एनआईसी एशिया बैंकद्वारा दुर्घटना बीमा वापत ५० लाख हस्तान्तरण
नेपालबहस संवाददाता
असार २८, २०८० बिहिबार १५:५७:१०
२८ असार, काठमाडौं । एनआईसी एशिया बैंकले दुर्घटनामा परी ज्यान गुमाएका पाँच जना ग्राहकका परिवारलाई प्रतिव्यक्ति रु। १० लाखको दरले ५० लाख रुपैयाँ हस्तान्तरण गरेको छ। बैंकका विभिन्न शाखा कार्यालयहरूमा सर्वश्रेष्ठ बचत खाता खोलेका ग्राहकहरूको दुर्घटनामा परी मृत्यु भएपछि खातामा उपलब्ध बीमा रकम मृतकका परिवारहरूलाई हस्तान्तरण गरिएको हो।
दुर्घटना बीमा वापतको बीमा लाभ प्राप्त गर्ने ग्राहकहरूमा चितवनस्थित बसेनी शाखामा खाता खोलेका मृतक देवेन्द्र प्रसाद बछाडको भाइ राजन प्रसाद बछाड, रुपन्देहीस्थित ड्राइभर टोल शाखामा खाता खोलेका मृतक सम्राट खनालको बुबा लक्ष्मण खनाल र बर्दियास्थित भुरीगाउँ शाखामा खाता खोलेका मृतक आशिष थारुको बुबा दुल्लु राम थारु, सुनसरीस्थित झुम्का शाखामा खाता खोलेका मृतक चन्द्रराज दाहालकी श्रीमती लछीमा देवी घिमिरे दाहाल र स्याङजास्थित कृषि शाखामा खाता खोलेका मृतक कृष्णप्रसाद भण्डारीकी श्रीमती टंकी देवी भण्डारी छन्।
ती लाभग्राहीहरूले नेपाल इन्स्योरेन्ससँगको सहकार्यमा उक्त लाभ रकम प्राप्त गरेका बैंकले जनाएको छ। बैंकको बीमा सहितको निक्षेप योजनाहरूअन्तर्गत हालसम्म ३ हजार १ सय १६ जना ग्राहकहरूलाई रू। ९ करोड ४० लाखभन्दा बढी बीमा दाबी रकम हस्तान्तरण भइसकेको छ।
जसमध्ये घातक रोग बीमा वापत २८ जनाले रू। ३ करोड, दुर्घटना बीमा वापत १७ जनाले रू। १ करोड ७० लाख र मेडिकल बीमा वापत ३ हजार ७१ जनाले रू। ४ करोड ७० लाखभन्दा बढी रकम प्राप्त गरिसकेका छन्।
बैंकले निक्षेप रकममा अधिकतम प्रतिफल दिने उद्देश्यका साथमा ४ जनालाई ५ वर्षको लागि रू। ८४ लाखसम्मको बीमा फाइदा रहेको ‘सर्वश्रेष्ठ बचत योजनाहरू’ सञ्चालन गरिरहेको छ।
जसअन्तर्गत सर्वाधिक उच्च ब्याजदर, ५ वर्षसम्म रू। ८४ लाखसम्मका ३ बीमा ९१८ वटा घातक रोगहरूको बीमा, दुर्घटना बीमा र मेडिकल बीमा० सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू, ३ कर्जा सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू र १८ अन्य अतुलनीय सर्वश्रेष्ठ फाइदाहरू गरी कुल २४ सर्वश्रेष्ठ फाइदाहरू समावेश छन्।
८४ लाख बराबरको आकर्षक बीमा फाइदाअन्तर्गत रू। ४० लाखको दुर्घटना बीमा, रू। ४० लाखको घातक रोग बीमा र रू। ४ लाखसम्मको औषधि उपचार बीमा उपलब्ध छन् भने अस्पताल भर्ना हुने बिरामीले रू। ३ लाख २० हजारसम्म र ओपीडी उपचारको लागि रू। ८० हजारसम्म बीमा लाभ प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनबिल बैंकिङ सेवा अझ सरल, सुरु भयो निःशुल्क टोल-फ्री सुविधा
पुष ५, २०८१ शुक्रबार
एसएम डेन्टल एण्ड स्किन केयरमा सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट
पुष ५, २०८१ शुक्रबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
रामेछापमा ‘एक विद्यालय एक नर्स’ कार्यक्रम प्रभावकारी
पुष ९, २०८१ मंगलबार
तरकारीखेतीको आम्दानीबाट जीविकोपार्जन गर्दै कुशाहाका दलित समुदाय
पुष ९, २०८१ मंगलबार
वीरगञ्ज नाकाबाट चारपाङ्ग्रे सवारीको आयात घट्यो
पुष ९, २०८१ मंगलबार
जग्गाको सदुपयोग गर्ने प्रमुख माध्यम किबीखेती,बागलुङको किबी बुटबलमा खपत
पुष ९, २०८१ मंगलबार
हुम्लामा हिमपात, एक फिटसम्म हिउँ जमेपछि चिसोले जनजीवन प्रभावित
पुष ९, २०८१ मंगलबार
पाथीभरा पदमार्गमा घण्टीको प्रवेशद्वार निर्माण गरिने
पुष ९, २०८१ मंगलबार