राप्रपाको सक्रिय सदस्य बन्न अनलाइनबाटै आवेदन दिन सकिने
नेपालबहस संवाददाता
असार २८, २०८० बिहिबार १६:५८:१३
२८ असार, काठमाडौं । राप्रपाले आफ्नो पार्टीको सक्रिय सदस्य बन्न अनलाइनबाटै आवेदन दिन सकिने जनाएको छ । गत १ देखि ३ जेठसम्म चलेको पार्टीको केन्द्रीय कार्य समितिको बैठकले संशोधनसहित पारित राजनीतिक कार्यपत्रअनुसार विभिन्न समयमा बसेको कार्य सम्पादन समिति तथा पदाधिकारीहरूको बैठकले तयार गरेको ‘राप्रपा ः अब नवीन राप्रपा कार्ययोजना २०८०’अन्तर्गत केही मूलभूत बुँदाहरू सार्वजनिक गर्दै प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले सक्रिय सदस्य बन्न अनलाइनबाटै आवेदन दिन सकिने व्यवस्था गरिएको जानकारी दिए ।
उनका अनुसार अनलाइनबाटै साधारण, सक्रिय सदस्य बन्न तथा आर्थिक सहयोग पनि गर्न सकिनेछ। एकवर्ष भित्रमा सक्रिय सदस्य संख्या दुई लाख पु¥याउने लक्ष्य लिएको राप्रपाले राजसंस्था, हिन्दुराष्ट्र र संघीयता सम्बन्धी पार्टीको अवधारणालाई जनतासमक्ष पुर्याउने लक्ष्य लिएको छ ।
भ्रष्टाचार र भ्रष्टाचारका विरुद्ध पार्टीको अवधारणालाई प्राथमिकताका साथ राख्ने, पार्टी प्रवेश तथा छोराछोरी पुस्तालाई राप्रपामा जोड्ने विशेष अभियान सञ्चालन गर्ने, ६ महिना भित्रमा १६५ निर्वाचन क्षेत्रसम्म प्रशिक्षण कार्यक्रम सम्पन्न गर्नेजस्ता राप्रपाले लक्ष्य लिएको छ ।
राप्रपाले लिएको लक्ष्य बुँदामा
● ६ महिना भित्रमा पार्टीको सबै तहमा ३३५महिलाको संख्या सुनिश्चित गरिनेछ।
●पार्टीको सबै तहमा ४० वर्षसम्मका युवाहरूको अनिवार्य सहभागिताको व्यवस्था मिलाउन केन्द्रीय कार्यसमितिमा ४० तथा कार्यसम्पादन समितिमा कम्तीमा ७ जना विभिन्न प्रक्रियाबाट अनिवार्य ४० वर्षसम्मका युवाहरूको प्रतिनिधित्व गराइने छ।
● पार्टीले आगामी दिनमा विभिन्न तहमा उम्मेदवार बनाउँदा ५०५ प्राइमरी छनौट प्रक्रिया अपनाइनेछ।
●केन्द्र, प्रदेश, जिल्ला स्तरीय नेता तथा जनवर्गीय संगठनका प्रतिनिधिहरू समेत गरेर करिब ९००जना नेताहरूलाई एकैसाथ संगठन बिस्तारका लागि भूगोल केन्द्रीत जिम्मेवारी प्रदान गरिएको छ।
● एकैसाथ ७५३ वटै स्थानीय तह र ६७४३ वटै वडा तथा प्रवासमा समेत यो जिम्मेवारी तोकिएको छ। यसरी भूगोलमा जिम्मेवारी प्राप्त नेताहरूले आफूलाई तोकिएको भूगोलमा ६ महिनासम्म तोकिए अनुसारको संगठन बिस्तार र सुदृढिकरणका काम गर्नुपर्नेछ।
● यस अन्तर्गत राजसंस्था,हिन्दुराष्ट्र र संघीयता सम्बन्धित पार्टीको अवधारणालाई जनसमक्ष पुर्याउने।
● भ्रष्टाचार र भ्रष्टाचारका विरुद्ध पार्टीको अवधारणालाई प्राथमिकताका साथ राख्ने ।
● पार्टी प्रवेश तथा छोराछोरी पुस्तालाई राप्रपामा जोड्ने विशेष अभियान सञ्चालन गर्ने।
● स्थानीय पार्टी कार्यकर्तालाई सामाजिक क्रियाकलापमा परिचालन गरिनेछ।
● यसरी भूगोल केन्द्रीत विशेष जिम्मेवारी अन्तर्गत अध्यक्ष राजेन्द्र लिङदेन धरान उपमहानगर पालिका, उपाध्यक्षहरू बुद्धिमान तामाङ, विक्रम पाण्डे, ध्रुव प्रधान, रोशन कार्की,हेमजंग गुरुङ,मुकुन्दश्याम गिरी,उद्धव पौडेल क्रमश....
