बलिउडका चर्चित अभिनेता रविन्द्र महाजनीको निधन
नेपालबहस संवाददाता
असार ३०, २०८० शनिबार १४:३३:५४
३० असार, मुम्बई । बलिउडका चर्चित अभिनेता रविन्द्र महाजनीको निधन भएको छ । उनी पुणेको अम्बी गाउँमा भाडाको फ्ल्याटमा बस्दै आएका थिए । उनी त्यही फ्ल्याटमा मृत फेला परेका थिए । रविन्द्र ७७ वर्षका थिए । उनी अक्सर यही फ्ल्याटमा बस्न आउने गर्थे ।
घरबाट दुर्गन्ध आएपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प्रहरी घटनास्थल पुगेको थियो । प्रहरीले फ्ल्याटको ढोका खोल्दा रविन्द्र मृत अवस्थामा रहेको भेटिएको थियो । । रवीन्द्रको मृत्यु दुई–तीन दिन अघि भएको हुनसक्ने प्रहरीको अनुमान छ । यसबारे महाजनीका आफन्तलाई जानकारी गराइएको छ ।
प्रहरीका अनुसार रविन्द्र महाजनी मुम्बईका बासिन्दा थिए । उनी करिब ८ वर्षदेखि तलेगाउँ दाभाडेको अम्बीस्थित जरबिया सोसाइटीमा भाडाको अपार्टमेन्टमा एक्लै बस्दै आएका थिए । शुक्रबार साँझ करिब ४ः३० बजे अपार्टमेन्टबाट दुर्गन्ध आए पछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि तलेगाउँ एमआईडीसी प्रहरी चौकीको टोली घटनास्थलमा पुगेर अपार्टमेन्ट भित्रबाट ताला लगाएको फेला पारेको थियो । स्थानीय बासिन्दाको उपस्थितिमा प्रहरीले ढोका तोडेर भित्र रविन्द्रको शव फेला पारेको थियो ।
रविन्द्र महाजनी अभिनेता गश्मिर महाजनीका पिता थिए । रविन्द्रले हिन्दी सिनेमासँगै मराठी फिल्ममा पनि काम गरेका थिए । उनलाई मराठी फिल्म उद्योगका विनोद खन्ना पनि भनिन्छ। किनभने उनको व्यक्तित्व र लुक्स दुवै विनोद खन्नासँग मिल्दोजुल्दो थियो । अभिनयका साथसाथै रविन्द्रले धेरै मराठी फिल्मको निर्देशन पनि गरेका थिए ।
अमिताभ बच्चन स्टारर सात हिन्दुस्तानीमा रविन्द्र महाजनीले प्रहरी निरीक्षकको भूमिका निभाएका थिए । यो उनको पहिलो बलिउड फिल्म थियो । त्यसपछि उनले मराठी फिल्म आराम हराम आहे, दुनिया करी सलाम, हल्दी कुंकुमा अभिनय गरे। यस बाहेक उनले मुम्बई चा फौजदार झुंज, कलात नकालत मा काम गरेका थिए । उनको फिल्म ‘लक्ष्मीची पावले’ ब्लकबस्टर भएको थियो । सन् २०१५ मा उनले फिल्म ‘के राव तुम्ही’ बाट कमब्याक गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुष्पा-२ ले पहिलो दिन नै २०० करोड कमाउने प्रक्षेपण, १२ हजार स्क्रिनमा देखिने
मंसिर १६, २०८१ आइतबार
ऐश्वर्या रायले आफ्नो नामबाट बच्चन उपनाम किन हटाइन् ?
मंसिर १४, २०८१ शुक्रबार
विवाहको ५ महिनापछि सोनाक्षी सिन्हाले खुलासा गरिन् ठूलो रहस्य
मंसिर १२, २०८१ बुधबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मुलुङ–५ मा एमाले उम्मेदवारलाई सुरुवाती अग्रता
मंसिर १६, २०८१ आइतबार
एसिया कपमा बंगलादेशसँग नेपाल ५ विकेटले पराजित
मंसिर १६, २०८१ आइतबार
रौतहटको ईशनाथ-७ मा कांग्रेसका अब्दुल विजयी
मंसिर १६, २०८१ आइतबार
बर्दियाको ठाकुरबाबा-४ मा कांग्रेसका थारू विजयी
मंसिर १६, २०८१ आइतबार
दैलेखको दुल्लुमा एमाले विजयी, ३ मतले हार्याे कांग्रेस
मंसिर १६, २०८१ आइतबार
डोटीको पूर्वीचौकी गाउँपालिका–६ मा कांग्रेस विजयी
मंसिर १६, २०८१ आइतबार
२० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मोलुङ-५ मा एमालेका तामाङ विजयी
मंसिर १६, २०८१ आइतबार