मन्त्रीलाई धम्क्याएपछि दरबन्दी अनुसार खटाएको ठाउँमा जान पर्दैन भन्ने भ्रम नपाल्नूः स्वास्थ्य मन्त्री
नेपालबहस संवाददाता
असार २८, २०८० बिहिबार १५:५७:४३
२८ असार, काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य मन्त्रालय मातहका डाक्टर र कर्मचारीको दरबन्दी अनुसार सरुवा व्यवस्थापन गर्दा पनि आफू विभिन्न ठाउँबाट धम्की आउने गरेको बताएका छन् । उनले मन्त्रीलाई धम्क्याएपछि ताकिएको क्षेत्रमा जानु पर्दैन भन्ने भ्रम नपाल्न पनि उनले चेतावनी दिएका छन् ।
बिहीबार राष्ट्रियसभा बैठकमा आगामी आर्थिक वर्षको विनियोजित बजेट माथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले सचिवालय मार्फत दैनिक धेरै धम्की आउने गरेको बताए । पछिल्लो विवादास्पद अभिव्यक्तिबारे बिहीबार राष्ट्रियसभा बैठकमा स्पष्टीकरण दिएका उनले यसैले पनि खटाइएको ठाउँमा नजाने कर्मचारीका सम्बन्धमा आफू आक्रामक रूपमा प्रस्तुत हुनुपरेको बताए ।
उनले भने, पटक–पटक जनताको सेवाका लागि सरुवा गरिएको स्थानमा जानभन्दा एकजनाले नजाने, बरु मन्त्रालयमा झुन्डिएर मर्ने धम्की दिएछन् । केही नलागेपछि अन्तिममा आएर झुन्डिएर मर्छु भन्दाखेरि पठाइदेऊ न त मकहाँ झुन्डिन आफूले भन्नु परेका उनले बताए । बस्नेतले दरबन्दी अनुसार डाक्टरहरू व्यवस्थापन गर्दा सचिवालयमा धेरै धम्की आउन थालेको बताए ।
उनले दरबन्दी अनुसारको डाक्टरहरू व्यवस्थापन गर्ने काम पार लगाएरै छोड्ने बताए । स्वास्थ्य मन्त्री बस्नेतले संविधानलाई कार्यान्वयन गरी आधारभूत स्वास्थ्य सेवा ग्रामीण स्तरसम्म स्वास्थ्यकर्मीहरूको पहुँच नभएको स्थानमा पु¥याएर नै छोड्ने बताए । उनले ८ सय डाक्टरहरू मन्त्रीहरूको पालामा कागमा स्वास्थ्य मन्त्रालय बसेको भन्दै त्यसमा दरबन्दी अनुसारको क्षेत्रमा पठाउने काम गर्ने बताए ।
उनले ८ सय डाक्टरको दरबन्दी अनुसारको क्षेत्रमा पठाउन नसके स्वास्थ्य मन्त्रालय सुधार हुने अवस्था नभएको बताए । कर्मचारी व्यवस्थापनमा अलिअलि मिलाएको भरमा मिल्ने अवस्था नभएको भन्दै यसलाई अप्रेसन नै गर्नुपर्ने उनले बताए । मन्त्री बस्नेतले सबै डाक्टरहरूलाई राजधानी मात्रै चाहिएको अवस्था रहेको बताए । उनले दरबन्दी अनुसार व्यवस्थापन गर्न खोज्दा आत्महत्या गर्नेसम्म विषयहरू आएको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचालु आर्थिक वर्षमा दुई लाखलाई सेवा दिने आँखा अस्पतालको लक्ष्य
मंसिर २२, २०८१ शनिबार
राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट 'डिस्चार्ज'
मंसिर २२, २०८१ शनिबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
संयुक्त राष्ट्र महासभाको गाजा युद्धविरामको मतदानलाई हमासद्वारा ‘स्वागत’
मंसिर २७, २०८१ बिहिबार
टाइम म्यागजिनद्वारा डोनाल्ड ट्रम्पलाई दोस्रो पटक ‘पर्सन अफ द इयर’ घोषणा
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
दश करोड बढी लगानीमा विद्युतीय माइक्रोबस सञ्चालन
मंसिर २७, २०८१ बिहिबार
अमेरिकी डलर देखाई साढे ६ लाख ठगी गर्ने २ जना पक्राउ
मंसिर २७, २०८१ बिहिबार
संघीय निजामती विधेयकका संशोधनकर्तासँग छलफल सुरु
मंसिर २७, २०८१ बिहिबार