सुरु हुने भयो रामनाथ मुखियाको उपचार, आजै दिल्ली जाँदै
नेपालबहस संवाददाता
असार २९, २०८० शुक्रबार १४:२८:०
२९ असार, जनकपुरधाम । आर्थिक अभावमा पाँच वर्षदेखि उपचारयबिहीन भएका महोत्तरी लोहरपट्टि नगरपालिका-९ बिनका रामनाथ मुखियाको अब भने उपचार हुने भएको छ । दश÷बाह्र वर्षको उमेरदेखि हर्मोनमा गडबडी हुँदा सुन्निने र शरीर फुल्ने रोगबाट पीडित उनी पछिल्लो समय आर्थिक अभावमा उपचार नगरी बसेका थिए ।
करिब तीन बिघा जमिन र लाखौँ ऋण काडेर उपचार गर्दा पनि छोरालाई सञ्चो नभएपछि तनावमा रहे ७० वर्षीय बुबा उत्तिममानको आग्रहपछि इन्डो-नेपाल इन्डो फोरमले मुखियाको उपचारका लागि पहल गरेको हो ।
फोरमका उपाध्यक्ष डा. पिके ठाकुरले आफूहरुको पहल तथा वीरगञ्जस्थित रहेको भारतीय महावाणिज्य दूतावासको सिफारिसमा भारतको दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान 'एम्स' मा उपचार हुन लागेको जानकारी दिए ।
उनका अनुसार एम्सले मुखियाको उपचारका लागि सहयोग गर्ने बताएको छ । “डाक्टर्स फोरमले पहल गरेपछि भारतीय महावाणिज्य दूतावास, वीरगञ्जले एम्स उच्च व्यवस्थापन पक्षसँग छलफल गरी सिफारिस पत्र बनाइदिएको छ । सो पत्रका आधारमा सकेसम्म निःशुल्क र नभए न्यूनतम दस्तुरमा उपचार हुने जानकारी पाएका छौँ”, डा. ठाकुरले रासससँग भने ।
रामनाथका बुबा उत्तिममान मुखियाले पनि महावाणिज्य दूतावासको पत्र प्राप्त भएको र शुक्रबार नै छोरालाई लिएर भारतको राजधानी नयाँदिल्ली जान लागेको जानकारी दिए ।
“धेरै कुरा त राससले यसअघि नै लेखिसकेको छ । भएको सम्पत्ति सकिएपछि हार खाएर उपचार गर्न छोडेका थियौँ । छोराको स्वास्थ्य समस्या झनझन बल्झिँदै गएपछि धेरै ठाउँ चाहर्दा पनि कतैबाट सहयोग पाएका थिएनाँै”, मुखियाले भने, “राससले समाचार लेखेको र डा. ठाकुरले चासो राखेपछि अहिले उपचारको लागि पहल भएको छ र आजै उपचारका लागि जाँदैछौँ ।”
७० वर्षीय उत्तीममानले छोरा रामनाथको उपचारका लागि गरेको सङ्घर्ष र आर्थिक अभावमा भोग्नुपरेको समस्याका बारेमा राससमा ‘उत्तिममानको पीडाः उपचारमै सकियो सम्पत्ति’ भनेर यसअघि समाचार प्रकाशित भएको थियो ।
उत्तिममानले बताएअनुसार माइलो छोरा रामनाथ मुखियालाई दश÷बाह्र वर्षको उमेरदेखि हर्मोनमा गडबडी हुँदा सुन्निने र शरीर फुल्ने रोग लाग्यो । उपचारका लागि सम्भव भएसम्म नेपालका सबै अस्पताल र पछि छिमेकी भारतीय सीमामा रहेका धेरै अस्पताल पु¥याए पनि रोग निको भएको थिएन । पुर्खाबाट अंशमा पाएको करिब तीन बिघा जमिन र साहुँ महाजनबाट चक्रीय ब्याजदरमा लाखाैँ ऋण लिएर उपचार गर्दा मुखिया परिवार समस्या छ ।
“मैले उपचारका लागि हरसम्भव प्रयास गरे । जायजेथा बेचे, ऋण काँडे । अरु छोराहरुको कमाइ पनि उपचारमै खर्च गरे । आखिर बाबु न हुँ, उसको दुःख र छटपटाहट कसरी हेरिबस्नु १ अहिले रित्तो छु, सम्पत्तिको नाममा केही बाँकी छैन”, आँखाभरि आँसु टिलपिलाउँदै उनले भनेका थिए ।
पाँच वर्षअघि डाक्टरले मासिक ३० हजार भारतीय रुपैयाँ पर्ने सान्डोस्टाटिन एलएआर नामक सुई लगाउन सिफारिस गरेका थिए तर पाँच वर्षअघि सुरु गर्नु भनिएको उपचार आर्थिक अभावमा अहिलेसम्म पनि सुरु हुन सकेको छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदशैं, तिहार र छठमा ५ करोडको फूल किनबेच
कात्तिक २६, २०८१ सोमबार
छठ पर्वको मुख्य दिन आज, अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ दिइँदै
कात्तिक २२, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
आजबाट खुलेको धरहरा चढ्न सर्वसाधारणको भीड
मंसिर ९, २०८१ आइतबार
काठमाडौंको ‘शान्तिधाम’मा आन्तरिक र बाह्य पर्यटक बढ्दै
मंसिर ९, २०८१ आइतबार
चित्रलेखा यादव अस्ट्रेलियाको राजदूतमा नियुक्त
मंसिर ९, २०८१ आइतबार
पाकिस्तानमा तीन दिनमा ८२ जनाको मृत्यु
मंसिर ९, २०८१ आइतबार
चितवन राष्ट्रिय निकुञ्जमा आउने पर्यटक घटे
मंसिर ९, २०८१ आइतबार