८ करोड रुपैयाँ खर्च भइसक्यो, मेडिकल कलेज बन्ने टुंगो छैन
नेपालबहस संवाददाता
असार ३१, २०८० आइतबार १२:३१:५५
३१ असार, महोत्तरी । मधेश प्रदेशको बहुचर्चित मानिएको बर्दीबास मेडिकल कलेज जग्गा प्राप्तिमा नै अल्झिएको छ । वन मासिने भन्दै हालिएको रिटलाई सर्वोच्च अदालतले खारेज पनि जग्गा प्राप्ति प्रक्रियाको फाइल संघीय वन मन्त्रालयमा नै थन्किँदा कलेजको प्रारम्भिक कार्य अगाडि बढन नसकेको हो ।
बर्दीबास मेडिकल कलेज बनाउन आर्थिक वर्ष २०७३÷७४ मा नै नीति तथा कार्यक्रम बनाए पनि ६ वर्षदेखि विभिन्न कारणले कलेज पूर्वाधार निर्माण कार्यमा व्यवधान सिर्जना हुँदै आएको छ । यो अवधिमा मात्र मेडिकल कलेजको नाममा सरकारको करिब ८ करोड रूपैयाँ खर्च भइसकेको मेडिकल कलेज पूर्वाधार निर्माण आयोजनाका निर्देशक देवी सुवेदीले जानकारी दिए ।
बर्दिबास–४ स्थित माइस्थानमा करिब ५४ हेक्टर जग्गा पहिचान गरि वातावरणीय प्रभाव मूल्यांकनदेखि डीपीआरको काम सकिए पनि वन मन्त्रालयमा फाइल थन्किँदा मेडिकल कलेजको काममा अझै अन्यौल सिर्जना भएको हो । ८ कात्तिक २०७७ मा राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको रुपमा सिफारिस भएको उक्त मेडिकल कलेजविरुद्ध ३ माघ २०७८ मा सर्वोच्च अदालतमा रिट दर्ता भएको थियो ।
त्यसको १ महिनापछि अर्थात् १८ फाल्गुण २०७८ मा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेपछि बर्दीबास मेडिकल कलेज बन्ने, नबन्ने भन्ने विषयमा नै थप अन्यौल सिर्जना भयो । एक वर्षपछि २९ जेठ २०८० मा उक्त मुद्दालाई सर्वोच्चले खारेज गरेपछि मेडिकल कलेज बन्ने आशा जागे पनि जग्गा भोगाधिकारको प्रक्रियामा वन मन्त्रालयले फाइल किन अगाडि बढाउन सकेको छैन भन्ने विषय पेचिलो बन्दै गएको छ ।
सर्वोच्चले जारी गरेको पूर्ण पाठको आदेशमा प्रस्तावित वन क्षेत्रमा मेडिकल कलेज निर्माण गर्दा काटिने रुखहरूको सट्टामा बिरुवा लगाउने जग्गा बन्दोबस्त गर्नुपर्ने उल्लेख छ । यसका लागि अघिल्लो स्थानीय सरकारले केही हजार वृक्षारोपण गरिसकेको छ भने अहिलेका नगरप्रमुख प्रल्हाद कुमार क्षेत्रीले २० हजार बिरुवा यही बर्षायाममा रोपेर हुर्काउने लिखित प्रतिबद्धता जनाएका छन् ।
सर्वोच्च अदालतले मेडिकल कलेज बनाउने वाटो खुला गरे पनि जग्गा भोगाधिकारदेखि निकै चुनौती पार गर्नुपर्ने देखिन्छ । बजेटको सुनिश्चिततादेखि बहु वर्षीय ठेक्काको स्वीकृतिसम्म आइपुग्दा एक हजार बेडको संरचना निर्माणमा सरकारले बर्सेनि बजेट विनियोजित गर्नै पर्ने बाध्यता छ ।
डीपीआरमा उल्लेख भएको बजेटअनुसार एक हजार बेडको लागि २८ अर्ब ५४ करोड ६० लाख र ६ सय बेडको संरचना निर्माणका लागि २० अर्ब ४२ करोड १६ लाख बजेट लाग्ने अनुमान गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओली कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहमा सहभागी
कात्तिक २८, २०८१ बुधबार
महानगरले कान्ति बाल अस्पतालमा मोडुलर अपरेसन थियटर निर्माण गरिदिने
कात्तिक २७, २०८१ मंगलबार
कान्ति बाल अस्पताललाई काठमाडौं महानगरको सहयोग
कात्तिक २७, २०८१ मंगलबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
कात्तिक ३०, २०८१ शुक्रबार
हनी ट्रयापमा जोडिएका एसपी थापाको सीआईबीमा बयान, मुद्दा यसै साता बुझाइने
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाली सेनामा खुल्यो विभिन्न पदमा विज्ञापन
कात्तिक ३०, २०८१ शुक्रबार
कोप–२९ सम्मेलनमा हिमालका मुद्दाबारे छलफल
कात्तिक ३०, २०८१ शुक्रबार
राज्माखेतीमा ढुसीको सङ्क्रमण
कात्तिक ३०, २०८१ शुक्रबार
गाजा युद्धविरामका लागि हमास ‘तयार’, इजरायललाई ‘दबाब’ दिन ट्रम्पलाई आग्रह
कात्तिक ३०, २०८१ शुक्रबार
स्वास्थ्य प्रवर्द्र्धन केन्द्रबाटै नागरिकलाई निःशुल्क एक्स–रे सेवा
कात्तिक ३०, २०८१ शुक्रबार
चोरीका सुनको गरगहनासहित दुई जना पक्राउ
कात्तिक ३०, २०८१ शुक्रबार
प्रतिलिटर ३ रुपैयाँले डिजेल र मट्टितेलको मूल्य बढ्यो
कात्तिक ३०, २०८१ शुक्रबार