नेप्से आज दोहोरो अङ्कले ओरालो, कारोबारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा
नेपालबहस संवाददाता
असार २८, २०८० बिहिबार १६:७:५०
२८ असार, काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १२ दशमलव ६२ अङ्कले ओरालो लागेर दुई हजार ४८ दशमलव ९३ मा सीमित भएको छ ।
ठूला कम्पनीको शेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ९० अङ्कले ओरालो लागेर तीन सय ९१ दशमलव २५ मा सीमित भएको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये तीन उपसमूहको शेयर मूल्य उकालो लाग्दा १० उपसमूहको शेयर मूल्यमा गिरावट भएको छ ।
नेप्सेका अनुसार कूल ९३ लाख ८२ हजार चार सय ४० कित्ता शेयर रू तीन अर्ब ३९ करोड छ लाख ६० हजार छ सय पाँच मूल्यमा खरिद बिक्री भएको छ । कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको रू २३ करोड ७५ लाख ९३ हजार तीन सय ४८ मूल्य बराबरको कारोबार भएको छ ।
त्यस्तै, सोल्टी होटल रू १७ करोढ ९२ लाख ९४ हजार पाँच सय ६१, हिमालयन लाइफ इन्स्योरेन्स रू १६ करोड १५ लाख नौ हजार, नेपाल दूरसञ्चार कम्पनी रू ११ करोड ८४ लाख ४८ हजार पाँच सय १४ र चिलिमे आइड्रोपावर कम्पनी रू सात करोड ५० लाख ९० हजार नौ सय ८५ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।
नेप्सेका अनुसार, एनएमबी बैंकको ऋणपत्र र सिद्धार्थ बैंकको ऋणपत्रको मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । एनआइबीएल समृद्धि फण्ड दोस्रो नौ दशमलव ९४, सिटिजन म्युचुअल फण्ड पहिलो सात दशमलव ९८ र सानिमा लार्ज क्यापका लगानीकर्ताले सात दशमलव ८३ प्रतिशतले कमाएका छन् ।
पिपल्स हाइड्रोपावर छ दशमलव शुन्य पाँच, हिमालयन पावर पार्टनर पाँच दशमलव ८३, बुद्धभूमि नेपाल हाइड्रोपावर पाँच दशमलव ८३, मनकामना स्मार्ट लघुवित्त पाँच दशमलव ५६ र रिडी पावरका लगानीकर्ताले पाँच दशमलव ५३ प्रतिशतले गुमाएका छन् ।
आजको कारोबारपछि बजार पूँजीकरण रू ३० खर्ब ६४ अर्ब ६४ करोड ९१ लाख ७३ हजार एक सय २९ बराबर रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट
मंसिर ६, २०८१ बिहिबार
सर्वसाधारणका लागि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ८३ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
मंसिर ४, २०८१ मंगलबार
आज शेयरबजार बन्द, भोली बिहान ११ बजे मात्र खुल्ने
मंसिर ३, २०८१ सोमबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
कालीगण्डकी करिडोरले मुक्तिनाथ र लुम्बिनी जोड्दै
मंसिर ९, २०८१ आइतबार
आजको लागि विदेशी मुद्राको विनिमय दर
मंसिर ९, २०८१ आइतबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार