इलाममा चियासम्बन्धी औपचारिक अध्यापन हुने
नेपालबहस संवाददाता
असार ३०, २०८० शनिबार १५:१६:२०
३० असार, मङ्गलबारे । नेपालमा चियाखेती सुरु भएको एक सय ६० वर्षपछि इलाममा चियासम्बन्धी औपचारिक अध्यापन हुने भएको छ । इलाम नगरपालिका–१ को साँखेजुङस्थित रत्नकुमार वान्तवा बहुप्राविधिक शिक्षालयमा चिया प्रविधिसम्बन्धी अध्यापन हुने भएको हो ।
चिया प्रविधि पढाइका लागि दुई वर्षे पाठ्यक्रम यसअघि नै स्वीकृत भइसकेको छ । पाठ्यक्रम विकास तथा स्तर निर्धारण महाशाखाले चियाको पाठ्यक्रम निर्माण गरेको थियो । पाठ्यक्रम निर्माणपछि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्बाट उक्त पाठ्यक्रम स्वीकृत भइसकेको शिक्षालयका प्रमुख दीपक खनालले जानकारी दिए ।
उनले चिया प्रविधि प्री–डिप्लोमा तह 'अप्रेन्टिशिप मोडालिटी' मा कक्षा सञ्चालन गर्ने तयारी गरिएको बताए । खनालका अनुसार इलाममा यो विषय अध्यापन सुरु भएपछि चियासँग सम्बन्धी किसानलाई सहजता हुने भएको छ । उनले कक्षा सञ्चालनको पत्र आउन बाँकी रहेको बताए । पत्र पाएपछि अध्यापन सुरु गरिने उनको भनाइ थियो ।
प्रमुख खनालका अनुसार विद्यार्थीले पहिलो तीन महिना शिक्षालयमा पाठ्यक्रमअनुसार अध्ययन गर्नेछन् भने बाँकी समय चिया उद्योगहरुमा चिया प्रविधिसम्बन्धी व्यावहारिक अभ्यास गराइने छ । चिया प्रविधि अध्यापनका लागि एक शैक्षिक सत्रमा २० देखि ४० जना विद्यार्थी समावेश हुने उनले जानकारी दिए । एसइई उत्तीर्ण गरेका विद्यार्थीले यो शिक्षामा सहभागी हुन पाउने उनको भनाइ थियो ।
सयौँ किसान यस क्षेत्रमा रहेको र हजारौँको रोजगारी हुने गरेको चियामा हालसम्म नेपालमा चियासम्बन्धी प्रविधिको पढाइ नहुनु दुखद भएको खनाले बताए। गुणस्तरीय तयारी चिया निर्माणका लागि भारतबाटै प्राविधिकहरु ल्याउनुपर्ने बाध्यता रहँदै आएको थियो । “चिया प्रविधि पढाइका लागि यो वर्ष कोशी प्रदेशस्थित सामाजिक विकास मन्त्रालयले सहयोग गर्ने भएको छ । मन्त्रालयको सहयोग हुन्जेल यहाँबाट शिक्षा लिने विद्यार्थीले बिनाखर्च अध्ययन गर्न पाउने छन्”, उनले भने ।
यसअघि सूर्योदय नगरपालिकाले माध्यमिक तहमा चिया विषयलाई पाठ्यक्रमका रूपमा लागू गर्ने योजना अघि बढाए पनि सफल भएको थिएन् । त्यस्तै झापाको मेची बहुमुखी क्याम्पसमा केही समयअघि यो विषयको अध्यापन सुरु भए पनि तीन वर्ष सञ्चालन पछि पठनपाठन रोकिएको थियो ।
विदेशमा चिया क्षेत्रमा छुट्टै अध्यापन हुने गरे पनि नेपालमा भने भर्खरै सुरु हुन लागेको हो । नेपाली श्रमिकले चिया टिप्ने, उद्योगमा सामान्य काम गर्ने गरेका छन् । जानीनजानी काम गर्ने गरेको भए पनि अब विषयगत रुपमा नै अध्यापन हुन लागेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
दशैँ अगाडी उखु र दूग्ध किसानको बक्यौता रकम भुक्तानी गर्न २ अर्ब निकासा
असोज ११, २०८१ शुक्रबार
कृषि कर्ममा रमाउँदै टेम्केमैयुङका युवा
असोज ११, २०८१ शुक्रबार
इजरायल र हिजबुल्लाहको विवाद : को हुन् हसन नसरल्लाह ?
असोज १३, २०८१ आइतबार
प्रचण्डले गरे ‘साहसी युवा’ चणिकलाल तामाङको सम्मान
असोज १३, २०८१ आइतबार
आज यी ठाउँहरुमा हुनेछ ठूलो वर्षा, सतर्कता अपनाउन आग्रह
असोज १३, २०८१ आइतबार
ओमानविरुद्ध नेपालले पहिला ब्याटिङ गर्दै
असोज १३, २०८१ आइतबार
झ्याप्ले खोलामा पहिरो हटाइयो, ४८ घण्टापछि सडक दुईतर्फी खुल्यो
असोज १३, २०८१ आइतबार
कोशी ब्यारेजमा दुईतर्फी यातायात सुचारु
असोज १३, २०८१ आइतबार
प्रधानमन्त्री ओली स्वदेश फर्किदै, अमेरिकाबाट कतार प्रस्थान
असोज १३, २०८१ आइतबार
बाढीले अवरुद्ध बनेको खानेपानी आपूर्ति सोमबारदेखि सञ्चालन हुने
असोज १३, २०८१ आइतबार
बाढीपहिरो र डुबानमा परी देशभर १ सय ७० जनाको मृत्यु, ४२ जना अझै बेपत्ता
असोज १३, २०८१ आइतबार