तेस्रो कोरा भक्तपुर साइक्लिङ च्यालेन्जमा विदेशीसहित ६०० को सहभागिता हुने
नेपालबहस संवाददाता
असार २९, २०८० शुक्रबार १३:५७:४
२९ असार, भक्तपुर । भक्तपुरलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय साइक्लिङ गन्तव्य बनाउने मुख्य लक्ष्यका साथ तेस्रो कोरा भक्तपुर साइक्लिङ च्यालेन्ज आयोजना गरिने भएको छ । आज भक्तपुरको रफत सञ्चार क्लबमा साइकल कनेक्ट संस्थाले आयोजना गरेको पत्रकार सम्मेलनमा यसबारे जानकारी दिँदै कार्यक्रमका संयोजक सुमित बालाले शनिबार बिहान ६ बजे भक्तपुरको ऐतिहासिक एवं सम्पदास्थल दरबार स्क्वायरबाट साइकल यात्रा सुरु हुने बताए ।
विगत तीन वर्षदेखि सफलतापूर्वक निरन्तर सञ्चालन हुँदै आएको कोरा भक्तपुर साइक्लिङ च्यालेन्जमा यस वर्ष छ सय साइकल यात्रीको सहभागिता रहने उनले जानकारी गराए । संयोजक बालाले भने, “भक्तपुरका साइकलप्रेमीहरूको टोलीसहित यस संस्थाको आयोजनामा साइक्लिङ च्यालेन्ज आयोजना गर्ने भएका हौँ, भक्तपुरलाई साइक्लिङ गन्तव्य बनाउन र टर्की र सिरियाको भूकम्प पीडितलाई सहयोग गर्ने लक्ष्यका साथ यो कार्यक्रम आयोजना गरेका हौँ, यसले अधिकांश भक्तपुरका पर्यटकीय क्षेत्रको साइकलबाटै यात्रा गराउनेर्छौं, यात्राका क्रममा दुई हजार एक सय मिटर उचाइसम्म यात्रा गरिनेछ ।”
साइकल यात्रा बिहान ६ बजे भक्तपुरको दरबार स्क्वायरबाट सुरु भएर सिद्धपोखरी, सल्लाघारी, नयाँ ठिमी, बहाखा बजार, बोडे, नीलबाराही, बेँसीगाउँ, दुवाकोट, चाँगुनारायण, त्रिशूल डाँडा, तेलकोट, नगरकोट, थाकलमाथ, खावा, नाला गुम्बा, भङ्गाल, लटरम्बेश्वर, साँगा, खाल्चोक, आशापुरी, रानीकोट, गुण्डु, गाम्चा, बिरुवा, सिरुटार, बालकोट, लोकन्थली, कौशलटार, सानोथिमि हुँदै पुनः भक्तपुर दरबार क्षेत्रमा साँझ ७ बजे समापन गर्दै मनोरञ्जनात्मक कार्यक्रमसमेत गरिने संयोजक बालाले बताए ।
भक्तपुर कोरा २०२३ नाम दिइएको, कार्यक्रममा साइकलबाट ५०, ७५ र १०० किलोमिटरका तीनवटा रुटमा साइकल यात्रा हुने जानकारी कोरा मास्टर सुनिल ख्याजुले बताउनुभयो । च्यालेन्जअन्तर्गत हुने ५० किलोमिटर, ७५ किलोमिटर र एक सय किलोमिटरको च्यालेन्जमा ५०महिला सहित करिब छसय जनाको सहभागिता रहने उनले बताए ।
च्यालेन्जमा भक्तपुर, काठमाडौँ, ललितपुर, बनेपा, पनौती, पोखरा, तनहुँ, धरान, भैरहवा, सुर्खेत, नेपालगञ्ज, वीरगञ्ज, चितवन, नवलपरासी, बुटवललगायत सहरहरूबाट साइकलयात्रामा सहभागी हुने भएका छन् भने अमेरिका, र युरोपेली राष्ट्रका विदेशी साइकल यात्रीहरुको समेत सहभागिता रहने भएको छ । साइकल कनेक्ट भक्तपुरका अध्यक्ष निर्जला कोजूले च्यालेन्जको समापनमा ५०, ७५ र एक सय किलोमिटरको च्यालेन्ज पूरा गर्ने सहभागीलाई पदक वितरण गरिने बताउनुभयो । च्यालेन्जलाई विभिन्न व्यावसायिक एवं सामाजिक सङ्घसंस्थाले सहयोग गर्ने भएका छन् ।
कार्यक्रममा रफत सञ्चार क्लबका अध्यक्ष सुशीलबन्धु थापाले साइकल यात्राले भक्तपुरको पर्यटनको विकासमा समेत ठूलो टेवा पु¥याउने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतीनै तहका सरकारको समन्वयमा पुनः निर्माण : मुख्यमन्त्री लामा
मंसिर १, २०८१ शनिबार
बागमतीका मुख्यमन्त्री लामालाई माओवादीको ध्यानाकर्षणपत्र
कात्तिक २८, २०८१ बुधबार
बागमती प्रदेशमा भागबण्डा मिलाउन फुटाइयो मन्त्रालय
कात्तिक २७, २०८१ मंगलबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
फिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
अडानीलाई केन्यामा झट्का, एक अर्ब ८२ करोड डलरको सम्झौता रद्द
मंसिर ८, २०८१ शनिबार
काठमाडौं उपत्यकाको बागमती कोरिडोर क्षेत्रको बाढीबस्तीमा सरकारको अझै पुगेन ध्यान
मंसिर ८, २०८१ शनिबार
विभिन्न कार्यक्रमहरु गरी गरिमा विकास बैंकले मनायो १८औं वार्षिकोत्सव
मंसिर ८, २०८१ शनिबार
बीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
विशेष अदालतबाट न्यायीक फैसला नभएको भन्दै विभिन्न मुद्दा लिएर सर्वोच्च गयो अख्तियार
मंसिर ८, २०८१ शनिबार