बैतडीका कालिगड तथा कलाकर्मी पार्की प्रादेशिक प्रतिभा पुरस्कारबाट सम्मानित
नेपालबहस संवाददाता
असार ३१, २०८० आइतबार १०:५२:३७
३१ असार, काठमाडौं । कालिगड तथा कलाकर्मी जयबहादुर पार्की ललितकला विद्यातर्फको सुदूरपश्चिम प्रादेशिक प्रतिभा पुरस्कार २०७९ प्रदान गरिएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले शुक्रबार मन्दिर निर्माण तथा चित्र, मूर्ति, टुँडाल निर्माण तथा डिजाइन गरेको भन्दै पुरस्कार प्रदान गरेको हो ।
आज काठमाडौंको नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजित एक औपचारिक कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले पार्कीलाई पुरस्कार तथा सम्मानपत्र प्रदान गरेका उनका भाइ कृष्ण पार्कीले बताए । उनले सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा रहेका मन्दिरहरूको निर्माण, चित्र, मूर्ति, टुँडाल निर्माण तथा डिजाइनको काम गरेका छन् ।
पार्कीले बैतडीको पुर्चौडी नगरपालिका तल्लादेहिमा रहेको डिलाशैनी भगवती मन्दिर, दोगडाकेदार गाउँपालिका वडा न.८ कालागाउँमा रहेको मौैलिंग मन्दिर,लगायतका विभिन्न मन्दिरमा कलाको काम गरेको गरेका छन् ।
बैतडीको दोगडाकेदार गाउँपालिका वडा न. ८ कालागाउँ कटौजपानी बल्लेखोलामा जन्मनु भएका कालिगड पार्की हाल बिरामी भएर काठमाडाैंको बीर अस्पतालमा उपचारत छन् ।
पार्कीको अवस्था केही सुधार उन्मुख भए पनि अझै आइसीयु वेडमा नै उपचारत छन्। अझै स्वास्थ्य निको हुन् लामो समय लाग्ने अस्पतालले जनाएको छ। उनलाई गत वैशाख २८ गते धनगढीमा रहेको सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो । बिरामी परेका पार्कीको उपचार जारी रहेको बताइएको छ ।
उनी बिरामी भएको अवस्थामा समेत ललितकलातर्फको पुरस्कार प्राप्त भएपछि पार्कीले निकै खुसी भएको प्रकाश चिन्तनले बताए । पुरस्कारले आफूलाई कलाकर्मीको क्षेत्रमा लाग्न थप हौसला मिलेको उनको भनाइ छ ।
स्थानीय कालिगढ जय बहादुर पार्की बैतडी जिल्लाकै लोकप्रिय नभएर सुदुरपश्चिम प्रदेशकै काष्ट कलाकर्मीका रुपमा परिचित व्यक्ति हुन् । छिट्टै रोग निको भएर आफू कलाकर्मीको रुपमै फर्किने उनले विश्वास समेत व्यक्त गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइजरायली राजदूतद्वारा बीपी सङ्ग्रहालयको निरीक्षण
मंसिर ११, २०८१ मंगलबार
खेतमा भेटिएको नवजात शिशुको जिम्मा सहनी परिवारलाई
मंसिर ११, २०८१ मंगलबार
अब हिंसाका तथ्याङ्क र घटना कम गर्न आवश्यक छ : महानगर प्रमुख महर्जन
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मानव तस्करीको आरोपमा पक्राउ परेका कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा
मंसिर १०, २०८१ सोमबार
निर्वाह भत्ता दिने निर्णय नसच्याए काम छाडेर सडकमा उत्रने आवासीय चिकित्सकहरुको चेतावनी
मंसिर ११, २०८१ मंगलबार
इजरायली राजदूतद्वारा बीपी सङ्ग्रहालयको निरीक्षण
मंसिर ११, २०८१ मंगलबार
चार महिनामा १ अर्ब ४३ करोड बराबरको सुन भित्रियो, मूल्य घटेपछि बजारमा बढ्यो चहलपहल
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
महिला किसान समूहलाई बाख्रा वितरण
मंसिर ११, २०८१ मंगलबार