चलचित्र ‘बगान’ हेर्दा रसाए एकल आमाको आँखा
नेपालबहस संवाददाता
असार ३०, २०८० शनिबार ९:२८:४८
३० असार, काठमाडौं । शुक्रबारदेखि प्रदर्शन सुरु भएको नेपाली फिल्म ‘बगान’ हेर्न एकल आमा हलसम्म आएका छन् । पहिलो दिन अन्य दर्शकको तुलनामा एकल आमा र महिलाको उपस्थिति हलमा धेरै देखियो । उनीहरुले फिल्म हेरेपछि आफ्नै जीवनलाई पर्दामा देखेको प्रतिक्रिया दिए । निर्माण समुहका तर्फबाट गीतकार तथा निर्माता सुरेश वाग्ले, निर्देशक तथा कलाकार सरोज खनाल, अभिनेत्रीद्वय करिश्मा मानन्धर र प्रमिला कार्की उपत्यकाका विभिन्न हलमा पुगेका थिए ।
कतिपय स्थानमा दर्शकलाई फकाउन उनीहरूलाई हम्मेहम्मे पर्यो । राइजिङ मलमा रहेको क्युज सिनेमाजमा फिल्म हेरेर निस्किदै गरेकी एकल आमा विमला पराजुलीले पर्दामा आफ्नो जीवनलाई देखेको बताइन् । उनले भनिन्,‘यो हाम्रै कथा रहेछ । यस्तै भोगाई धेरैको छ । यसले दिएको संदेश समाजसँगै परिवारका सदस्यले ग्रहण गर्न सके परिवर्तन सम्भव छ ।’
अधिकांश एकल आमाले समाजमा फिल्म देखिएको जस्तो पात्र आवश्यक रहेको प्रतिक्रिया दिएका थिए । फिल्म हेर्दा हेर्दा रोइरहेका दर्शकले आफ्नै अगाडि चलचित्रका कलाकारहरू देख्दा देखिएको दृश्य अकल्पनीय थियो । अभिनेत्री मानन्धरको अँगालोमा रुने महिलाहरु एकातर्फ थिए भने अभिनेता तथा निर्देशक खनालसँग पुरुष भनेको तपाईंजस्तै हुनुपर्छ भन्दै भक्कानिएका अर्कोतर्फ थिए । उनीहरुले आफ्नै कथामा चलचित्र बनाएको धन्यवाद व्यक्त गरे भने एकल आमाले हुर्काएका छोराछोरीले आफ्नो जिम्मेवारी बोध गराईदिएको बताए ।
विधवा आमाको खुशी जीवनको लागि आमाको विवाह गराउने छोरीको भूमिकामा रहेकी अभिनेत्री कार्कीलाई पनि आमाहरु र छोरीहरूले स्याबासी दिएका थिए । डेब्यू नायिका कार्कीको अभिनयलाई लिएर दर्शकले प्रशंसा गरेका छन् । पहिलोपटक चलचित्रमा देखेको भए पनि उनको अभिनय नयाँ नलागेको बताउँदै छिट्टै अर्को फिल्ममा हेर्न चाहेको प्रतिक्रियाबाट कार्की दंग थिइन् ।
दर्शकसँग साक्षात्कर गर्न भक्तपुरको भाटभटेनीमा रहेको क्युएफएक्स सिनेमा, दरबारमार्गको राईजिङ मलमा रहेको क्युज सिनेमा र पुल्चोकको लबिम मलमा रहेको क्युएफएक्स सिनेमाज र कमलपोखरीस्थित सिटी सेन्टरमा रहेको बिग मुभिजमा कलाकारहरू पुगेका थिए ।
अभिनयका पारङ्गत अभिनेता सरोज खनालले प्रथम पटक निर्देशन गरेको ‘बगान’मा करिश्मा मानन्धर, आकाश श्रेष्ठ, प्रमिला कार्की, नीर शाह, बसुन्धरा भुषाल र मिथिला शर्मा लगायतको अभिनय रहेको छ । निर्देशक खनालको पनि यसमा प्रमुख भूमिका छ । अभिनेत्री कार्कीले यहि फिल्मबाट अभिनयमा डेब्यु गरेकी हुन् ।
निर्देशक खनालले प्रिमियर झैँ दर्शकबाट सकारात्मक प्रतिक्रिया पाउँदा खुशी व्यक्त गरे । उनले भने,‘यसको प्रभावले केहि जीवनलाई पनि स्वतन्त्र बनायो भने हामी सफल हुन्छौं । हलसम्म आउनुभएको परिवारका सम्पूर्ण सदस्यले एकल आमाको खुशीको बारेमा सोच्नु हुनेछ । उहाँहरुको धन्यवाद र आशिर्वाद हाम्रो लागि ठुलो सफलता हो ।’
स्वप्निल नीरवको कथामा आधारित फिल्म नेपाली वेबसाइट डटकमको प्रस्तुतीमा बनेको हो । यसका निर्माता सुरेश वाग्ले हुन् भने कार्यकारी निर्माता विनोद मानन्धर हुन् । यसमा गौरीशंकर धुजुको डिओपी, उत्सव दाहाल र नारायण जिसीको छायांकन, सन्देश शाहको सम्पादन, समिर मियाँको भि।एफ।एक्स। तथा रेनिश फागोको कलर करेक्शन रहेको छ । ब्याकराउन्ड स्कोर सुजिल कर्माचार्य र साउन्ड मिक्सिंग मुकेश शाहको रहेको छ ।
‘बगान’को वितरण रिच इन्टरटेन्मेन्ट र डिसिएनले काठमाडौं उपत्यका र मोफसलमा एफडी कम्पनीले गर्दैछ । ‘बगान’ देशभरका १०० भन्दा बढि हलमा १५० भन्दा बढि शो सङ्ख्या सहित चलिरहेको वितरक करण श्रेष्ठले जानकारी दिए । उनले भने,‘वर्षातका बाबजुद पहिलो दिनको व्यापार राम्रो छ । हलसम्म आउनु भएका दर्शकले राम्रो प्रतिक्रिया दिनुभएको छ । यसको व्यापार बढ्नेमा दुईमत छैन । स-परिवार हेर्न आउने क्रम बढेको छ ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुसमा दुई स्वदेशी चलचित्र प्रदर्शन हुने
मंसिर ३०, २०८१ आइतबार
‘फिरफिरे फिरिरी' माघ ४ गतेबाट प्रदर्शनमा आउने
मंसिर ३०, २०८१ आइतबार
चलचित्र विकास बोर्डले दश चलचित्र ‘डिजिटाइजेसन’ गर्ने
मंसिर २८, २०८१ शुक्रबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
पोखराविरुद्ध ५ रनको जित निकाल्दै सुदूरपश्चिम रोयल्सले सुनिश्चित गर्यो प्लेअफमा स्थान
मंसिर ३०, २०८१ आइतबार
बङ्गलादेशमा व्यापक मानव अधिकार उल्लङ्घनको आरोप लागेको एउटा प्रहरी एकाइ बन्द गर्न सिफारिस
मंसिर ३०, २०८१ आइतबार
बुर्किना फासोनजिकै भएको आक्रमणमा ३९ जनाको मृत्यु
मंसिर ३०, २०८१ आइतबार
कर्णाली समृद्धिको आधार बन्दै सडक, स्याउ र जडीबुटीले पाउन थाल्यो बजार
मंसिर ३०, २०८१ आइतबार
उद्योगमन्त्री भण्डारी दक्षिण कोरिया प्रस्थान
मंसिर ३०, २०८१ आइतबार