संवाददाता
असार २७, २०८० बुधबार १७:१७:५२
२७ असार, उदयपुर । जिल्ला प्रहरी कार्यालय उदयपुरले ठगी गरेको आरोपमा सात जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरले बुधबार पत्रकार सम्मेलन गर्दै उपहार, हुण्डी, तथा विदेशी विनिमय अन्तरगर्तका कारोबारमा ठगी गरेको आरोपमा उनीहरूलाई पक्राउ गरि सार्वजनिक गरेको हो ।
विभिन्न प्रलोभन देखाई सामाजिक संजालमा विदेशबाट उपहार आएको छ, भन्दै एयरपोर्टमा कर तिर्न पर्ने भएकोले रकम पठाउन लगाइ ठगि गरेको आरोपमा बिराटनगर महानगरपालिका २० का हेमराज साह, सप्तरी विष्णुपुर गाउँपालिका २ का निरजकुमार साह, झापा जिल्लाको झापा गाउँपालिका १ का बरजहान सेखलार्य पक्राउ परेका हुन् ।
त्यसै गरी पक्राउ पर्नेहरुमा गुल्मी जिल्लाको इस्मा गाउपालिका ५ का ध्रुब थापा, बारा जिल्ला कलैया उपमहानगरपालिका २० का फुल मोहमद मियिा धुनिया, सप्तरी जिल्ला राजविराज नगरपालिका १ का डम्बर साह रहेको प्रहरीले जनाएको छ । पत्रकार सम्मेलनमा ईलाका प्रहरी कार्यालय कटारीका प्रहरी नायव उपरिक्षक रबिन कार्कीले घटनामा प्रहरीले सूक्ष्म अनुसन्धान गरी ठगि गर्ने गिरोहहरु पक्राउ गर्न सफल भएको बताए ।
पछिल्लो समय सामाजिक संजाल तथा मोवाईल कल गरेर चिठ्ठा पर्याे भनेर ठगी गर्ने गिरोह सक्रिय भई रहेको बेला उदयपुर प्रहरीले सात जनालाई पक्राउ गरि कार्वाही प्रक्रिया अघि बढाएको हो । पक्राउ परेका सातै जनालाई नै जिल्ला अदालतबाट संगठित अपराध सम्बन्धी कसुर, मुलुकी अपराध संहिता २०७४ को ठगी, अपराधिक विश्वासघात तथा आपराधिक लाभ सम्बन्धी कसुरमा अनुसन्धान सुरु गरिरहेको प्रहरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाबुछोराको हत्या आशंकामा अनुसन्धान तीव्र
पुष ८, २०८१ सोमबार
एनपिएल फाइनलमा अभद्र व्यवहार गर्ने डोटीका दुई युवक पक्राउ
पुष ८, २०८१ सोमबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
भारतीय कारको ठक्करबाट स्कुटर चालकको मृत्यु
पुष ८, २०८१ सोमबार
बाबुछोराको हत्या आशंकामा अनुसन्धान तीव्र
पुष ८, २०८१ सोमबार
सीपमूलक तालिममा सहभागी राउटे युवती
पुष ८, २०८१ सोमबार
परराष्ट्रमन्त्री डा राणा स्वदेश फिर्ता
पुष ८, २०८१ सोमबार
बंगलादेशमा हसिनाको परिवारमाथि ५ अर्ब डलरको भ्रष्टाचार अनुसन्धान सुरु
पुष ८, २०८१ सोमबार