गोप्य विवाह गरेका सैफ अली र अमृताको सम्बन्ध किन टुट्यो ?
नेपालबहस संवाददाता
असार ३०, २०८० शनिबार ९:५२:३९
३० असार, मुम्बइ । अमृता सिंह र सैफ अली खानको सम्बन्ध सन् २००४ मा टुटेको थियो, जबकी सन् १९९१ मा दुवैले गोप्य विवाह गरेका थिए । यसरी दुवैको सम्बन्ध १४ वर्ष मात्र टिक्यो ।
तर, यति धेरै माया हुँदाहुँदै पनि के भयो कि दुईको सम्बन्ध नराम्रोसँग टुट्यो भन्ने अझै खुल्दुली मानिसहरुलाई लागिरहेको छ । जब तिनीहरूको सम्बन्ध विच्छेद भइरहेको थियो, तिनीहरूको मन एक अर्का प्रति घृणा र क्रोधले भरिएको थियो। उनीहरुको बीचमा आएकी एक मोडेलले उनीहरुको जिन्दगीको पुरै खेल बिगारेको बताउँदै आइएको छ, जो विदेशी मोडल रोजा थिइन् ।
भनिन्छ, छोरी सारा अली खानको जन्म पछि मात्रै सैफ र अमृताको सम्बन्धमा दरार आएको थियो तर कुनै न कुनै रूपमा दुवैले यो सम्बन्ध कायम नै राखिरहेका थिए तर जब छोरा इब्राहिम अली खानको जन्म भयो तब कुराहरु क्रमशः बिग्रँदै गयो । रिपोर्टका अनुसार त्यतिबेला सैफ अली खान विदेशी मोडल रोजासँग प्रेममा परेका थिए, बिस्तारै उनीहरुको नजिक हुन थालेका थिए । त्यसपछि मिडियामा पनि यसको खबर आयो र फिल्म म्यागजिनमा उनीहरुको अफेयरको चर्चा परिचर्चासमेत हुन थाल्यो ।
जब अमृतालाई यो कुरा थाहा पाइन, उनी निकै आक्रोशित भइन् । त्यतिबेला दुवैबीच ठुलै झगडासमेत भएको थियो । दुवैले केही समय दुःख पाए तर पछि एक अर्का प्रति रिसाएर अन्ततः सम्बन्ध विच्छेद गर्ने निर्णयमा पुगे । सन् २००४ मा अदालतले उनीहरुलाई कानुनी रुपमा नै अलग गरेको थियो । त्यतिबेला अमृताले पाँच करोड भारु पाएकी थिइन् ।
सम्बन्धविच्छेदपछि अमृताले सन्तानलाई एक्लै हुर्काएकी थिइन् भने सैफ रोजासँग लिभ इन रिलेशनशिपमा बस्न थालेका थिए तर यो सम्बन्ध पनि लामो समय टिक्न सकेन । चाँडै यो पनि समाप्त भयो र केही वर्षपछि सैफको जीवनमा करीना कपुर आइन् । अहिले सैफ अली करिनासँग बिबाह गरेर बसेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुष्पा-२ ले पहिलो दिन नै २०० करोड कमाउने प्रक्षेपण, १२ हजार स्क्रिनमा देखिने
मंसिर १६, २०८१ आइतबार
ऐश्वर्या रायले आफ्नो नामबाट बच्चन उपनाम किन हटाइन् ?
मंसिर १४, २०८१ शुक्रबार
विवाहको ५ महिनापछि सोनाक्षी सिन्हाले खुलासा गरिन् ठूलो रहस्य
मंसिर १२, २०८१ बुधबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मुलुङ–५ मा एमाले उम्मेदवारलाई सुरुवाती अग्रता
मंसिर १६, २०८१ आइतबार
एसिया कपमा बंगलादेशसँग नेपाल ५ विकेटले पराजित
मंसिर १६, २०८१ आइतबार
रौतहटको ईशनाथ-७ मा कांग्रेसका अब्दुल विजयी
मंसिर १६, २०८१ आइतबार
बर्दियाको ठाकुरबाबा-४ मा कांग्रेसका थारू विजयी
मंसिर १६, २०८१ आइतबार
दैलेखको दुल्लुमा एमाले विजयी, ३ मतले हार्याे कांग्रेस
मंसिर १६, २०८१ आइतबार
डोटीको पूर्वीचौकी गाउँपालिका–६ मा कांग्रेस विजयी
मंसिर १६, २०८१ आइतबार
२० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मोलुङ-५ मा एमालेका तामाङ विजयी
मंसिर १६, २०८१ आइतबार