वाणिज्य बैंकहरूले तोडे निक्षेप व्याजदरमा गर्दै आएको भद्र सहमति
नेपालबहस संवाददाता
असार २८, २०८० बिहिबार १३:१६:२१
२८ असार, काठमाडौं । वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदरमा गर्दै आएको भद्र सहमति तोडेका छन् । नेपाल बैंकर्स संघको बुधबार बसेको बैठकले भद्र सहमति तोडेर बैंक आफैले निक्षेपको ब्याजदर तय गर्ने सहमति गरेको हो ।
तरलताको अवस्था सहज भएकाले अब साउनदेखि लागू हुने गरी बैंकहरुले आफैले निक्षेपको ब्याजदर तोक्ने सहमति भएको छ । नेपाल बैंकर्स एसोसिएसनका अनुसार हाल बैंकहरुमा नगद थुप्रिएपछि ब्याजदरमा भद्र सहमति जरुरी नरहेको ठहर गर्दै संघको बैठकले स्वतन्त्र छाडेको हो । हालसम्म वाणिज्य बैंकहरुले संघमार्फत निक्षेपको ब्याजदर निर्धारण गर्दै आएकाले अधिकांश बैंकको ब्याजदर उस्तै छ ।
वाणिज्य बैंकहरुले हाल व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ९.९ प्रतिशतसम्म ब्याजदर दिँदै आएका छन् । धेरै बैंकले यहीं दर कायम गरेका छन् । अब बैंकहरुले साउन महिनाका लागि यो भन्दा बढी वा कम ब्याजदर तोक्न सक्ने छन् । यसअघि अर्थमन्त्री प्रकाशशरण महतले सार्वजनिक कार्यक्रममै बैंकहरुबीच स्वस्थ प्रतिस्पर्धा हुनुपर्ने बताउँदै आएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपहिलो पटक सीआरएन नम्बर र शेयर आवेदन सेवा सिटिजन्स मोबाइल बैंकिङ एपमा
पुष ३, २०८१ बुधबार
सिटिजन्स बैंकको ७.९९५ घर कर्जा योजना सार्वजनिक
पुष ३, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एकीकृत समाजवादीको केन्द्रीय सचिवालय गठन
पुष २, २०८१ मंगलबार
पहिलो पटक सीआरएन नम्बर र शेयर आवेदन सेवा सिटिजन्स मोबाइल बैंकिङ एपमा
पुष ३, २०८१ बुधबार
‘निजामती कर्मचारीलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्नुपर्ने’
पुष ३, २०८१ बुधबार
नारीवादी नीतिको अनुशरण गर्न आवश्यक छः परराष्ट्रमन्त्री राणा
पुष ३, २०८१ बुधबार
नागरिकका चासोका विषय प्रसार गर्नुपर्ने
पुष ३, २०८१ बुधबार
पर्सामा मिटर ब्याजविरुद्ध प्रहरीको कदम, ३३ बिघाभन्दा बढी सम्पत्ति फिर्ता
पुष ३, २०८१ बुधबार