साहरूख खानको 'जवान'ले पहिलो दिनमा नै सय करोड कमाउने प्रक्षेपण
नेपालबहस संवाददाता
असार २८, २०८० बिहिबार ११:३:५२
२८ असार, मुम्बई । एटली कुमार र शाहरुख खानको फिल्म ‘जवान’ यतिबेला सबैभन्दा बढी चर्चाको विषय बनेको छ । फिल्म ‘पठान’ पछि शाहरुखको यो वर्षको दोस्रो ठूलो फिल्म हो ।
साउथका हिट निर्देशक एट्लीले निर्देशन गरेको फिल्ममा नयनतारा, विजय सेतुपति, प्रियमणी, सान्या मल्होत्रा, योगी बाबु लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रको प्रिभ्यु र ट्रेलरले चर्चा पाएको छ । यस्तो अवस्थामा सेप्टेम्बर ७ शाहरुखका लागि निकै विशेष हुने विश्वास गरिएको छ ।
फिल्मले ओपनिङ डेमै बम्पर कमाउन सक्छ । तर शाहरुखको फिल्म ‘जवान’ले कलेक्शन रेकर्ड बनाउन २१ दिन मात्र पाउनेछ । थाहा छ कसरी ?
एटली कुमार निर्देशित फिल्म ‘जवान’ले सुरुमा राम्रो प्रतिक्रिया पाइरहेको छ । शाहरुखको फरक अवतारलाई फ्यानहरुले रुचाइरहेका छन् । फिल्मको स्टारकास्ट पनि निकै प्रभावशाली छ । यस्तो अवस्थामा शाहरुखको ‘जवान’ ठूलो पर्दामा उनको फिल्म ‘पठान’ भन्दा एक कदम अगाडि बढ्ने विश्वास गरिएको छ ।
ओपनिङ डे कलेक्सन १०० करोडभन्दा माथि जाने चर्चा छ । योसँगै रिलिजको पहिलो सातामै फिल्मले नयाँ कीर्तिमान बनाउने दाबी पनि भइरहेको छ । यी सबै बीचमा साउथका ठूला कलाकारहरु पनि शाहरुखसँग प्रतिस्पर्धा गर्न लाइनमा छन् । सेप्टेम्बरको सुरुमा अर्थात ७ गते शाहरुख खान ‘जवान’ मार्फत थिएटरमा प्रवेश गर्दैछन् ।
त्यसैगरी महिनाको अन्त्यमा २८ सेप्टेम्बरमा प्रभास आफ्नो फिल्म ‘सालार’ मार्फत दर्शकसामु आउनेछन् । अर्थात् शाहरुखको फिल्म ‘जवान’ले कमाई गर्न २१ दिन मात्रै पाउनेछ ।
प्रशान्त नीलको फिल्म ‘सालार’ २२ औँ दिनमा प्रवेश गर्दैछ र दर्शकमा यसको निकै क्रेज रहेको छ । यसअघि नै फिल्मको राइट्स करोडमा बिक्री भएको खबर छ । यो फिल्मलाई प्रभासको कमब्याक फिल्मको रुपमा पनि हेरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
मंसिर २८, २०८१ शुक्रबार
रणवीर कपुरको ‘रामायण’मा सनी देओल देखिने
मंसिर २५, २०८१ मंगलबार
अग्रिम बुकिङबाट नै ‘पुष्पा २ः दि रूल’ ले कमायो ५५ करोड
मंसिर १८, २०८१ मंगलबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
मंसिर २८, २०८१ शुक्रबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर २८, २०८१ शुक्रबार
रेमिट्यान्समा ९ अंकको सुधार, शोधनान्तर २ खर्ब ५ अर्ब र विनिमय सञ्चिति २२ खर्ब ५५ अर्बमाथि
मंसिर २८, २०८१ शुक्रबार
नयाँ बुटवल–बर्दघाट २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न
मंसिर २८, २०८१ शुक्रबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
मंसिर २८, २०८१ शुक्रबार
झापामा नौ सय ३७ मेट्रिक टन कोदो उत्पादन
मंसिर २८, २०८१ शुक्रबार
विराटनगर किंग्सले टस जितेर पहिले ब्याटिङ रोज्यो
मंसिर २८, २०८१ शुक्रबार
राहदानी वितरण गर्न फ्रान्स दूतावासको टोली पोर्चुगलमा
मंसिर २८, २०८१ शुक्रबार