स्वार्थ समूह र केही दलका नेताले मिटरब्याज सम्बन्धी विधेयक रोक्न षडयन्त्र गरिहेका छन्ः कानुनमन्त्री गुरुङ
नेपालबहस संवाददाता
असार ३०, २०८० शनिबार २१:०:४२
३० असार, काठमाडौं । कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले मिटर ब्याजसम्बन्धी प्रतिस्थापन विधेयक जारी हुन नदिन विभिन्न षडयन्त्रहरू भइरहेको बताएका छन् । उनले विभिन्न स्वार्थ समूहको षडयन्त्रका बीच पनि संसदको यही अधिवेशनबाट पारित गर्ने बताएका छन् ।
काठमाडौंमा शनिबार भएको कांग्रेसनिकट तमु संघ वाग्मती प्रदेशको भेलालाई सम्बोधन गर्दै मन्त्री गुरुङले मिटरब्याज पीडितहरूलाई न्याय दिने विषयमा कांग्रेस र गठबन्धन सरकार प्रस्ट रहेको बताए । उनले मिटरब्याज सम्बन्धी प्रतिस्थापन विधेयक रोक्न विभिन्न षड्यन्त्रहरु भइरहेको भन्दै अब त्यस्ता षड्यन्त्रले सरकारलाई रोक्न नसक्ने बताए ।
‘सरकारले मिटरब्याज पीडितलाई न्याय दिलाउन अध्यादेश ल्यायो । तर त्यसलाई संसद्बाट प्रतिस्थापन विधेयक ल्याउन नदिन कसले कसरी षड्यन्त्र गर्यो ? त्यो सबैलाई प्रस्टै छ,’ उनले अघि भने, ‘भ्रष्टाचारको फाइल खोल्न थालेको सरकार नै ढल्छ भनेर यताउता षड्यन्त्र भइरहेको छ । तर हामीलाई सरकारमा हौँला वा नहौँला भनेर चिन्ता छैन । हामी जनताको पक्षमा काम गर्न प्रतिबद्ध छौँ । जसले जसरी षड्यन्त्र रचे पनि सरकार मिटरब्याज सम्बन्धी प्रतिस्थापन विधेयक पारित गर्न प्रतिबद्ध छ ।’
उनले दुई÷तीन दिनभित्रै मिटरब्याज सम्बन्धी विधेयक संसदमा पेस हुने र पारित हुने बताए । मन्त्री गुरुङले सुशासन कायम गर्न र भ्रष्टाचारको अन्त्यका लागि अहिलेको गठबन्धन सरकार प्रतिबद्ध रहेको बताए ।
‘अहिले सरकारले भ्रष्टाचारका फाइल खोलिरहेको छ । यो बालुवाटारमा गठबन्धनको बैठकबाट निर्णय भएर मुलुकमा सुशासन कायम गर्ने, भ्रष्टाचारको अन्त्य गर्ने र भ्रष्टाचारका सबै फाइलहरू खोल्ने काम थालिएको हो,’ उनले भने ।
नेपालको लोकतान्त्रिक आन्दोलनमा गुरूङ समुदायको उल्लेख्य योगदान गरेको स्मरण गर्दै मन्त्री गुरूङले अझै पनि लोकतन्त्रको स्थायित्व, स्थायी शान्ति र विकासका लागि संघर्ष निरन्तर गर्नुपर्ने अवस्था रहेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपरराष्ट्रमन्त्री डा राणा स्वदेश फिर्ता
पुष ८, २०८१ सोमबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
भारतीय कारको ठक्करबाट स्कुटर चालकको मृत्यु
पुष ८, २०८१ सोमबार
बाबुछोराको हत्या आशंकामा अनुसन्धान तीव्र
पुष ८, २०८१ सोमबार
सीपमूलक तालिममा सहभागी राउटे युवती
पुष ८, २०८१ सोमबार
परराष्ट्रमन्त्री डा राणा स्वदेश फिर्ता
पुष ८, २०८१ सोमबार
बंगलादेशमा हसिनाको परिवारमाथि ५ अर्ब डलरको भ्रष्टाचार अनुसन्धान सुरु
पुष ८, २०८१ सोमबार