भारतमा हाइटेन्सन लाइनको करेन्टमा परी पाँच कावरियाँको मृत्यु
नेपालबहस संवाददाता
असार ३१, २०८० आइतबार ११:२३:१५
३१ असार, नयाँ दिल्ली । उत्तर प्रदेशको मेरठमा काँवरियाको डिजेले हाइटेन्सन लाइनमा छुँदा ठूलो दुर्घटना भएको छ ।
हरिद्वारबाट काँवडसहित आएको डिजे हाई टेन्सन लाइनसँग ठोक्किँदा ५ काबरियाको मृत्यु भएको हो । साथै, करिब एक दर्जन जलेर घाइते भएका छन् ।
मेरठका डीएम दीपक मीनाले सो मृत्युको पुष्टि गरेका छन्। घटनापछि आक्रोशित मानिसहरूले फोर्ट रोड अवरुद्ध गरेर विरोध प्रदर्शन गरेका छन् । उनिहरूले विद्युत प्राधिकरणले लापरवाही गरेको आरोप लगाएका छन् । घटनाको जानकारी पाए लगत्तै प्रहरी प्रशासन पनि घटनास्थल पुगेको थियो ।
जानकारीका अनुसार मेरठको रली चौहान गाउँका काँबरियाहरु शनिबार साँझ करिब ८ बजे गाउँ पुगेका थिए । डिजेको धुममा काबरियाहरू गाउँमा प्रवेश गर्ने बित्तिकै सडकको छेउमा झुण्डिएको हाई टेन्सन लाइन डिजेसँग ठोक्किएको थियो । कसैले केही बुझ्नु अघि नै कावारियाहरू बिद्युत जलनको पीडामा एक एक गरी लड्न थाले । चारैतिर कोलाहल मच्चियो । कसैले पावर हाउसमा फोन गरेर बन्द गर्न आग्रह गरे तर कसैले सुनेन ।
त्यसपछि करेन्ट लागेका कावरियाहरुलाई गाउँलेहरु आ–आफ्ना गाडीबाट राखेर अस्पताल पुर्याएका थिए । जसमध्ये आधा दर्जनलाई अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ ।
गंगानगरको आईएमटी अस्पताल पुगेका मनिषको उपचार नपुग्दै मृत्यु भएको थियो । आनन्द अस्पतालमा उपचारका क्रममा चार कन्वारियाको मृत्यु भएको थियो, जसमध्ये दुई जना दाजुभाइ थिए ।
विद्युत विभागको लापरवाहीका कारण भएको दुर्घटनाका कारण आक्रोशित गाउँलेहरूले गाउँबाहिर सडक अवरुद्ध गरेर मेरठ–फोर्ट सडक अवरुद्ध गरेका छन् । प्रहरी अधिकारीहरूले मध्यरातसम्म जाम खोल्ने प्रयास गरिरहेका थिए । लापरवाही गर्ने विद्युत् कर्मचारीलाई कारबाही गर्न स्थानीयले माग गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगाजा युद्धविरामका लागि हमास ‘तयार’, इजरायललाई ‘दबाब’ दिन ट्रम्पलाई आग्रह
कात्तिक ३०, २०८१ शुक्रबार
अर्बौं वर्षअघि चन्द्रमाको टाढाको भागमा ज्वालामुखी विस्फोट : अनुसन्धान
कात्तिक ३०, २०८१ शुक्रबार
श्रीलंकामा राष्ट्रपति अनुराकुमाराको दललाई दुई तिहाइ बहुमत
कात्तिक ३०, २०८१ शुक्रबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
कात्तिक ३०, २०८१ शुक्रबार
हनी ट्रयापमा जोडिएका एसपी थापाको सीआईबीमा बयान, मुद्दा यसै साता बुझाइने
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाली सेनामा खुल्यो विभिन्न पदमा विज्ञापन
कात्तिक ३०, २०८१ शुक्रबार
कोप–२९ सम्मेलनमा हिमालका मुद्दाबारे छलफल
कात्तिक ३०, २०८१ शुक्रबार
राज्माखेतीमा ढुसीको सङ्क्रमण
कात्तिक ३०, २०८१ शुक्रबार
गाजा युद्धविरामका लागि हमास ‘तयार’, इजरायललाई ‘दबाब’ दिन ट्रम्पलाई आग्रह
कात्तिक ३०, २०८१ शुक्रबार
स्वास्थ्य प्रवर्द्र्धन केन्द्रबाटै नागरिकलाई निःशुल्क एक्स–रे सेवा
कात्तिक ३०, २०८१ शुक्रबार
चोरीका सुनको गरगहनासहित दुई जना पक्राउ
कात्तिक ३०, २०८१ शुक्रबार
प्रतिलिटर ३ रुपैयाँले डिजेल र मट्टितेलको मूल्य बढ्यो
कात्तिक ३०, २०८१ शुक्रबार