हराएको दुई सातापछि जङ्गलमा शव, मृतकको भिसेरा जाँच हुने
नेपालबहस संवाददाता
असार २९, २०८० शुक्रबार २३:३१:२१
२९ साउन, भक्तपुर । घरबाट हराएको दुई सातापछि सूर्यविनायक नगरपालिका–७ गुण्डू निवासी ३७ वर्षीया माया नगरकोटीको शव प्रहरीले सूर्यविनायक जङ्गलमा फेला पारेको छ ।
यही असार १३ गते बुधबार बिहान साढे ८ बजे माया घरबाट हराएकी भन्दै परिवारले प्रहरीमा जाहेरी दिएपछि प्रहरीले तालिमप्राप्त कुकुरसहित विभिन्न निकायमा प्रहरीको टोली परिचालन गरी खोजीकार्य गर्ने क्रममा गुण्डू अस्थायी प्रहरी पोष्टबाट खटिएका प्रहरीले जङ्गलमा शव फेला पारेको प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक प्रजित केसीले जानकारी दिए ।
प्रहरीले नगरकोटीको खोजीका क्रममा अन्तिम पटक सूर्यविनायक गणेश मन्दिरबाट पानीट्याङ्की हुँदै मन्थलीको बाटो जाँदै गरेको सिसिटिभीबाट देखिएपछि प्रहरीले जङ्गलमा खोजी केन्द्रीत गरेको थियो । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीयवासी लगायत चार वटा तालिमप्राप्त कुकुरसहित प्रयोग गरी प्रहरीले खोजी गरेको उनले जानकारी दिए ।
प्रहरी उपरीक्षक केसीले शवलाई पोष्टमार्टमका लागि पठाएको जानकारी दिँदै मृतकका भिसेरा जाँचसमेत गर्न पठाएको बताए । त्यसको रिपोर्ट आएपछि मात्रै के र कसरी मृत्यु भयो भन्ने जानकारी आउने उनले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतीय कारको ठक्करबाट स्कुटर चालकको मृत्यु
पुष ८, २०८१ सोमबार
रोशीका वडाध्यक्ष लामाको निधन
पुष ८, २०८१ सोमबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
भारतीय कारको ठक्करबाट स्कुटर चालकको मृत्यु
पुष ८, २०८१ सोमबार
बाबुछोराको हत्या आशंकामा अनुसन्धान तीव्र
पुष ८, २०८१ सोमबार
सीपमूलक तालिममा सहभागी राउटे युवती
पुष ८, २०८१ सोमबार
परराष्ट्रमन्त्री डा राणा स्वदेश फिर्ता
पुष ८, २०८१ सोमबार
बंगलादेशमा हसिनाको परिवारमाथि ५ अर्ब डलरको भ्रष्टाचार अनुसन्धान सुरु
पुष ८, २०८१ सोमबार