झापा ईनर्जीले सर्वसाधारणलाई आईपीओ निष्काशन गर्ने
नेपालबहस संवाददाता
असार २९, २०८० शुक्रबार १६:५९:२४
२९ असार, काठमाडौं । झापा ईनर्जी लिमिटेडले सर्वसाधारणलाई आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले ६,६६,६००÷– कित्ता शेयर निष्काशन गर्नको लागि निष्काशन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरेको छ ।
आज असार २९, गते शुक्रबार झापा ईनर्जी लिमिटेड पिङ्गलास्थानमा एक कार्यक्रमकाबीच कम्पनीले सिभिल क्यापिटल मार्केट शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो । सम्झौता पत्रमा झापा ईनर्जी लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक सुवास भट्टराई तथा सिभिल क्यापिटल मार्केट लिमिटेडका तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत शोभना घिमिरेले हस्ताक्षर गरे ।
कार्यक्रममा झापा ईनर्जी लिमिटेडका वित्तीय परामर्शदाता कमल पनेरु, व्यवस्थापक तथा वित्त प्रबन्धक सरोज श्रेष्ठ र सिभिल क्यापिटल मार्केट लिमिटेडका अधिकृत इन्दिरा न्यौपानेको पनि उपस्थिती रहेको थियो ।
सर्वसाधारणका (स्थानीय, कर्मचारी, वैदेशिक रोजगारीमा रहेका नेपाली सहित) लागि जारी हुने शेयर छ करोड छैंसट्ठी लाख साट्ठी हजार रुपैयाँ रकम बराबरको छ लाख छैंसट्ठी हजार छ सय कित्ता शेयर सर्वसाधारणमा निष्काशन गर्नका निम्ति नेपाल धितोपत्र बोर्ड समक्ष आवश्यक प्रक्रिया पुरा गरी शेयर निष्काशनको लागि आवेदन दिने योजना रहेको छ ।
यस कम्पनीले शिवसताक्षी–४ झापामा १० मेगावाटको ग्रिड जडान सौर्य ऊर्जा आयोजनाले निर्माण गरिरहेको, आयोजना कम्पनीको बिकास गर्न २२ बिघा जग्गा खरिद गरेको जानकारी कम्पनीका वित्तीय परामर्शदाता कमल पनेरुजीले दिए । आयोजनाको हालसम्म ८० प्रतिशत भौतिक कार्य प्रगति हासिल भएको छ र आयोजना आश्विन २०८० मा सुरु हुने अपेक्षा गरिएको छ ।
निर्माण अवधिको ब्याज -IDC_ सहित कुल परियोजना लागत NPR 79.90 करोड छ । आयोजना निर्माणका लागि माछापुच्छ्रे बैंक लिमिटेड र हिमालयन बैंक लिमिटेड (साविक सिभिल बैंक लिमिटेड) को नेतृत्वमा रहेको कन्सोर्टियमले ५९ करोड ९० लाख रुपैंया आर्थिक सहयोग गरिनेछ ।
साथै कम्पनीले नेपाल विद्युत प्राधिकरणसँग २५ वर्षके लागि प्रतियुनिट ७.३० रुपैँयामा विद्युत खरिद सम्झौता (पीपीए) गरेको छ । Total annual contract energy १७.६१ GWh रहेको छ । ९६० मिटर ३३ केभीए प्रसारण लाईनबाट सञ्चालनमा रहेको प्राधिकरणको पाँचगाँची (बुलुचोक) सबस्टेसनबाट विद्युत निकालिनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएलआइसी नेपालले ८८ प्रतिशत हकप्रद शेयर जारी गर्दै
मंसिर ७, २०८१ शुक्रबार
अपि पावरको साधारण सभाले पारित गर्यो ४९ मेगावाटमा लगानी गर्ने प्रस्ताव
कात्तिक १२, २०८१ सोमबार
विश्व लगानीकर्ता सप्ताह–२०२४ को अवसरमा प्रभु क्यापिटलद्वारा प्रशिक्षण कार्यक्रम सञ्चालन
कात्तिक ११, २०८१ आइतबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
आजको लागि विदेशी मुद्राको विनिमय दर
मंसिर ९, २०८१ आइतबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार