भारतबाट डिजेलमा बढेर आयो इन्धनको मूल्य सूची, आजदेखि स्वचालित प्रणाली लागु हुने

नेपालबहस संवाददाता
असार ३१, २०८० आइतबार १३:९:९

३१ असार, काठमाडौं । भारतीय आयल कर्पोरेसन (आईओसी) ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची पठाएको छ । नयाँ सूचीअनुसार पेट्रोलको मूल्य ३४ पैसा घटेर र डिजेलको मूल्य २ रूपैयाँ ४७ पैसा बढेर आएको निगमले जनाएको छ ।
नयाँ मूल्य सूचीपछि पनि निगम सबै पेट्रोलियम पदार्थमा नाफामा छ । पेट्रोलमा प्रति लिटर ९ रूपैयाँ तथा डिजेलमा साढे ६ रूपैयाँ निगमलाई नाफा छ । समग्रमा निगम पेट्रोलियम पदार्थमा पाक्षिक रुपमै करिब १ अर्ब नाफामा छ । भारतीय आयल कर्पोरेसनले निगमलाई १५–१५ दिनमा पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची पठाउँदै आएको छ ।
आयल निगमले आइतबारदेखि पेट्रोलियम पदार्थमा स्वचालित मूल्य लागु गर्ने निगमले जनाएको छ । आज आइतबार भारतबाट आउने नयाँ मूल्यको आधारमा स्वचालित मूल्य लागु हुने भएको हो । पूर्ण स्वचालित मूल्य प्रणाली लागु गर्दा आयल निगमको प्रशासनिक खर्च, पूर्वाधारका लागि निश्चित प्रतिशत रकम राखेर भारतबाट मूल्य घटेर आउँदा त्यसको लाभ उपभोक्ताले नै पाउने गरी मूल्य घटाउने र मूल्य बढ्दा पनि त्यसको भार उपभोक्ताले नै बेहोर्ने गरी मूल्य बढाउने व्यवस्था हुन्छ ।
यसमा निगमले आफ्नो ३० अर्ब बक्यौता उठाउन बाँकी रहेकाले ३ प्रतिशत नाफा राख्ने बताइएको छ । पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली कार्यविधि २०७९ अनुसार यसरी स्वचालित मूल्य लागु गर्न लागिएको हो ।
यस विषयमा कसरी गर्ने भन्ने लगायतका कुराहरूमा निगम संचालक र निगमका कार्यकारी निर्देशक उमेश थानी लगायत उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रतिनिधिहरूले प्रधानमन्त्रीसँग समेत छलफल गरेका थिए । त्यसपछि प्रधानमन्त्री प्रचण्डले लागु गर्न ग्रिन सिग्नल दिएपछि निगमले पेट्रोलियम पदार्थको स्वचालित मूल्य आइतबारबाटै लागु गर्ने तयारीमा निगम पुगेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविद्युत नियमन आयोगले घिसिङलाई दिएन बक्यौता नतिर्ने उद्योगमा जोडिएको विजुली काट्ने अनुमति
फागुन ११, २०८१ आइतबार
तुम्लिङटार विमानस्थलमा तीन सातापछि उडान
फागुन ७, २०८१ बुधबार
डीआईजी भट्टराई एआईजीमा बढुवाका लागि सिफारिस
फागुन ११, २०८१ आइतबार
मोटरसाइकल ठोक्किएर त्रिशुलीमा खसेका रानाको शव नौ दिनपछि भेटियो
फागुन ११, २०८१ आइतबार
पाँच सय होइन, अमेरिकाले एक सय अर्ब डलर मात्र सहयोग गरेको छ : जेलेन्स्की
फागुन ११, २०८१ आइतबार
कस्तो छ तपाईको आजको राशीफल ?
फागुन १२, २०८१ सोमबार
ढोरपाटनमा वर्षासँगै हिमपात
फागुन १२, २०८१ सोमबार
देशका विभिन्न भागमा चट्याङसहित वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह
फागुन १२, २०८१ सोमबार
रामेछापमा व्यावसायिक माहुरीपालन फस्टाउँदै
फागुन १२, २०८१ सोमबार
नाबालिका बन्धक बनाएको घटनामा महानगरले बुझायो १२० पृष्ठ लामो अनुसन्धान अभिलेख
फागुन १२, २०८१ सोमबार
माओवादी केन्द्रको तराई-मधेश जागरण अभियान आजदेखि, झापाको कचनकवलबाट सुरु हुँदै
फागुन १२, २०८१ सोमबार
कस्तो छ तपाईको आजको राशीफल ?
फागुन १२, २०८१ सोमबार
ढोरपाटनमा वर्षासँगै हिमपात
फागुन १२, २०८१ सोमबार
देशका विभिन्न भागमा चट्याङसहित वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह
फागुन १२, २०८१ सोमबार
रामेछापमा व्यावसायिक माहुरीपालन फस्टाउँदै
फागुन १२, २०८१ सोमबार
नाबालिका बन्धक बनाएको घटनामा महानगरले बुझायो १२० पृष्ठ लामो अनुसन्धान अभिलेख
फागुन १२, २०८१ सोमबार
माओवादी केन्द्रको तराई-मधेश जागरण अभियान आजदेखि, झापाको कचनकवलबाट सुरु हुँदै
फागुन १२, २०८१ सोमबार
कस्तो छ तपाईको आजको राशीफल ?
फागुन १२, २०८१ सोमबार
ढोरपाटनमा वर्षासँगै हिमपात
फागुन १२, २०८१ सोमबार
देशका विभिन्न भागमा चट्याङसहित वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह
फागुन १२, २०८१ सोमबार
रामेछापमा व्यावसायिक माहुरीपालन फस्टाउँदै
फागुन १२, २०८१ सोमबार