भुटानी नेता टेकनाथ रिजाललाई कारागारभित्र अमानवीय र अपमानित ढंगले राखिएको छः अभियान
नेपालबहस संवाददाता
असार २८, २०८० बिहिबार १६:२३:१९
२८ असार, काठमाडौं । भुटानका राजबन्दी रिहाइका लागि अन्तर्राष्ट्रिय अभियान (GCRPPB) ले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान अन्तर्गत हाल थुनामा रहेका भुटानी नेता टेकनाथ रिजाललाई अपमानित र अमानवीय ढंगको व्यवहार गरिएको बताएको छ । अभियानले रिजालको सुरक्षा र स्वास्थ्यप्रति पनि चासो व्यक्त गरेको छ ।
नेदरल्याण्ड्सको हेगबाट बिहीबार अभियानका संयोजक राम कार्कीले विज्ञप्ति जारी गर्दै नेता रिजाललाई बयान फेर्न उच्च तहका बन्दीहरुले दबाब दिएको आरोप लगाएका छन् । रिजाललाई जेलमा तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राईसँगै राखिएका कारण रिजालमा निरन्तर मनोवैज्ञानिक तनाब र असुरक्षा बढेको पनि अभियानले विज्ञप्तिमा जनाएको छ ।
जारी विज्ञप्तीमा भनिएको छ, ‘हाम्रो स्रोतले यो पनि उल्लेख गरेको छ कि रिजाल कमजोर र फिक्का देखिनु भएको छ र उहाँले बस्ने राम्रो ओढ्ने ओछ्याउने उपलब्ध गराउन अनुरोध गर्दा कारागार प्रशासनले बेवास्ता गरेको छ, जसको अभावमा उहाँ बारम्बार चिसोका कारण अस्वस्थ हुनुभएको छ ।’
७६ वर्षका रिजालमा मधुमेह, रक्तचाप र बुढेसकाल सँग सम्बन्धित अन्य रोग देखिएको भन्दै अभियानले अदालती बयानमा नाम लिएका कुनैपनि बन्दीहरूबाट टाढा तथा चिसो नभएको बेग्लै कोठामा रिजाललाई राख्न माग गरेको छ । रिजालसँग अनुमति लिएर मात्रै अपरिचित आगन्तुकहरुलाई भेट्ने व्यवस्था मिलाउन, रिजाललाई आवधिकरुपमा चिकित्सा जाँचको सुविधा दिन पनि माग गरेको छ ।
अभियानले राष्ट्रिय र अन्तर्राष्ट्रिय मानव अधिकार निकायहरू, नागरिक समाजका नेताहरूलाई कारागारमा रिजाललाई भेट्न र समय–समयमा उनको स्वास्थ्य अवस्था बारे सोधपुछ गरिदिन पनि आह्वान गरेको छ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर ठगी गरेको प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले ३० जना विरुद्ध मुद्दा चलाएको थियो । तीमध्ये टेकनाथ रिजालसहित १६ जना पुर्पक्षका लागि थुनामा छन ।
भुटानका राजबन्दी रिहाका लागि अन्तर्राष्ट्रिय अभियानको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘भुटानमा राजनीतिक बन्दीहरूको रिहाइको लागि ग्लोबल अभियान, भुटानी राजनीतिक बन्दीहरूको तत्काल र बिना शर्त रिहाइको लागि अभियान गर्न २०१९ मा गठन गरिएको हेगमा रहेको संस्था हो । भुटानमा चार दशकदेखि मानव अधिकारबन्धकमा परेको छ । मानव अधिकारको आवाज उठाउने १ लाख भन्दा बढीलाई देश निकाला गरिएको छ । भुटान भित्रै रहेका मानव अधिकारका पक्षधरलाई खोजि खोजी जेलमा बन्दी बनाइएको छ ।दुखदायी र पीडादायी जीवन बिताउन भुटानी राजाले विवश बनाइरहेका छन् । उनीहरूको तत्काल रिहाइका लागि भुटानी राजबन्दी रिहाका लागि अन्तर्राष्ट्रिय अभियान अन्तर्राष्ट्रिय समुदायसँग अपिल गर्दछ ।’
विज्ञप्तीमा भनिएइको छ, ‘टेकनाथ रिजालले निर्वासन र भित्री भुटानी जनता माथिको अन्याय विरुद्धको लडाइमा कहिल्यै सम्झौता गर्नु भएन । भुटानी जनताको हितका लागि उहाँले आफ्नो सम्पूर्ण जीवन निःस्वार्थ रूपमा बलिदान गर्नुभयो । तसर्थ ७६ वर्षको उमेरमा कुनै पनि समझदार व्यक्तिलाई आफू नक्कली भुटानी शरणार्थी काण्डमा संलग्न भएको पत्याउन गाह्रो छ । GCRPPB दृढतापूर्वक विश्वास गर्दछ कि श्री रिजाललाई नक्कली भुटानी शरणार्थी घोटालामा दोषी मध्ये एकको रूपमा गलत रूपमा आरोप लगाइएको छ र यसैले GCRPPB उनको तत्काल रिहाइको माग गर्दछ ।’
अभियानले केही मागहरु पनि राखेको छ ।
१. रिजालले अदालती बयानमा नाम लिएका कुनैपनि बन्दीहरूबाट टाढा चिसो नभएको छुट्टै कोठामा राखियोस ।
२. कुनै अपरिचित आगन्तुकहरूले उहाँलाई भेट्न अनुमति दिनु अघि रिजालसँग परामर्श लिइयोस् ।
३. रिजाललाई कोठामा न्यानो राख्न पर्याप्त सुत्ने सामग्री उपलब्ध गराइयोस् ।
४. रिजालको नाजुक स्वास्थ्य र बुढेसकालका कारण प्राथमिकताका आधारमा आवधिक रूपमा उचित चिकित्सा जाँचहरू प्रदान गरियोस् ।
५. रिजाललाई जेलमा उचित सुरक्षा उपायहरू प्रदान गरियोस् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रहरी अतिरिक्त महानिरीक्षकद्वय गुरुङ र ढकाललाई दर्ज्यानी चिन्ह प्रदान
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार