कुथेली बुखरी स्मल हाइड्रोपावरको आईपीओमा आवेदन दिने अन्तिम दिन कहिले ?
नेपालबहस संवाददाता
असार २९, २०८० शुक्रबार ११:६:५२
२९ असार, काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावरको आईपीओमा आवेदन दिने शुक्रबार अन्तिम दिन हो । लगानीकर्ताले शुक्रबार कार्यालय समयभित्र यसमा आवेदन दिन सक्नेछन् । सीडीएसका अनुसार यस आईपीओ मा असार २८ गतेसम्ममा ८ लाख ५० हजार ६९१ जनाले ९१ लाख ७८ हजार १२० कित्ताका लागि आवेदन दिइसकेका छन् ।
यस कम्पनीले असार २६ गतेदेखि आईपीओ बिक्रीमा ल्याएको हो । कम्पनीले १ करोड २१ लाख ८६ हजार ८०० रुपैयाँ बराबरको आईपीओ जारी गरेको हो । हाइड्रोपावरले १ सयअंकित मूल्यमा १ लाख २१ हजार ८६८ कित्ता सेयर बिक्रीमा ल्याएको छ । यो मध्ये १० प्रतिशत अर्थात् १२ हजार १८६ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिसकेको छ । त्यस्तै, ५ प्रतिशत अर्थात् ६ हजार ९३ कित्ता सामूहिक लगानी कोषका लागि र २ प्रतिशत अर्थात् २ हजार ४३७ कित्ता कर्मचारीलाई छुट्याइएको छ ।
बाँकी १ लाख १ हजार १५१ सय कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल रहेको छ । रेटिङ एजेन्सी इक्रा नेपालले कुथेली बुखरी स्मल हाइड्रोपावरको आइपीओलाई इक्रा एनपी इस्यूअर त्रिपल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएलआइसी नेपालले ८८ प्रतिशत हकप्रद शेयर जारी गर्दै
मंसिर ७, २०८१ शुक्रबार
अपि पावरको साधारण सभाले पारित गर्यो ४९ मेगावाटमा लगानी गर्ने प्रस्ताव
कात्तिक १२, २०८१ सोमबार
विश्व लगानीकर्ता सप्ताह–२०२४ को अवसरमा प्रभु क्यापिटलद्वारा प्रशिक्षण कार्यक्रम सञ्चालन
कात्तिक ११, २०८१ आइतबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
कालीगण्डकी करिडोरले मुक्तिनाथ र लुम्बिनी जोड्दै
मंसिर ९, २०८१ आइतबार
आजको लागि विदेशी मुद्राको विनिमय दर
मंसिर ९, २०८१ आइतबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार