तिम्रै माया लाग्छ भन्दै पुर्णिका सिजापतीको अंगालोमा करण
नेपालबहस संवाददाता
असार ३१, २०८० आइतबार १२:१२:३१
३१ असार, काठमाडौं । द भ्वाईस अफ नेपाल सिजन ४ बिजेता गायक करण राईको ‘तिम्रै माया लाग्छ’ बोलको गीत सार्वजनिक भएको छ । समाजसेवी तथा युवा उद्यमी कर्ण गुरुङको प्रस्तुती रहेको म्युजिक भिडियो करण राई युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो ।
करणको स्वर रहेको गीतमा शब्द तथा संगीत डम्बर नेपालीको रहेको छ । त्यस्तै महाराज थापाको एरेञ्ज रहेको छ, भने देबेश राईको मिक्सिङ तथा मास्टरिङ रहेको छ । शान थापाले निर्देशन गरेको म्युजिक भिडियोमा गायक स्वयम करण र मोडल पुर्णिका सिजापतीको अभिनय रहेको छ । एक प्रेमिल जोडीको कथा प्रस्तुत गरिएको म्युजिक भिडियोमा करण र पुर्णिकाको क्यामेस्ट्री जमेको छ । भिडियोमा करण र पुर्णिकाको रोमान्स देख्न सकिन्छ ।
करणले सार्वजनिक भएको गीतबारे बोल्दै भने ‘मेरो गीत–संगीतको यात्रामा माया गर्ने प्रेमिल जोडीहरुमा समार्पित हुनेछ यो गीत ।’ त्यस्तै फिल्ममा डेब्यु गर्ने तयारीमा रहेकी मोडल पुर्णिका करणसंगको सहकार्य राम्रो भएको बताइन् । उनले भनिन्, राम्रो गीत, राम्रो टिमसंग काम भएकालेपनि हाम्रो काम रुचाउनु हुन्छ भन्ने आसा छ ।’
टिस्टुङको मनोरम दृश्यमा सुटिङ गरिएको शानद्धरा निर्देशित म्युजिक भिडियोमा रोशन विश्वकर्माको कोरियोगाफ रहेको छ । अर्जुन तिवारीको सिनेमाटोग्राफी रहेको भिडियोलाई सुप्रिम पराजुलीले एडिट तथा कलर गरेका छन् । अनुस्का पौडेलको कस्ट्युम रहेको भिडियोमा सरिता मगरको मेकअप रहेको छ ।
गायक करणको केही हप्ता अगाडि ‘धन्यवाद’ र ‘सिमाना’ बोलको गीतपनि सार्वजनिक भएको थियो । गीत रेकर्डिङ र सुटिङमा ब्यास्त करणले वरिष्ठ गायक राजेश पायल राईसंग पनि गीतको सहकार्य गरिरहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअष्ट्रेलियाबाट रमणले ल्याएको ‘बिछोडको घाउ’मा शिल्पा र केशवराज
मंसिर २६, २०८१ बुधबार
यी अभागी छोरी,”जसले आफुले गाएको गीत बुवाआमालाई सुनाउन पाइनन्”
मंसिर २१, २०८१ शुक्रबार
गायिका स्मिता दाहालले गरिन् इन्गेजमेन्ट
मंसिर १८, २०८१ मंगलबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
निराशाजनक राजनीतिमा कांग्रेसभित्र डा. शेखर कोइरालाप्रति बढ्दो आशा
कुसुम भट्टराई
मंसिर २९, २०८१ शनिबार
निराशाजनक राजनीतिमा कांग्रेसभित्र डा. शेखर कोइरालाप्रति बढ्दो आशा
मंसिर २९, २०८१ शनिबार
महाअभियोग लागेका दक्षिण कोरियाका राष्ट्रपति युनलाई हटाउने वा नहटाउने अदालतमा निर्भर
मंसिर २९, २०८१ शनिबार
महोत्तरीमा बस पल्टिँदा २२ जना घाइते, दुई गम्भिर
मंसिर ३०, २०८१ आइतबार
आईजीपी नियुक्तिका लागि सिफारिस नचाहिने, मन्त्रिपरिषदमा सिधैं प्रस्ताव जाने !
मंसिर ३०, २०८१ आइतबार
मोटरसाइकल दुर्घटनामा बाबुछोराको मृत्यु
मंसिर ३०, २०८१ आइतबार
लिम्बू समुदायले चासोक तङनाम पर्व मनाउँदै
मंसिर ३०, २०८१ आइतबार
नेपाल बैंकका तत्कालीन उपप्रबन्धक श्रेष्ठ पक्राउ
मंसिर ३०, २०८१ आइतबार
मनकामना केबलकार सेवा दुई दिन बन्द हुने
मंसिर ३०, २०८१ आइतबार