● तोकिएको भूगोलको जिम्मेवारीमा नजाने नेता स्वतः पदिए जिम्मेवारीबाट मुक्त हुनेछन्।
● भूगोल केन्द्रित जिम्मेवारीमा रहेका नेताहरूले आफ्नो दैनिक क्रियाकलाप विधुतीय माध्यमबाट सचिवालयमा नियमित रूपमा पेस गर्नुपर्ने।
● राप्रपामा अब काम नगरि नेता हुन नपाइने व्यवस्था मिलाइएको छ।
● भूगोल केन्द्रित जिम्मेवारीमा रहेका नेता तथा विभिन्न तहका कार्यसमितिका क्रियाकलापको समन्वय तथा अनुगमनका लागि सातवटै प्रदेशमा संयोजक तथा सह संयोजकको व्यवस्था मिलाइएकोछ।
● अबबाट विधुतीय माध्यमबाटै साधारण, सक्रीय सदस्य बन्न साथै आर्थिक सहयोग पनि गर्न सकिनेछ।
● एकवर्ष भित्रमा सक्रिय सदस्य संख्या दुई लाख पुर्याइनेछ।
● ६ महिना भित्रमा १६५ निर्वाचन क्षेत्रसम्म प्रशिक्षण कार्यक्रम सम्पन्न गरिनेछ।
● सरकारी वेतनधारीहरूको भातृ संगठनलाई शुभेच्छुक संगठनमा परिणत गरिनेछ।
● विधार्थी संगठनलाई राजनीतिक कम शैक्षिक बढि क्रियाकलापमा संलग्न गराइने छ। मूलतः विश्वविद्यालयमा गैरराजनीतिक संगठनका रूपमा क्रियाशील रहनेछ।
● जिम्मेवारीमा रहेका सबैका लागि १ बाट ३ सदस्यता अभियान सञ्चालन गर्ने।
● माथिका सबै क्रियाकलाप ६ महिना पछिपनि निरन्तर रहनेछ।
● ६ महिनापछि भूगोलको जिम्मेवारी भने हेरफेर हुनेछ।
● माथिको ६ महिने क्रियाकलाप सम्पन्न भएपछि जनजीविकाका सवाल तथा मान्यता स्थापना उद्देश्यका लागि जन दवाव सिर्जनाका लागि क्रियाकलापहरू अगाडि बढाइनेछ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचीन भ्रमणबारे छलफलपछि ओलीले बोलाए मन्त्रिपरिषद्
मंसिर १०, २०८१ सोमबार
बीआरआइबारे देउवाले भने, प्रधानमन्त्रीले चीनसँग अनुदानको कुरा गर्नुहुन्छ, ऋण होइन
मंसिर १०, २०८१ सोमबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
अफगानिस्तानमा गाडी दुर्घटना हुँदा छ जनाको मृत्यु
मंसिर १०, २०८१ सोमबार
बारुती सुरुङ खतराका लागि सबैभन्दा जोखिम युक्त देश म्यानमा : राष्ट्रसंघ
मंसिर १०, २०८१ सोमबार
शे–फोक्सुण्डो गाउँपालिकाको गैरसरकारी संस्थासँगको सहकार्यमा जोड
मंसिर १०, २०८१ सोमबार
तस्करीमा पर्सा प्रहरीको कारबाही, ६८ लाखको सामान बोकेको ट्रक नियन्त्रणमा
मंसिर १०, २०८१ सोमबार
विमान चालकको समस्या छिट्टै समाधान हुन्छः वायुसेवा निगम
मंसिर १०, २०८१ सोमबार